इटहरी । भोजपुरको अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार आयोजित विशेष समारोह मार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा औपचारिक घोषणा गर्नुभएको हो । अरुण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रुपक पुलामी मगरका अनुसार पालिकाले अघिल्ला दिनहरूमा सातै वडाबाट खोप सुनिश्चितताको घोषणा गरिसकेको थियो । हाल जन्मिए देखि १५ महिना सम्मका ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्रदान गरिएपछि पूर्ण खोप सुन
इटहरी । नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत २४ वर्षीया स्टाफ नर्स लक्ष्मीकुमारी मण्डलको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। मृतकका परिवारजनले घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन्। सप्तरीको महादेवा गाउँपालिका–२ घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी लक्ष्मीको शव जेठ १२ गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो। मोरङ प्रहरीले उनी सिलिङ फ्यानमा गम्छा र साडीको सहायताले झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएको छ। तर, मृतकका बाबु हनुमान मण्डलले उक्त दृश्य हत्या पछि आत्महत्या देखाउने उद्देश्यले सिर्जना गरिएको दाबी गरेका छन्। उनका अनुसार लक्ष्मी बस्ने कोठाको भेन्टिलेसन ठू
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक÷एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभयो । करुणा फाउनडे
इटहरी । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा संलग्न भएका हुन् । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताए । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले बताए । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म
इटहरी । सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं। ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन । शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो ३ः३० बजेपछि सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँप
इटहरी । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।
सन्जिप तिम्सिना भोजपुर | भोजपुरको हरियो डाँडामाथि बसेको एउटा सानो गाउँ। जहाँ बिहानको घामपहाड चुम्दै उदाउँथ्यो, अनि गाउँका बालबालिकाले "गुड मोर्निङ सर!" भन्दै खगेन्द्र चौलागाईंलाई अभिवादन गर्थे। उनी शिक्षक मात्र होइन, एउटा प्रेरणा थिए।टेम्केमैयुङ गाउँपालिका–३ स्थित अन्नपूर्ण वागधन रणदीपा राई माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक थिए खगेन्द्र। तर उनको मुटुमा बजिरहन्थ्यो — एक गहिरो सपना: निमावि तहको शिक्षक बन्ने। त्यो केवल पदको आकांक्षा थिएन, त्यो समाजप्रतिको प्रतिबद्धता थियो — उज्यालो भविष्यका निर्माणकर्ता बन्ने।केही दिनअघि मात्र उनी भोजपुरबाट इटहरी झरेका थिए। शिक्षा सेवा आयोगको निमावि त
सुन्दरहरैँचा | मोरङको सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ४ मा उपभोक्ताहरूको हकहित र सचेतनाका लागि एक विशेष "उपभोक्ता सचेतना कार्यक्रम" आयोजना गरिएको छ। प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचा र सुन्दरहरैँचा नगरपालिका कार्यालयको सहकार्यमा भएको हो।उक्त अवसरमा मानव अधिकार सञ्चाल सुनसरीका संयोजक रमेश भट्टराईले सहभागीहरूलाई उपभोक्ता अधिकार, कानुनी सुरक्षा, बजार अनुगमन प्रणाली, गलत तथा म्याद नाघेका वस्तुहरूको पहिचान तथा उजुरी दिने प्रक्रियाहरू सम्बन्धमा विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँको प्रस्तुतीले विद्यार्थीहरूमा उपभोक्तावाद सम्बन्धी आधारभूत तथा व्यवहारिक जानकारी थपिएको सहभागीहरूको प्
सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा लागु औषध दुव्र्यसनी मुक्त बनाउन लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ ।प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचाको आयोजना तथा रामधुनी नगरपालिका कार्यालयको सहकार्यमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाको अध्यक्षता तथा रामधुनी नगरपालिकाका नगर प्रमुख शंखर लाल चौधरीको प्रमुख आथित्यतामा लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।रामधुनी नगरपालिका उप प्रमुख तारा थापा,रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल ,आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक रविन्द्र पौडेल ,उपभोक्त संरक्ष
इटहरी । अहमदिया संघ नेपालले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नी पीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ुसबैलाई माया गरौ, घृणा कसैलाई नगरौँु भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेका सर्वसाधारणलाई विभिन्न राहत वितरण गरेको हो । सौरगाछीमा केही दिनअघि भएको आगलागीबाट प्रभावित परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरु वितरण गरिएको अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले जानकारी दिनुभयो। चामल २५ केजी, नुन २ केजी, चना १ केजी, चिनी २ केजी, दाल २ केजी, खाने तेल २ लिटर, मटर १ केजी, चाउचाउ, भुजा, साबुन, मसला लगायतका १९ प्रकारका सामाग्रीहरु पन्ध्र परिवारलाई वितरण गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.