विराटचौक / विराट एक्स्पो ०८१ को अवसर पारेर कोशी प्रदेशको मोरङ स्थित विराट चोकमा फाल्गुण ३ गते देखि ७ गते सम्म कोशी प्रदेश स्तरीय बुद्धिचाल खेलको सञ्चालन भइरहेको छ।विराट चेस क्लबको आयोजनामा पाँच दिन चल्ने स्ट्यान्डर्ड चेस प्रतियोगिताको दोस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन्। क्लासिकल विधा अन्तर्गत प्रतिस्पर्धामा पथरीका निलम बस्नेत, पाँचथरका रिशोन थापा र धरानका राजेन्द्र राई पूर्ण ४ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। सत प्रतिसत जित निकाल्ने क्रममा निलमले इटहरीका नवीन घिमिरे, मोरङका विष्णुलाल लिम्बू, इटहरीका उमेश राई र सुन्दरहराइञ
इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह २०८१ हुने भएको छ। एन प्याब्सन नगर कमिटी इटहरीको आयोजनामा फागुन ५, ६ र ७ गते हुने खेल सप्ताह हुने भएको हो ।खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधाका खेल हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए। पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेस गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए। प्राथम
इटहरी \ फिल्म 'राजागंज' आगामी चैत १ गते देखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। यसअघि 'पूजा सर' नामले भेनिस, बुसान, र ताल्लिन ब्ल्याक नाइट्सजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको यो फिल्म नेपालमा फरक नामले सार्वजनिक हुन लागेको हो।इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सह-लेखिका आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे, र कोशी प्रदेश संयोजक विकास बुढाथोकी उपस्थित थिए।पत्रकार सम्मेलनमा अभिनेत्री मगरातीले फिल्मको मुख्य पात्र 'पूजा सर' भएकाले अन्तर्राष्ट्रिय महोत्सवहरूमा यही नामबाट प्रदर्शन गरिएको बताइन्। नेपालमा भने, कथामा कल्पना गरिएको गा
इटहरी – नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आयोजना गरेको वडा केन्द्रित तीनमहिने अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रम इटहरी लायन्स क्लबको हलमा प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली रहनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा वडा स्तरमा आम नागरिकलाई प्रत्यक्ष रूपमा पार्टीसँग जोड्ने अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।अभिमुखीकरण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज जगदिश कुसियैत, केन्द्रीय सदस्य लक्ष्मी गौतम, तैयब हुसेन, भगवती चौधरी, तथा कोशी प्रद
इटहरी | सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमितिले प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम गरेको छ । शनिबार उदयपुरको लाहुरे खोज बेलका रिसोर्टमा "कुल बंशको नामा हाम्रो पहिचान, सुतार कार्कीको गौरव हाम्रो सम्मान" भन्ने मुल नाराका सुरु गरिएको कार्यक्रममा सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमिति अध्यक्ष कुमार कार्कीको अध्यक्षता तथा सुतार कार्की कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यसमितिका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्की रहेको थियो । सुतार परिवार जोड्नका लागी केही समय अगाडी देखि आफुहरु लागि परेर काम गरेको भए पनि प्रतिष्ठान खोल्न केही असहयोग गरेको भए पनि
इटही | संसदीय व्यवस्था प्रणालीबारे जानकारी दिन इटहरी लेडीज सिजको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।इटहरीको इटहीस्थित होटल इनटुरिष्ट प्यालेसको सभा हलमा इटहरी लेडी जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी वरालको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष JC रजनी थापाको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको थियोे । उक्त प्रशिक्षण कार्यक्रममा संसदीय व्यवस्था प्रणालीको विषयमा अन्तिम दिन चिया गफ कार्यक्रम समेत भएको थियोे । नेपाल जेसिजका कानुनी सल्लाहकार JCj सुनिल तिमिल्सिना रूपमा रहनुभएको थियो। साथै नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष (
इटहरी | इटहरीको भएको विश्व आदर्श कलेजमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्को सहजकर्तामा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।माघ २८ गतेदेखि सुरु भएको सात दिने तालिम विश्व आदर्श कलेज, इटहरीमा सञ्चालन भएको थियो। तालिमको समापन समारोहमा विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य अमृत बस्नेतको विशेष उपस्थिति रहेको थियो। तालिमको प्रशिक्षक लक्ष्मी प्रसाद आचार्य र तारा गी
इटहरी । विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा भाटेपुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ । दुवैतर्फको पुललाई जोड्ने पहुँचमार्ग भने अझै निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४र६५ मा कालिका–ओसिए जेभीलाई १० करोड ३२ लाख रुपियाँमा ठेक्का लगाएको थियो । त्यसबेला २०४।८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बिच भागमा थियो । झापातर्फ २६ मिटरको एउटा स्पान र मोरङतर्फ ५० मिटरका दु
इटहरी । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी ९खेलाडी० ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो ।&
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कर्पोरेसन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलबिच भेटघाट भएको हो । विकास साझेदार संस्थाका प्रतिनिधिसँगको भेटवार्तामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले ७५ वर्षदेखि नेपाल र स्वीस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताउनुभयो । नेपालको सङ्घीयता र संविधान कार्यान्वयनका लागि ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.