All Posts By कोशी प्रेस

    Showing ७,८२१-७,८३० of १३,७४३ items.
  • निजामती कर्मचारी युनियनको पाँचथर अध्यक्षमा बाँस्कोटा

    इटहरी। नेपाल निजामती कर्मचारी युनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा  निर्वाचित हुनुभएको छ। फिदिम नगरपालिकामा सम्पन्न ९ औँ अधिवेशनबाट उहाँको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो। युनियनको उपाध्यक्षत्रय राजेश मिश्र, कल्पना नेम्बाङ मगर र रमा पाण्डे, सचिवमा हिमाल रिजाल, सहसचिवमा थमराज जैशी, कोषाध्यक्षमा प्रदीप थापा चयन भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनले हरि बाँस्कोटा, मुना राना, शान्तिराम घिमिरे, उमेश शाह, कर्ण थिङ, गुमानसिं तामाङ, जुना रिजाल, उमादेवी राई, मेदनी भण्डारी, प्रेम सिग्देललाई कार्यसमितिको सदस्यमा चयन गरेको छ। यस्तै केन्द्रीय प्रतिनिधिमा लक्ष्मीप्रसाद बाँस्कोटा, बलर

    • प्रकाशित मितिः माघ २७, २०८१
    • १७० पटक पढिएको
  • उर्लाबारीमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु

    इटहरी । उर्लाबारी नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।  नगरपालिकाकी उपप्रमुख मीना कुमारी खतिवडा पौडेलले उर्लाबारी–४ स्थित हिमचुली बोर्डिङमा खोप अभियानको उद्घाटन गर्नुभएको हो । यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका किशोरीहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपिभी खोप प्रदान गरिनेछ । उर्लाबारी नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रेनुका प्रसाद काफ्लेका अनुसार नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूका ४ हजार १ सय ११ छात्रा सहित अन्य लक्षित समूहलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ

    • प्रकाशित मितिः माघ २७, २०८१
    • २९५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ उर्लाबारीको बनभोज कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल खेलकुद महासंघ उर्लाबारी द्वारा आयोजित बनभोज कार्यक्रम उर्लाबारी–२ स्थित बेतिनी सिमसारमा सम्पन्न भएको छ । महासंघका सचिव सक्षम भण्डारीको अध्यक्षता र राजिव दियालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विप्लव घोष रहन्भएको थियो  । उहाँले खेलकुद महासंघको भावी योजना र खेलकुदको विकासमा महासंघको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो । घोष महासंघको केन्द्रीय समिति अन्तर्गत कोशी इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । सो अवसरमा कार्यक्रमका अध्यक्ष भण्डारीले कार्यक्रममा सबैल

    • प्रकाशित मितिः माघ २७, २०८१
    • १८० पटक पढिएको
  • इटहरीमा शुभारम्भ व्यूटि एकेडेमी सञ्चालनमा

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ४, किराँत चोकस्थित फलामे पुल नजिकै शुभारम्भ व्यूटि एकेडेमी सञ्चालनमा आएको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि यो एकेडेमीले उच्च गुणस्तरीय तालिम, पार्लर सेवा तथा सौन्दर्य सामग्री बिक्री वितरण गर्ने भएको छ ।शुभारम्भ व्यूटि एकेडेमीले सौन्दर्य सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछ। व्यूटि पार्लरसम्बन्धी विभिन्न आधुनिक प्रविधिहरू, फेशियल, हेयर कटिङ, मेकअप, स्किन केयर तथा अन्य सौन्दर्य सम्बन्धी सीप सिकाइनेछ। यससँगै, एकेडेमीले आफ्ना सेवाग्राहीहरूलाई सेल्फ-केयर, सैलुन व्यवस्थापन र सौन्दर्य सामाग्रीको उचित प्रयोगसम्बन

    • प्रकाशित मितिः माघ २७, २०८१
    • २२४ पटक पढिएको
  • नेपाली कांग्रेस बराहक्षेत्र-९ द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    बराहक्षेत्र | नेपाली कांग्रेस बराहक्षेत्र वडा नम्बर ९ कार्यसमितिको आयोजनामा पारस अस्पताल, विराटनगरसँगको सहकार्यमा एक दिवसीय निःशुल्क होल बडी स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरको उद्घाटन नेपाली कांग्रेस बराहक्षेत्र वडा नम्बर ९ कार्यसमितिका सभापति लालबहादुर लिम्बु (जोनी) द्वारा गरिएको थियो।स्वास्थ्य शिविरको अनुगमनका लागि बराहक्षेत्र नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति रमेश कर्की, वडा नम्बर ९ का वडाध्यक्ष निरञ्जन चन्द्रवंशी, वडा नम्बर १० का वडाध्यक्ष एवं नेपाली कांग्रेस बराहक्षेत्र-१० का सभापति तेज बहादुर गुरुङ, वडा नम्बर ९ का वडा सदस्य चतुर लाल चौधरी, नेपाली कां

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ४०४ पटक पढिएको
  • ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलको १७ औं अभिभावक दिवस तथा मास्टर एण्ड मिस बुल्मिङ्ग २०८२ कार्यक्रम

    इटहरी  | इटहरीको ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलको १७ औं अभिभावक दिवस तथा मास्टर एण्ड मिस बुल्मिङ्ग कार्यक्रम गरेको छ ।ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी अध्यक्ष  मन्जु कोइरालाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख अतिथिमा इटहरी वडा नम्बर -६ जुटविकास नजिकै रहेको बुल्मिङ किन्डर गार्डेन मन्टेश्वरी स्कुलले १७ औं अभिभावक दिवस तथा "मास्टर एण्ड मिस ब्लूमिङ्ग २०८२ कार्यक्रम गरेको हो ।"मास्टर एण्ड मिस ब्लूमिङ्ग २०८२ को प्रथम निरिक्षा ढकाल र सुबम श्रेष्ठले जितेका छन् । दोस्रो रनरअप युनिसा निरौला र केनिस बस्नेत त्यसै गरि तेस्रो रनरअप स

    • प्रकाशित मितिः माघ २६, २०८१
    • १,४८९ पटक पढिएको
  • कोशी प्रदेशमा स्काउट ज्याम्बोरेटको उद्घाटन, असल नागरिक बन्न आह्वान

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । अनुशासन र एकता, समृद्धिको आधार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय  नेपाल स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट २०८१ को उद्घाटन गर्दै उहाँले भौतिक विकास भन्दा मानविय विकास दिगो हुने भएकाले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताउनुभएको हो । उहाँले राष्ट्र प्रति आस्थावान नेपाली नागरिक बनाउन नेपाल स्काउटले गरिरहेको प्रयास सह्रानिय भएको बताउदै कोशी प्रदेशका सबै पालिकामा स्काउटका गतिविधि संचालन गर्न आग्रह गर्नुभ

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ३९४ पटक पढिएको
  • बुढासुब्बा गोल्डकपको उपाधीमा एनआरटीको ह्याट्रिक

    इटहरी । २५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधी जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधीमा ह्याटिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २(१ ले पराजित गर्दै एनआरटीले उपाधीमा ह्याटिक गरेको हो । एनआरटीले १० औं संस्करण र २४ औं संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो । उपाधीसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ । प्रतिष्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामांगले हेड गोल गरेका थिए । गोल खाएको तीन मिनेट नबित्दै ए

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ४४६ पटक पढिएको
  • रामेछापले चुम्यो ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता २०८१ को उपाधि

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता २०८१ को  उपाधि  लिखु भुजी क्लब रामेछापले चुमेको छ । शनिवार  मुलखर्क रंगशालामा भएको फाइनल खेलमा रामेछापले सृजना यूवा क्लब धरानलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको ७४ मिनेटमा रामेछापका लागि खेलाडी करण मगरले पेनाल्टी मार्फ गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बन्यो ।यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेल   सृजना यूवा क्लब धरान र  चुलाचुली स्पोटिङ क्लब झापा विच भएको थियो । खेल विवादमा  आएको हुँदा केही

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ४१४ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक युवकको निधन

    इटहरी । झापाको कनकाई नगरपालिका १ स्थितमा मोटरसाइकल दुर्घटनामा एक युवकको निधन भएको छ । दुर्गापुरबाट खुदुनाबारीतर्फ गइरहेको मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ५ का २८ वर्षीय सिद्धार्थ साह र पछाडि सवार २४ वर्षीय सुमित साह गम्भीर घाइते भएका थिए ।  दुर्घटनापछि दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा सुमितको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • १८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]