इटहरी। योङ कम्युनिस्ट लिग वाइसिएल नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन हुनुभएको छ। नेकपा ९माओवादी केन्द्र० को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल फुङ्लिङको तेस्रो अधिवेशनले मादेन अध्यक्ष रहेको ४१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो। नगर समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिव भगिमान लिम्बू, सह(सचिवमा लक्ष्मी निरौला, मनकुमार भट्टराई, सञ्जिप रसाइली र कोषाध्यक्षमा हिम्मत लुहार चयन हुनुभएको छ। नगर अधिवेशन वाइसिएलकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज होमकुमारी दियाली, जिल्ला अध्यक्ष कैलास माबो लगायतको उपस्थितिमा सम्पन्न भएको हो। जिल्ला अध्यक्ष माब
इटहरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबिच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्
इटहरी | ड्राइभिङ्ग स्कुल संघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौँ वार्षिक साधारणसभा शनिबार एक भव्य समारोहका बीच इटहरीमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि शिव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय प्रदेशस्तरीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।संघको नवगठित समितिमा उपाध्यक्षद्वयको रूपमा साधुराम थापा र योगेन्द्र पोख्रेल चयन भएका छन् भने सचिवमा भूपेन्द्र बहादुर थापा, सहसचिवमा अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अर्जुन पनेरू, सुमित्रा चौधरी, पर्सुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, मिनकुमार खवास र बुद्ध राई निर्वाचित भएका छन्। अ
इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बु साम्राले जानकारी दिनुभयो । दुर्घटनामा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पाको मृत्यु भएको हो । लेलेपबाट सदरमुकामतर्फ आउने क्रममा लेलेपको चाँगामा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थलतर्फ सदरमुकामबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलले जानकारी दिनुभयो । गत बिहीबार सोही पालिकामा पिकअप दुर्घटना हुँदा चालक पाँचथर घर घएक
इटहरी । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म
इटहरी । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गर्नुभएक
इटहरी। धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र
इटहरी। टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् । शनिवार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्टेन्डमा शंकास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो । ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए । पक्राउ पर्नेहरूमा पश्चिम बङ
सुन्दहरैंचा | सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा–२ विराटचोकको आयोजनामा वैशाख ६ र ७ गते सञ्चालन हुने पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पहिलो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनको मुख्य उद्देश्य शिक्षाको अन्तर्राष्ट्रियकरण, अनुसन्धानको प्रवर्द्धन, र विषयगत ज्ञान आदानप्रदानलाई सुदृढ गर्नु रहेको आयोजकले बताएका छन्।कार्यक्रमको सुरुवात विहान ७ बजे रजिष्ट्रेसनबाट भएको थियो। त्यसपछि विहान ९ बजे औपचारिक उद्घाटन सत्र सम्पन्न भयो, जसको उद्घाटन विश्वविद्यालय अनुदान आयोग (UGC) का अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभयो। उहाँले नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भा
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको आदर्श टोल विकास संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभासँगै संस्थाले जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा अधिवेशन कार्यक्रमसमेत सम्पन्न गरेको हो।कार्यक्रम आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइलाको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।संस्थाले टोलमा बसोबास गर्ने १० जना जेष्ठ नागरिक, १५ जना एकल महिला तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्ने १० जनालाई नगद, प्रमाणपत्र र खादामालाले सम्मान गरेक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.