All Posts By कोशी प्रेस

    Showing ६,६२१-६,६३० of १३,०४७ items.
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाका वडा नम्बर १ र २ पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका दुईवटा वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका छमध्ये वडा नम्बर १ र २ ढुङ्गेसाँघुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो । मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दुई वटालाई एकैदिन पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङसहितका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वाथ्यकर्मी लगायतका जनशक्तिको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । यस्तै, वडा २ लाई पनि वडाध्यक्ष नरेन्द्र लिम्बूसहित अन्य जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका जनशक्ति लगायतको उपस्थितिमा खोप सुनिश्चित वडा घोषणा ग

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३८५ पटक पढिएको
  • पाँचथरको फिदिम र कुम्मायकमा डढेलोले लियो दुई जनाको ज्यान, चार जना घाइते,सात घर जलेर ४० लाखभन्दा बढीको क्षति

    इटहरी। पाँचथरमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका  १३ का ४७ वर्षीया उषाकला राई नेम्वाङ र कुम्मायक ३ का २२ वर्षीया प्रतिमा सम्वाहाम्फे हुनुहुन्छ । बिहीबार दिउँसो दाउरा खोज्न जानु भएको राई फिदिम १३ को जौवारी जङ्गलमा सल्केको डढेलोमा फस्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई काठमार्डौको बर्न अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यस्तै, कुम्मायक ३ को जङ्गलमा लागेको डढेलोमा फस्नुभएको स्थानीय प्रतिमा सम्बाहाम्फेको बिहीबार राति निधन भएको थियो ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० विनालाल साह ९तेली०

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २५५ पटक पढिएको
  • पच्चीसौँ गोधुली रनिङ कप फुटबलको उपाधि धरान–१४ लाई

    इटहरी। पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । गए राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१४ ले उपाधि जितेको होे । खेलको ६१औँ मिनेटमा धरान–१४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान–१४ लाई नगद रु एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान–१५ लाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको प्लेयर अफ दी म्याच धरान–१४ का आशिष पुरी घोषित हुँदै रु पाँच हजार ५०० प्रदान गरिएको

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३७२ पटक पढिएको
  • गाईघाट बजारका फार्मेसीमा म्याद गुज्रेका औषधीसहित अनियमितता देखिँदा पनि जिल्ला प्रशासन उदयपुरको अनुगमन सचेतनामै सीमित, बारम्बारको उल्लङ्घनमा पनि कारबाहीबिनै छुट

    इटहरी। दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरूमा विगत बर्सहरूमा झैँ यो वर्ष पनि जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ । गाईघाट बजारमा नियम विपरीत सञ्चालित विभिन्न औषधी पसल तथा फार्मेसीलाई विगत बर्सहरूमा जस्तै यो वर्ष पनि सचेत गराएर छोडिएको छ । व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने ऐन नियमहरू पटक पटक उल्लङ्घन गरे पनि हरेक वर्ष गरिने अनुगमनले सदैभरि पहिलो पटक भन्दै सचेतना गर्दै छोड्दै गर्ने गरिएको गाईघाटका आम उपभोक्ताहरूको आरोप छ । त्यति मात्र हैन औषधी पसलबाट म्याद गुज्रेका सामाग्री बरामद गर्दा समेत सचेत मात्र गराएर छाडिएको भन्दै उपभोक्तहरुले चरम असन्तुष्टि जनाए

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २३२ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई फुसको छानामुक्त पालिका बनाउने अभियान सुरु

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई फुसको छानामुक्त पालिका बनाउने अभियान सुरु गरिएको छ । गाउँपालिकाले हालसम्म फुसको छाना भएका सबै परिवारको घरको छाना विस्थापन गरी जस्तापाता लगाउने र पालिकालाई नै फुसको छानामुक्त बनाउने अभियान सुरु गरेको हो । गाउँपालिकाले लाभग्राही अर्थात फुसको छाना भएका घर परिवारको छाना विस्थापन गर्ने र जस्तापाता लगाई दिने कार्यक्रम अघि सारेको छ । फुसको छाना विस्थापन गरी पालिकालाई नै फुसको छानामुक्त बनाउने गरी कार्यविधि नै बनाएर गाउँपालिकाले फुसको छाना विस्थापन गर्ने कार्यक्रम अघि बढाएको जनाएको छ । मैवाखोला गाउँपालिकाले जारी गरेको फुसको छाना विस्थापन कार्यक्रम कार्यान्वयन

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २३७ पटक पढिएको
  • पाँचथरका सामुदायिक वनमा आगो लगाउनेविरुद्ध अपराधिक उपद्रव मुद्दा दर्ता, डढेलोमा एकको मृत्यु र कयौं घाइते

    इटहरी । सार्वजनिक र नीजि जङ्गलमा आगो लगाउने प्रवृत्ति बढेपछि पाँचथरमा वनमा जथाभावी आगो लगाउनेलाई पक्राउ गरेर मुद्दा चलाउन थालिएको छ । पहिलो चरणमा फिदिम नगरपालिका १० बाट २ र ४ बाट १ गरी तीन जनालाई पक्राउ गरी अपराधिक उपद्रव मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका ४ का सुकमाया तामाङ, फिदिम १० का सजिता खजुम र दिलु खजुम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु मध्ये सुकमायाले चैत १९ गते आफ्नै बारीमा झिक्रा डढाउन बालेको आगो स्थानीय सिंहदेवी सामुदायिक वनमा सकिँल्दा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २२६ पटक पढिएको
  • नेकपा एमाले हरिनगर गाउँपालिका कमिटी द्वारा आगलागी पिडितलाई राहत वितरण

    सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा यही चैत्र महिनाकाे १८ गते साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भए पछि आज नेकपा एमाले हरिनगर गाउँपालिकाकाे कमिटीले राहत वितरण गरेकाे छ । राहत वितरणमा खाध्यन सामग्री चामल,तेल,भुजा,चुरा,दाल,बिस्कुट,चाउचाउ,चिनी,नुन,लत्ताकपडा,त्रिपाल,र नगद सताइस हजार पाँच सय रकम समेत वितरण गरिएका छन् ।  पीडित परिवारलाई हौसला प्रदान,घाउँमा मलहम थप्ने काम नेकपा हरिनगर गाउँपालिका कमिटीले गरिएको छ । र नेकपा एमाले हरिनगर गाउँपालिकाले हरिनगर भित्ररहेकाे हरेक जनताकाे दुख सुखमा हरपल साथ रहने रमेत गाउँपालिका अगुवा नेता लस्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ६६८ पटक पढिएको
  • तिनजुरेमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

    इटहरी । कोशी प्रदेशले मनाउन लागेको पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । सुनसरीको इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार कार्यक्रमको उद्घाटन चैत २७ गते हुने छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले जानकारी दिनु भयो । मन्त्री मण्डलका अनुसार रोजगारीको वृद्धि र राष्ट्रिय पूँजी निर्माणका लागि पर्यटन क्षेत्रको

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ६०१ पटक पढिएको
  • इटहरीमा वैशाखबाट ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने तयारी

    इटहरी । इटहरीमावैशाखबाट ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने भएको छ । इटहरीमा व्यवस्थित अस्पतालको अभाव भएको आवाज उठिरहेको बेला प्रणामी मन्दिर मुक्तिधामको अस्पताल सञ्चालनमा आउन लागेको हो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका अनुसार २०८२ सालको वैशाख १ गते स्वामी १०८ सदानन्द महाराजबाट उद्घाटन हुने कार्यक्रमको तयारी पूरा भइसकेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चैत २४ गते विहान कलश यात्रा हुने गरि कार्यक्रम सुरू हुने मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताउनु भयो । कलश यात्रामा १० हजार बढी भक्तजन सहभागी हुने उहाँको भनाइ छ । श्रीकृष्ण प्रणामी मन्दिर

    • प्रकाशित मितिः चैत २१, २०८१
    • १,३४८ पटक पढिएको
  • अवरोधका बीच काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कार्यालय पुगेर हाजिर गर्नुभएको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र महानगरका कर्मचारीहरूको सहयोगमा उहाँले हाजिर गर्नुभएको हो । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरूले तलब पाएका थिएनन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ३७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]