All Posts By कोशी प्रेस

    Showing ६,६३१-६,६४० of १३,०२३ items.
  • उदयपुरमा खानेपानी संकट, मुहान सुकेपछि बस्तीहरू प्रभावित

    इटहरी  । उदयपुरमा यसअघि कहिल्यै नसुकेका पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँका मानिसलाई मात्र होइन सदरमुकामस्थित गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको छ । आम उपभोक्ताको आवश्यकता अनुसार यसअघि सञ्चालित साना सहरी खानेपानी आयोजनाले पानी उपलब्ध गराउन नसक्नु, गाईघाट खानेपानी आयोजनाको काम बिचैमा अलपत्र हुनु र इनार, कुवा तथा ट्युबेल जस्ता सतहमुनिको पानी निकाल्ने मुहान धमाधम सुक्दै गएपछि गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको हो । चुरे तथा महाभारत क्षेत्रमा हुने वन विनाश तथा भूक्षयीकरणसँगै प्राकृतिक स्रोतसाधनमाथि गरिने अत्यधिक दोहन, मानव अतिव्रmमण तथा जलवायु

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १३५ पटक पढिएको
  • धनकुटाका दर्जनौँ वनमा आगलागी, घाँस पलाउने बहानामा ठूलो क्षति

    इटहरी । घाँस पलाउने बहानामा धनकुटाका दर्जनौँ बनमा आगो लगाएको पाइएको छ । आगो निभाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको थियो । स्थानीयवासीले पातले पुरिएका भुइँमा आगो लगाएपछि नयाँ घाँसका पालुवा पलाउने  भन्दै आगो लगाउने गरेको पाइएको हो । सामुदायिक वनका उपभोक्ता समितिहरूले सचेतनाका कार्यक्रमहरू नल्याएकाले वर्षेनी यस्ता समस्या आउने गरेको पाइएको छ ।  आगोका कारण लाखौँ धनजनको क्षतिसमेत भएको थियो । आगलागीबारे जनचेतनाको अभावका कारण यसरी आगो लगाउने प्रचलन नै छ । यसरी आगो लगाउँदा जिल्लामा आगलागीका घटना बढ्न थालेका छन् । सोमबार मात्रै दर्जनौँ ठाउँमा आगलागी भएका छन् । आगलागी हुने वनहरूमा धनकुटा नगरपाल

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १९२ पटक पढिएको
  • इलामको अन्तुमा नयाँ वर्षका अवसरमा २७ देशका राजदूतले विशेष भ्रमण गर्ने

    इटहरी। नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत  अन्तु आउने भएको हो । मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनुभएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराइने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिवसहितका

    • प्रकाशित मितिः चैत १९, २०८१
    • २३९ पटक पढिएको
  • भोजपुरमा लोपोन्मुख रेडपान्डा संरक्षण अभियान सुरु

    इटहरी । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपान्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपान्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपान्डा संरक्षण अभियान थालिएको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथ

    • प्रकाशित मितिः चैत १९, २०८१
    • २४१ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा मन्दिरमा चढाइएको चार करोडभन्दा बढीको सुनचाँदी लिलामी नभइ बिक्रीविहीन

    इटहरी । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीन पटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो । पाथीभरा माताप्रति आस्था राख्ने तीर्थयात्रीले चढाएको उक्त सुन चाँदी लिलामीका लागि पाथीभरा क्षेत्र विकास समितिले गोरखापत्र दैनिक पत्रिका सर्वप्रथम गत वर्षको फागुन २० गते २१ दिने सूचना जारी गरेको थियो । पहिलो पटक सूचना जारी गरिए पनि कसैको आवेदन नपरेकाले पुनः थप दुई पटक सूचना निकालिएको समितिका सूचना अधिकारी नवीन निरौलाले बताउनुभयो । तीर्थयात्रीले सुनचाँदी, भेटी, घण्टी,

    • प्रकाशित मितिः चैत १९, २०८१
    • २५० पटक पढिएको
  • इलाममा दुई बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ

    इटहरी। दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका(४ का २२ वर्षीय दिपक नेपाली छन् । नेपालीले आफ्नै हजुरबाले संरक्षण गरि राखेकी बालिकालाई लामो समय यता पटकपटक जबरजस्ती करणी गर्ने गरेको खुलेको इलामका डिएसपी मानबहादुर राईले बताउनुभयो। बालिकाले दिएको बयान अनुसार नेपालीले पछिल्लो पटक गएको फागुन महिनाको अन्तिमतिर पनि जबरजस्तीकरणी गरेको पाइएको डिएसपी राईले जानकारी दिनुभयो । अर्को एक घटनामा ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने चुलाचुली गाउँपालिका–६ का ५१ वर्षीय यमबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । गत चैत १६ गते

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १५३ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकामा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तालिम

     समिर चन्द्र्वंशीबराहक्षेत्र | बराहक्षेत्र नगरपालिका, २०८१ साल — नगरपालिका भरिका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा अध्ययनरत तथा वार्षिक परीक्षा सकाएका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि नगरपालिकाले आयोजना गरेको तालिम अन्तर्गत नृत्यकला प्रशिक्षण , चित्रकला प्रशिक्षण , बक्तृत्वकला प्रशिक्षण तालिम भईरहेकाे छ। उक्त तालिम मा नगरपालिका भरिको बिद्यार्थी हरुको बक्लो उपस्थिति रहेकाे छ्। यस कार्यक्रमलाई नगरपालिकाको वार्षिक शैक्षिक योजना अन्तर्गत प्रतिभा प्रस्फुटन तालिमको रूपमा संचालन गरिएको हो।  तालिमको सहजकर्ता मुकुन्द प्रयासले विद्यार्थीहरूलाई रचनात्मक चित्रकला क्षेत्रमा दक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३५५ पटक पढिएको
  • रोङ गाउँपालिकामा बेसार खेतीको आकर्षण बढ्दै, उत्पादन र बजार विस्तार

    इटहरी । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ । तीन वर्षअघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी संस्थाले आफ्ना सदस्यका लागि सुरुवात गरेको बेसार खेतीको उत्पादन आठ गुणाले वृद्धि भएर ब्राण्डिङ भई बजारमा आएपछि उक्त खेतीमा किसान उत्साहित भएका हुन् । २०७९ सालमा ईको चिया सहकारी सस्थाले कपुरकोट १ जातको बेसारको बिउ प्रति किलोग्राम ८० रुपियाँका दरले आठ सय ४० किलोग्राम खरिदगरि २५ प्रतिसत अनुदानमा रोङ ३ र ४ को खमारे, मार्से, याङ्ग्रे, कोल्बुङ, पहरी गाउँ भालुझोडा लगायतका टोलमा बितरण गरेको थियो । उक्त बिउबाट गत वर्ष तीन हजार पाँच सय ८२ किलोग्राम बे

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३४३ पटक पढिएको
  • पाँचथरबाट पत्रकारले पठाए प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

    इटहरी । पाँचथरका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउँदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा मार्फत पत्रकारहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । गत चैत १५ गते पूर्व राजाका समर्थकहरूको प्रदर्शनमा रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाही गर्नुपर्ने माग महासङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । नेपाल पत्रकार

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ४०६ पटक पढिएको
  • पाँचथरको हिलिहाङ ७ का लक्ष्मीप्रसाद योङया हत्या आरोप लागेको ११ वर्षपछि पक्राउ

    इटहरी। पाँचथरको हिलिहाङ ७ का बिरबहादुर योङयाको हत्यापछि फरार रहेको आरोपमा प्रहरीले हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङयालाई पक्राउ गरेको छ । योङयालाई व्यक्ति हत्या आरोप लागेको ११ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो । लक्ष्मीले बिरबहादुरलाई २०७० साल मङ्सिर ८ गते सामान्या विवादमा कुटपिट पश्चात हत्या गरेर फरार भएको अभियोग लागेको छ । कुटपिटपछि हत्या गरेको भन्दै मृतककी श्रीमती फिपरानी लिम्बूले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा किटानी जाहेरी दिनुभएको थियो । योङयालाई हत्याको ११ वर्षपछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]