इटहरी । झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुभोटे स्थायी घर भइ हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जारी गर्नुभएको सूचनाअनुसार वैशाख १ गतेदेखि अर्थात २०८२ सालमा वैशाख पूर्णिमा चण्डी पूर्णिमाँ सहित विभिन्न १६ वटा सार्वजनिक बिदामा प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको हो । सार्वजनिक बिदा हुने गणतन्त्र दिवस, हरितालिका तीज, घटस्थापना, किरात समुदायको उधौली पर्व, क्रिसमस डे, तमू ल्होसारका दिन प्रशासन कार्याले सेवा
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र लाल पुर्जा वितरण गरेको छ । दोस्रो लटमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र ९लाल पुर्जा० वितरण नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं। ३ का छ जना भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो । कार्यक्रम राष्ट्रिय भूमि समाधान आयोग, सुनसरीको समन्वय र देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना गरि धनीपुर्जा वितरण गरेको हो । कार्यक्रमले
इटहरी । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै सङ्खुवासभा जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् । सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी
इटहरी । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका(६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा ४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका १५ बाट सुनसरी धरान ८ का १९ बर्षीय समन न्यौपाने र १९
इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री, सुरक्षित कार्यस्थल र सेवाप्रवाहसम्बन्धी तीन दिने क्षमता विकास कार्यक्रम गरिएको छ । नगरपालिका जनप्रतिनिधिहरू, विषयगत शाखाका प्रमुख तथा स्थानीयस्तरका सरोकारवालाहरूको सहभागितामा भएको कार्यक्रममा बालमैत्री शासन विधि तथा विकास निर्माणलगायतका विषयमा छलफल भएको छ । नगरपालिकाभरी हुने शासकीय क्रियाकलापमा बालमैत्री व्यवहार र बाल सहभागिताको सुनिश्चितता गर्ने उद्देश्यले बालमैत्री स्थ
इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक लगाएको छ । गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालबालिकाको पढाइमा असर परेको भन्दै रोक लगाइएको हो । विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएको र भएका शिक्षक पनि यसरी हिँड्दा बालबालिकाको पढाइमा गम्भीर असर परेकोले यस्तो कदम चाल्नु परेको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले बताउनुभयो । उहाँका अनुसार योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू विभिन्न निकायमा धाउँदा विद्यालयमा अन्य कामहरू पनि प्रभावित बनेका छन् । साथै विद्यालयले निर्माण, खरिद,
इटहरी । धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ्ग संस्थाले खेलकुदको शहर धरानमा बक्सिङ्ग खेलको प्रर्वद्धन तथा खेलाडि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा पहिलो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ्ग संस्थाको सचिव महेश आले मगरले बताउनुभयो । खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरुलाई सहभागिता गराई खेलाडि युवाहरुलाई क्रियाशिल बनाउँदै उनीहरुमा सामाजिक उत्तर दायित्व निर्वाह गर्ने तथा समाज
इटहरी | महिला सञ्चारकर्मीको क्षमता विकास र सशक्तिकरणलाई केन्द्रमा राख्दै सुनसरीमा "संचारिका समूह समिति"गठन गरिएको छ। मंगलबार सम्पन्न भेलाबाट रन्जना पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।समितिको नेतृत्व अग्रसर र अनुभवी महिला सञ्चारकर्मीले सम्हालेका छन्। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित विभिन्न तहमा चयनित सदस्यहरू सक्रिय पत्रकारिता अभ्यासमा आबद्ध छन्। उनीहरूको संयोजनले स्थानीय सञ्चार क्षेत्रमा महिला सहभागिता र पहुँचलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।उनीहरूले महिला पत्रकारबीच आपसी सहयोग, सीप अभिवृद्धि, नेटवर्किङ र नीतिगत पहलकदमीमा जोड दिने बताएका छन्।महासचिव सवित
झापा | ठाडाराई अधिकारी सेवा समाजको आयोजना भएको गरुड महापुराण महायज्ञको सातौं दिन ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । ठाडाराई अधिकारी सेवा समाजका अध्यक्ष दान ब. अधिकारीको अध्यक्षतामा सचेतना कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको सहकार्यमा गरिएको सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रमुखले प्रहरी निरीक्षक गणेश निरौलाले ट्राफिक ज्ञान सग सम्बन्धि विभिन्न कुराहरूको जानकारी गराउनु भएको थियो । गाडीहरु ओभर ट्रक गर्ने गरेको र पुर्व पश्चिम राजमार्ग बन्दै गरेको हुँदा दुर्घटना बढेको कुरा मध्यान्जर गर्दै धार्मिक कार्य गरि रहे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.