All Posts By कोशी प्रेस

    Showing ६,२५१-६,२६० of १२,९९९ items.
  • भारत र पाकिस्तानबीच उत्पन्न द्वन्द्वमा नेपालले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ : पुर्व मन्त्री चौधरी

    सुबास घिमिरे।  काठमाडौं।  पुर्ब महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाकिस्तानबीचको सम्भावित द्वन्द्वको सन्दर्भमा नेपालको तटस्थ भूमिका खेल्नु पर्ने बताउनु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै पुर्ब मन्त्री चौधरीले त्यस्तो बताउनु भएको हो ।पुर्ब मन्त्री चौधरीले भन्नुभयो:- भारत र पाकिस्तानबीच उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको सैन्य द्वन्द्वको सन्दर्भमा नेपालले आफ्नो दीर्घकालीन स्वतन्त्र, स्वतन्त्रतापूर्ण र तटस्थ परराष्ट्र नीतिको पालना गर्दै संयमित तथा तटस्थ भूमिका निर्वाह गर्न आवश्यक छ। शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र मित्रव

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३६४ पटक पढिएको
  • धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट दस केजी गाँजा सहित एक जना पक्राउ

    इटहरी  । धनकुटाको साँगुरीगढी गाउँपालिकामा टाटा विङ्गर माइक्रोबाट १० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ः४० बजे धनकुटा साँगुरीगढी गाउँपालिका ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको टोलीले धनकुटा शहिदभुमी गाउँपालिका ५ खोकुका ३१ वर्षीय उद्धव राईलाई नियन्त्रणमा लिएको हो । धनकुटाको हिलेदेखि ईटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४३२६ नं। को टाटा विङगर माइक्रोलाई जाँच गर्ने क्रममा माइक्रोको पछाडि डिक्कीमा रहेको जेब्रा झोलाबाट १० केजी गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओम प्र

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३९५ पटक पढिएको
  • झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता

    इटहरी । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३६१ पटक पढिएको
  • सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुष नियन्त्रणमा

    इटहरी । सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुषलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको कोशी गाउँपालिका–१, भन्सार रोडस्थित सडकखण्डमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित इनरुवा नगरपालिका–८, कन्समडानका ३५ वर्षीय जाबिर हुसेन मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारततर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा फिदा हुसेन नाम लेखिएको नेपाल प्रहरीको परिचयपत्र एक थान, मोहम्मद सहमद मियाँ नाम लेखिएको मतदाता परिचयपत्र एक थान र सुरक्षा निकायले प्रयोग गर्ने ह्यान्डसेट एक था

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३९० पटक पढिएको
  • ठेकदार सम्पर्कबिहीन, जनप्रतिनिधि लाचार, सुनवर्षीको पुल निर्माण १० वर्षदेखि ठप्प

    इटहरी । संविधानसभा निर्वाचनको बेला यहाँका ठुला राजनीतिक दलले चुनावी एजेन्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं। १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचन जितेपछि तत्कालीन सभासद् चण्डीप्रसाद राईको पहलमा २०७१ सालमा पुलको निर्माण सुरु भएको हो । त्यसयता तत्कालीन अमरदह गाविसको नाम बदलिएर सुनवर्षी नगरपालिका भयो । दुई पटक सङ्घ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । वडा, नगर र सङ्घको चुनाव काङ्ग्रेस र एमालेले आलोपालो जिते भने प्रदेशमा दुवै पटक एमालेले जित्यो । सुनवर्षी –१ बाट नै प्रदेश सांसद बन्नुभएका लीलावल्लभ अधि

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३०८ पटक पढिएको
  • फाइप एघार गोरखा राइफल्सको ७७ औं स्थापना दिवसका अवसरमा इटहरीमा भव्य भेटघाट कार्यक्रम सम्पन्न

    इटहरी | भारतीय सेनाको गौरवशाली गोरखा पल्टनमध्ये एक पाँच एघार गोरखा राइफल्स (बोग्रा) को ७७ औं स्थापना दिवसको अवसरमा इटहरीमा भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यस विशेष कार्यक्रमले सेवा निवृत्त गोरखा सैनिकहरूबीचको सम्बन्धलाई पुनः जीवन्त बनाउँदै, इतिहास, योगदान र एकताको भावना झल्काएको छ।इटहरीको साग्रीला होटल एण्ड ट्रि हाउसमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी सेवा निवृत्त भारतीय गोरखा सैनिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सुवेदार लाल बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम संयोजनको भूमिका हनेरी क्याप्टेन संजीव राईले निर्वाह गर्नुभएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवार

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३९७ पटक पढिएको
  • रामधुनीमा सम्पन्न भयो ४औं टी.एस. राई (थानेश्वर राई) कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

    रामधुनी, सुनसरी – रामधुनी नगरपालिका वडा नं. ४ मा आयोजित ४औं टी.एस. राई कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता उपप्रमुख तारा थापा ज्युको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।यस प्रतियोगितामा नेपाल, भारत र भुटानबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पदक तालिकामा आयोजक टिम नेपालले शानदार प्रदर्शन गर्दै कुल ३९ स्वर्ण, ३५ रजत र ७ कास्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको छ। भुटानले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरी दोस्रो स्थान हासिल गर्‍यो भने भारतले १ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एक

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ७२८ पटक पढिएको
  • अरुण गाउँपालिकाको निःशुल्क आँखा शिविरबाट ११५ जना लाभान्वित

    भोजपुर|  भोजपुरको अरुण गाउँपालिका केन्द्र प्याउलीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट गाउँपालिका भित्रका विभिन्न वडाका ११५ जना आँखाका बिरामीहरूले सेवा लिएका छन्। आर्थिक अवस्था कमजोर भएका र आँखाको उपचारका लागि अन्यत्र जान सक्दैनथिएजस्ता नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा आँखाको परीक्षणदेखि लिएर अप्रेसनसम्म सेवा दिइएको हो।शिविरमा सहभागीमध्ये २३ जनाको आँखाको गम्भीर समस्या पहिचान भई तत्कालै अप्रेसन गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बिरामीहरूको आँखाको सामान्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका, तथा विभिन्न उमेर समूहका नागरिकहर

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ६१० पटक पढिएको
  • अरुण गाउँपालिका वडा नम्बर ७ लाई 'पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना' घोषणा

    भोजपुर  | भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ लाई ‘पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना’ वडा घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको यस घोषणालाई गाउँपालिकाको नेतृत्वमा विशेष कार्यक्रममार्फत सार्वजनिक रूपमा घोषणा गरिएको हो।वडाका अध्यक्ष कुमार थापाका अनुसार यो कार्यक्रम लामो समयदेखिको तयारी, समन्वय र समुदायस्तरको सक्रिय सहभागिताको परिणामस्वरूप सम्भव भएको हो। उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल होइन, यो समुदायको जागरूकता र सहकार्यको उदाहरण पनि हो।”कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य ललितकुमार राई तथा वडा सदस्य जितबहादुर राई

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ४१८ पटक पढिएको
  • कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान

    इटहरी । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे ९सातौँ० अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद बैठकले स्थानीय सरकार सेवा ९गठन तथा सञ्चालन० नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय पनि गरेको छ । यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारल

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]