इटहरी । झापाको भद्रपुर नगरपालिका १० निवासी निगे राईको लडेर मृत्यु भएको छ । भद्रपुर ९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । सडकबाट १० फिट अग्लो कल्भर्टबाट लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । बिहान ८ बजे घरबाट हिँडेका उनी के कारणले कल्भर्टबाट लडेका हुन् कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
इटहरी । झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर ९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो । विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
इटहरी । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ । बर
इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–५ का एक पुरुष जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। निगुरो टिप्न भनी घरबाट हिँडेका ५२ वर्षीय जितलाल राजवंशी मङ्गलवार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्। राजवंशी यही जेठ २ गते बिहान ७ः३० बजे घरबाट निगुरो टिप्न भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। खोजी गर्ने क्रममा जेठ ६ गते आज बिहान ११ बजे घरदेखि करिब ५ किलोमिटर उत्तरतर्फ कानेपोखरी ७ स्थित राष्ट्रिय वनभित्र उनको शव फेला परेको हो। शव फेला परेको सूचना पाए लगत्तै स्थानीयले इलाका प्रहरी कार्यालय कानेपोखरीलाई जानकारी दिएका थिए ।सूचना प्राप
इटहरी । गलत उपचारका कारण बिरामीको मृत्यु भएपछि उपभोक्ता संरक्षण ऐनअन्तर्गत चिकित्सकविरुद्ध मोरङमै पहिलो पटक मुद्दा दर्ता भएको पाइएको छ । फोक्सोको दीर्घरोगी सुनसरी इनरुवाकी बिरामी विमला थापा पोखरलको उपचारकै क्रममा चिकित्सकले गलत औषधी सिफारिस गरेका कारण मृत्यु भएपछि परिवारका तर्फबाट चिकित्सकविरुद्ध मोरङ जिल्ला अदालतमा गत चैत २० गते दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा छ । चिकित्सकले ढाडको दुखाइ कमगर्न फोक्सोको बिरामीलाई दिनै नहुने मोर्फिन नामक औषधी सेवन गर्न लगाएका थिए । उक्त औषधीको अधिक मात्राका कारण बिरामीको मृत्यु भएको आरोप परिवारले लगाएका छन् । यो मुद्दा जिल्लामै पहिलो पटक दर्ता भएको वरिष्ठ
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार गाडीलाई विराटनगरमा ‘ट्राफिक लाइट’मा रोकिएका बेला सिटी सफारीले ठक्कर दिएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा सोमबार साँझ ७ः३० बजेतिर दुर्घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सिटी सफारीले ठक्कर दिएको जानकारी दिए । उनका अनुसार मन्त्री हाङगाम सवार गाडी कञ्चनबारी चोकमा ‘ट्राफिक रेड लाइट’मा रोकिएको थियो । ‘ट्राफिक लाइट’मा रोकिएर रहेको गाडीलाई सफारीले पछाडिबाट ठक्कर दिए
इटहरी । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ पहाडको संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो । कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उहाँको भनाइ छ । कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताउनुभयो ।प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले ज
इटहरी । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उहा
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको नेतृत्व डिएसपी लक्ष्मी भण्डारीले सम्हालेपछि चोरीका घटनामा उल्लेखनीय कमी आएको छ। आर्थिक वर्ष २०८१ र ८२ को साउनदेखि जेठसम्म इटहरीमा २७ वटा मात्रै चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्, जुन विगतका वर्षहरूसँग तुलना गर्दा निकै कमि हो । पछिल्लो दुई वर्षका तथ्यांक अनुसार २०७९ र ८० मा ५२ र २०८० र ८१ मा ५८ वटा चोरीका मुद्दा दर्ता भएका थिए। डिएसपी भण्डारीका अनुसार चोरी नियन्त्रणमा प्रहरीको सक्रियता र नियमित गस्तीले ठूलो भूमिका खेलेको छ। “हामीले हाम्रो तर्फबाट सक्रिय भएर काम गरेका छौँ, प्रहरीको सक्रियताका कारण नै चोरीका घटनामा कमी आएको हो,” भण्डारीले बताए। उनले सडक बत्त
इटहरी । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका ६० फोटोमध्ये फोटो पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा वसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निशान्त राना चौथो तथा मनोज बस्नेत पाँचौँ स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर र फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.