All Posts By कोशी प्रेस

    Showing ६,०३१-६,०४० of १२,९९९ items.
  • इलामको पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा

    इटहरी । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उहाँले बताउनुभयो । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ । निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ३८७ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण

    इटहरी । इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यक्रम अनुसार किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । नगरको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख रुपियाँबराबरको प्लास्टिक मल्चिङ, ३३९ जना किसानलाई १२ लाख रुपियाँ बराबरको टनेल, २६ जना किसानलाई १६ लाख रुपियाँ बराबरको हाते ट्याक्टर र ६३ जना किसानलाई छ लाख रुपियाँबराबरको काउम्याट वितरण गरिएको छ । यसमा नगरको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । सामग्री वितरण कार्यक्रम

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २६४ पटक पढिएको
  • पाँचथरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    इटहरी । पाँचथरको याङवरक गाउँपालिका–५ स्थित दाहाल गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ। कृष्ण लिङ्देनले आफ्नी ४० वर्षीया श्रीमती सम्झना भट्टराईलाई गत वैशाख ३ गते बिहान घरायसी विवादका क्रममा कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी सम्झनालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल फिदिमबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो।प्रहरीका अनुसार मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ भने घटनापछि कृष्ण लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जन

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २७२ पटक पढिएको
  • इलाममा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

     इटहरी । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका(४ छयारछयारे बस्ने ३२ वर्षीय गोविन्द विष्ट रहेका छन् । गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  बिस्टले महिलामाथि जबरजस्ती गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २३३ पटक पढिएको
  • सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने

    इटहरी ।  सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा ला

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २०२ पटक पढिएको
  • अरूण गाउँपालिकाका खेलाडीहरूद्वारा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन, सम्मान तथा पुरस्कार कार्यक्रम

    भोजपुर | १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा अरूण गाउँपालिकाको प्रतिनिधित्व गर्दै सहभागी भएका छात्र-छात्राहरूले जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनप्रति सम्मान जनाउँदै गाउँपालिकाले विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।गाउँपालिका स्तरीय प्रतियोगितामा स्वर्ण पदक जितेका साथै जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण, र

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ५१० पटक पढिएको
  • माओवादी केन्द्र र वाइसिएलको पालिका कमिटी चयन

    इटहरी। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र योङ कम्युनिस्ट लीग नेपाल वाइसिएलको पालिका कमिटी चयन भएको छ । माओवादी केन्द्र र वाइसिएलको एकसाथ सम्पन्न पालिका कमिटीको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूका अनुसार विमला लिम्बू लाजिमाअध्यक्ष रहेको ३९ सदस्यीय माओवादीको पालिका कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश साँबा लिम्बू, कमल रामदाम, विमला गुरुङ, सचिवमा वीरेन्द्र हाङ्बाङ, सहसचिव खगेन्द्र गुरुङ र कोषाध्यक्षमा लक्ष्मी बराइली चयन हुनुभएको छ । यस्तै माओवादी केन्द्रको सहायक सङ्गठनका रुपमा रहेको वाइसिएल नेपालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३०४ पटक पढिएको
  • ज्योतिष परिषद् कोशी प्रदेश अध्यक्ष निरौलालाई ‘वास्तु भूषण अवार्ड’

    इटहरी । नेपाल ज्योतिष परिषद् कोशी प्रदेश अध्यक्ष रहनुभएका मोरङको सुन्दरहरैंचा निवासी बाबुराम निरौला अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा ‘वास्तु भूषण अवार्ड’बाट सम्मानित हुनुभएको छ । धनकुटाको भेडेटारमा आयोजना भएको विश्व ज्योतिष महासंघको सम्मेलनमा अध्यक्ष निरौलालाई सो अवार्ड’ प्रधान गरिएको हो । वास्तु विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान पु–याएको भन्दै उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको  थियो । अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मलेसिया लगायत देशका ज्योतिषीलाई सम्मान गरिएको थियो । गतबर्ष माघ ३० देखि फागुन १० गतेस

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २५४ पटक पढिएको
  • विश्व थाइराइड दिवसको अवसरमा इटहरीमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न

    इटहरी । आज जेष्ठ ११ गते अर्थात विश्व थाइराइड दिवस, नेपालका विभिन्न स्थानमा झैँ इटहरीमा पनि जनचेतनाका कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसर पारेर इटहरीमा पनि इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ । जनचेतनाका कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको इटहरी जेसिजका महासचिव मिलन कार्कीले बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा. गुन्जन त्रीतालले थाइराइड सम्बन्धी जनचेतना फैलाउन पर्ने वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै विश्वभर नै आज थाइराइड दिवस मनाइ राखिएको बताउनुभयो । बि

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ४१५ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुने

    इटहरी । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुने भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा आगामी जेठ १५ र १६ गते नेपाल तथा भारतका साहित्यकारको उपस्थितिमा अन्तराट्रिय साहित्य सम्मेलन हुने भएको हो । नगरले आज पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भूपाल राई हितका साहित्यकारको सहभागीता रहने छ । १५ गते फिक्कल बजारमा प्रभावफेरी सहित कार्यक्रम उद्घाटन गरीने नगरका शिक्षा शाखा प्रमुख तथा नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान सदस्य सचिव योगनिधी भट्टराईले जानकारी दिनुभयो । उहाँका अ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]