All Posts By कोशी प्रेस

    Showing ६,४४१-६,४५० of १३,७३९ items.
  • उदयपुरमा दुई युवायुवती मृत अवस्था फेला

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ अमलचौरीमा दुई युवायुवती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय अन्दाजी १४ वर्षीया मन्जु राई र अन्दाजी २८ वर्षीय रविन्द्र राईको को शव फेला परेको हो । मन्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको थियो भने रविन्द्रको झुण्डिएको अवस्थामा भेटिएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार अहिले शवको कानुनी प्रकृया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । घटना के कति कारणले भयो भन्ने खुल्न नसकेको उहाँको भनाइ छ । मृतक मन्जु स्थानीय चौदण्डीगढी–२ स्थित सिंहदेवी म

    • प्रकाशित मितिः असार ४, २०८२
    • १९५ पटक पढिएको
  • खोटेहाङ गाउँपालिकामा चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

    इटहरी । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा

    • प्रकाशित मितिः असार ४, २०८२
    • २१५ पटक पढिएको
  • भोजपुरको चखेवा भञ्ज्याङमा यहीँ ७ गते मुन्दुम ट्रेल रेस हुने

    इटहरी । वर्खायाममा पनि मुन्दुम पदमार्गमा पद यात्रा गर्न सकिने सन्देश दिन यहीँ ७ गते भोजपुरको चखेवा भञ्ज्याङमा मुन्दुम ट्रेल रेसको आयोजना गरिने भएको छ । मुन्दुम पदमार्गको प्रवद्र्धन सगै वर्खामा पनि मुन्दुम पदमार्गमा यात्र गर्न सकिने उदाहरण देखाउन सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमाना तावाभञ्याङ पुगि पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवा सम्मको २२ किलोमिटर दुरिको मुन्दुम ट्रेल रेसका लागि रुट तय गरिएको आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो  ।

    • प्रकाशित मितिः असार ३, २०८२
    • ५६३ पटक पढिएको
  • पथरी शनिश्चरे नगरद्वारा तीन कृषकहरू सम्मानित

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका ३ जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो ।  सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहनुभएको छ । सम्मानित तिनै जनालाई नगद  ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।  नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्मान कार्यक्रममा बोल्दै कृषकलाई प्रोत्साहित गर्न पहिलोपटक नगरस्तरमा सम्मान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सो

    • प्रकाशित मितिः असार ३, २०८२
    • ४४६ पटक पढिएको
  • पथरीमा जीवन विज्ञान प्रयोगशालाको प्रथम वार्षिकोत्सव

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरीमा जीवन विज्ञान प्रयोगशालाले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । मंगलबार बिहान पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालय मन्दिरको सभा हलमा स्वजागरण, दीप प्रज्ज्वलन र योगभ्यास कार्यक्रम  सम्पन्न गरिएको हो । पथरी उद्योग वाणिज्य संघको पहलमा आरम्भ भएको जीवन विज्ञान प्रयोगशालाको हाल सम्ममा नगरभित्र छ वटा शाखाहरू विस्तार गरिएको छ । जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला मार्फत  सयौँ साधक साधिकाले नियमित योग साधनाका कारण आफ्नो शारीरिक र मानसिक विकास , सुख, शान्ति र समृद्धिको अनुभूति,   निरोगिता, मुटु र  रक्तप्रवाह  जस्ता

    • प्रकाशित मितिः असार ३, २०८२
    • ३१९ पटक पढिएको
  • मेची रंगशालामा प्याराफिट निर्माण तथा फ्लड लाइट जडान हुने

    इटहरी । खेलकुद क्षेत्रमा झापाको इतिहास बोकेको मेची रंगशाला भद्रपुरको स्तरोन्नतिका लागि यो वर्षको बजेट भाषणमार्फत संघ तथा प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ। सरकारको स्वामित्वमा २०२५ सालमा स्थापना भएको मेची रंगशाला लामो समयदेखि सरकारी तहबाटै ओझेलमा पारिएको थियो। २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै ठूलो प्रतियोगिता नभएको मेची रंगशालामा भद्रपुर नगरपालिकाको समन्वयमा २०७९ सालमा भद्रपुर झापा गोल्डकपको आयोजना गरिएको थियो। २०७९ र २०८१ गरी दुई पटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरी काँचुली फेरिदिएको मेची रंगशालामा बल्ल सरकारको आँखा पुगेकोमा खेलप्रेमि उत्साहित देखिएका छन्। साबि

    • प्रकाशित मितिः असार ३, २०८२
    • ३०३ पटक पढिएको
  • केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर द्वारा बजार अनुगमनलाइ तिब्रता

    सुनसरी | मोरङको केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बजार अनुगमनलाई तीव्रता दिनुभएको छ। यसै क्रममा असार ३ गते केराबारीको मंगलबारे बजार अनुगमन गर्नु भएको हो ।गाउँपालिका क्षेत्रमा लाग्ने विभिन्न बजार, र बजार क्षेत्रमा विभिन्न स्थानबाट आउने सब्जीहरूको अवस्थाको विषयमा जानकारी लिन अनुगमनको कार्यालाइ तीव्रताका साथ अगाडि बढाइएको  छ । गाउँपालिका उपाध्यक्ष  मगरको नेतृत्वमा गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय ,व्यवसायीह रू लगाएतको उपस्थिति रहेको कार्यले पालिकावासीलाई स्वस्थ उपभोग्य सामग्री प्रयोग गर्नमा सहयोग पुग्ने स्थानीय बताउँछन्।।बजारमा विक्री वितरण हुने तरकारी त

    • प्रकाशित मितिः असार ३, २०८२
    • ५१७ पटक पढिएको
  • रामधुनीमा खेलाडी तथा खेलकर्मीहरूसँग नगर उपप्रमुख तारा थापाको अन्तरक्रिया सम्पन्न

    सुनसरी | रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएकोे छ ।  कार्यक्रम विराट टेलिभिजनर रामधुनी नगरपालिकाको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा रामधुनी क्षेत्रमा बस्ने खेल प्रशिक्षक,  खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रमको सञ्चालन विराट टेलिभिजनका प्रबन्धक निर्देशक विकल पौडेलले गर्नुभएको थियो। नेपाल कराते महासंघका अध्यक्ष भिखन धामीले नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।अन्तरक्रिया कार्यक्रममा  उपप्रमुख तथा 

    • प्रकाशित मितिः असार ३, २०८२
    • ४९० पटक पढिएको
  • ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा सञ्चार सेवा अवरुद्ध

    इटहरी। ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा विद्युत् साथै सञ्चार सेवा अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको उक्त बस्तीहरुमा एक सातायता विद्युत् र सञ्चार सेवा अवरुद्ध बनेको हो । स्थानीय घुन्सा खोला लघु जलविद्युत् आयोजनामा समस्या आएपछि घुन्सा र फले बस्तीमा विद्युत् सेवा सेवा अवरुद्ध भएको हो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय तेन्जिङ सेराप शेर्पाका अनुसार ३५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनामा करिब एक सातादेखि समस्या आएको छ । आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध बनेको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतसँगै सो

    • प्रकाशित मितिः असार ३, २०८२
    • २९२ पटक पढिएको
  • रामधुनीमा क्रिकेट प्रतियोगिता जित्ने खेलाडीलाई सम्मान

    इटहरी । रामधुनी वडा नं ५ को वडा कार्यालयले रामधुनीस्तरिय अन्तर वडा क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाका खेलाडीहरूलाई सम्मान गरेको छ। वडा नं। १ विरुद्ध ७ विकेटले विजय प्राप्त गरेको ५ नम्बर वडाको टिमलाइ्र्र वडाअध्यक्ष लेखनाथ बास्तोलाले सम्मान गरेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले वडाले सम्मान गरेको बाँस्तोलाले बताए । खेलाडीहरूमा साइमन दाहाल, अमन कटवाल, अनुभव न्यौपाने, भुवन थापा, शिसिर भट्टराई, सन्जोग मल्लिक, आभास गेलाल, सेमनमतराज रेग्मी, गौरव चौधरी, राजेश थापा, अंकित गुरागाईं, निर्जल खतिवडा, भुपाल लुइटेल, सन्दिप कार्की, कृष शाह र प्रसान्त ने

    • प्रकाशित मितिः असार ३, २०८२
    • ४०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]