इटहरी । फुङलिङ नगरपालिकाले ३ नम्बर वडाको भीर कुना क्षेत्रमा ७४ रोपनी जग्गा लिएर सुरु गरेको फोहोर मैला प्रशोधन केन्द्र ल्याण्डफिल्ड साइड निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । करिब ५ वर्षअघि बाट सुरु गरिएको उक्त फोहोर मैला प्रशोधन केन्द्रको काम अलपत्र अवस्थामा रहेको हो । ताप्लेजुङको फुङलिङ बजारबाट सङ्कलन हुने फोहोर मैलालाई प्रशोधन गरी उत्पादनमूलक, आयमूलक तर्फ व्यवस्थापन गर्ने गरी फुङलिङ नगरपालिकाले २९ करोडको योजना अघि सारेको थियो । स्थानीयलाई समेत रोजगारी दिने उद्देश्यले सङ्घीय सरकार अन्तर्गतको विशेष अनुदानमार्फत निर्माण हुने गरी फोहोर मैला प्रशोधन केन्द्रको कार्य सुरु भएको थियो । तर, कार्यले
इटहरी । झापाको झापा गाउँपालिका –३ को भित्री सडक खण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साढे ४ बजे गुडिरहेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट झर्दा स्थानीय बर्ष ६० का रमेश हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हस्दा ट्याक्टरमा लिफ्ट मागेर झाँटीबाट स्थानीय कामाटोली बजारसम्म जान लागेका र उनी रिँगटा चलेर गुडिरहेको ट्याक्टरबाट खसेको बताइएको छ । हस्दालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । मृतक हस्दाको शवलाई पोस्टमार्टमका लागि मेची प्रा
इटहरी । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाको १५ लाख खर्च भएको थियो । यसैगरी गोर्खा ब्रुअरीबाट ५० हजार, रेडबुलबाट ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट ३७ हजार तथा
सुनसरी / सुनसरीको गढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिका र कोशी मिडिया नेटवर्क प्रा.लिको सहकार्यमा गाउँपालिकाका आश नारायण चौधरीको प्रमुख अतिथि तथा अध्यक्ष गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काको अध्यक्षतामा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि खड्का ,स्वास्थ्य शाखा प्रमुख ,राजेन्द्र यादव ,कृषि शाखा प्रमुख जिनि चौधरी ,लेखा शाखा प्रमुख बाबुराम पौडेल ,
इटहरी । कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । जसमध्ये २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए । बैठकअनुसार बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा ९कृष्ण जन्माष्टमीको भोलिपल्ट० लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए । यसैगरी भदौ १२ गते ऋषि पञ्चम
इटहरी। सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ
इटहरी। इलामको सन्दकपुरमा आजदेखि दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ । आगामी तीन दिनसम्म चल्ने महोत्सवको धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा उद्घाटन गरिएको छ । महोत्सवको सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो । यसै अवसरमा वार्षिक भित्तेपात्रो र रेडपान्डा क्षेत्रमा जाने पर्यटकहरूका लागि ‘रुटम्याप’ को समेत अनावरण गरिएको छ । माईपोखरीमा उद्घाटनपछि जमुनाको ढाप पोखरी, रेडपान्डा रहेको क्षेत्र चोयाटार सामुदायिक वन, भालुकटेरी वन हुँदै इलामको उच्च भू–भाग ३६३६ मिटरको पर्यटकीयस्थल सन्दकपुर सम्म पदयात्राको कार्यक्रम रहेको महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत यादव राउतले बताउनुभयो
इटहरी । इटहरीमा बुधवारदेखि जुत्ता(चप्पल मेला हुने भएको छ । जुत्ता(चप्पल उत्पादक संघ नेपालको आयोजनामा मेला हुने भएको हो । इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा मेला हुने बताइएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्तासमक्ष पुर्याउने लक्ष्यसहित मेला गर्न लागिएको आयोजकले जनाएको छ । विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण इटहरीमा पुनः मेला आयोजना गरिएको संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन
इटहरी । धनकुटामा जारी शहिद भीमनारायण गोल्कपकमा साविक विजेता विर्तामोड युनाइटेड क्लब विजयी भएको छ । मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४५ औं मिनेटमा विर्तामोड युनाइटेड क्लबका अभिषेक गुरुङले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५८ औं मिनेटमा विशाल भण्डारी र खेलको ६३ औं मिनेटमा गिल्सन कन्दङ्वाले गोल गरेर विर्तामोड खेललाई ३–० अवस्थामा पुर्याएका थिए । यस्तै खेलको ७० औँ मिनेटमा चित्लाङ फुटबल क्लबको लागि विदेशी खेलाडी डोकुले सान्त्वना ग
इटहरी । तिनकुने घटनामा पत्रकारको ज्यान गएको विषय छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले सहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय पठाइएको ज्ञापनपत्रमा समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको मृत्युलाई शंकास्पद भनिएको छ । राजाबादीको आन्दोलनको समाचार संकलनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार रजकको घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गर्न पत्रकार महासंघ सुनसरीको माग छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.