All Posts By कोशी प्रेस

    Showing ८४१-८५० of १२,७२० items.
  • कोशी प्रदेशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार विभिन्न जनचेतनामूलक तथा कृषिमुखी कार्यव्रmम आयोजना गरी मनाइयो

    इटहरी । कोशी प्रदेशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार विभिन्न जनचेतनामूलक तथा कृषिमुखी कार्यव्रmम आयोजना गरी उत्साहका साथ मनाइएको छ । प्रदेशका १४ वटै जिल्लाका किसान खेतमा धान रोप्न व्यस्त छन् भने सरकारी निकाय, स्थानीय तह, कृषि कार्यालय तथा विभिन्न सङ्घ संस्थाले रोपाइँ महोत्सव, कृषक सम्मान, कृषि प्रविधि प्रदर्शन, अन्तर्व्रिmयालगायत कार्यव्रmम सञ्चालन गरेका छन् । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी धान उत्पादनका दृष्टिले अग्रणी जिल्ला हुन् भने इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, सङ्खुवासभालगायतका पहाडी जिल्लामा पनि स्थानीय अनुकूल जातका धानको खेती हुँदै आएको छ ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • १०८ पटक पढिएको
  • भारी वर्षाको पूर्वानुमानपछि झापाका विभिन्न पालिका र नदी तटीय क्षेत्रमा उच्च सतर्कतास विपद् व्यवस्थापन र उद्धार टोली तयारी अवस्थामा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ । प्रशासनले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी

    • प्रकाशित मितिः असार १६, २०८३
    • १५२ पटक पढिएको
  • राष्ट्रिय धान दिवसकै अवसरमा तेह्रथुम जिल्ला अदालतमा ‘पत्रकारसँग अदालत’ कार्यक्रम सम्पन्न

    इटहरी । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर तेह्रथुम जिल्ला अदालतले जिल्ला अदालतको सभाहलमा ‘पत्रकारसँग अदालत’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अदालतले आर्थिक वर्षको वार्षिक लक्ष्य र प्रगति, मुद्दाको प्रकृतिअनुसार दर्ता तथा फछ्र्योटको अवस्था, थुनुवा मुद्दाको विवरण, सेवा प्रवाह र न्याय सम्पादनलाई प्रभावकारी बनाउन गरिएका व्यवस्थापकीय कार्यबारे जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश, श्रेष्तेदार, सूचना अधिकारी, अदालतका कर्मचारी तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष टि.आर. सेनेहाङ सहित जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागी पत्

    • प्रकाशित मितिः असार १५, २०८३
    • १४८ पटक पढिएको
  • पीताम्बर दाहालको आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ विमोचन

    इटहरी । साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैंचाका पूर्व प्रधानाध्यापक तथा शिक्षासेवी पीताम्बर दाहालद्वारा लिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ को विमोचन सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तित्व, कृतिकारका पूर्व विद्यार्थी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा लेखककी नातिनी सारांशिका दाहालले आफ्नो भनाइ राख्दै हजुरबुबाको जीवनसंघर्ष, इमान्दारिता र शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताउनुभयो। त्यसैगरी, अर्की नातिनी स्मारिका दाहालले कृतिभि

    • प्रकाशित मितिः असार १५, २०८३
    • १२४ पटक पढिएको
  • धनकुटामा एकै दिन ७९५ किलोग्राम गाँजा बरामद, दुई पक्राउ

    इटहरी । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानबाट ७९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका क्षेत्रको कोलबोटेमा जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा २५ वटा पोकामा ३१ किलोका दरले ७७५ किलोग्राम गाँजा बरामद गरेको हो। प्रहरीले मिनी ट्रकको डालाभित्र आलुको बोराले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ। सोही घटनामा धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्दै आएका ३३ वर्षीय

    • प्रकाशित मितिः असार १५, २०८३
    • १३१ पटक पढिएको
  • राष्ट्रिय धान दिवसमा होटल तथा लज व्यवसायी समिति इटहरीद्वारा दही–चिउरा खाने कार्यक्रम

    इटहरी । राष्ट्रिय धान दिवसको अवसर पारेर होटल तथा लज व्यवसायी समिति इटहरीले सोमबार इटहरीको बरगाछीस्थित होटल पल्पसामा दही–चिउरा खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, होटल व्यवसाय महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष देवी गौतम (रबिन), होटल तथा पर्यटन व्यवसाय संघ कोशी प्रदेशका महासचिव उमानाथ दाहाल, नेपाल रेडक्रस सोसाइटी इटहरी शाखाका सभापति दिनेश भट्टराई, इटहरी उपमहानगरपालिकाको पर्यटन शाखाका प्रमुख नवल भट्टराई, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले राष्ट्रिय धान दिव

    • प्रकाशित मितिः असार १५, २०८३
    • १०४ पटक पढिएको
  • कक्षाकोठाबाट खेतसम्म : विद्यार्थीलाई कृषिसँग जोड्दै हिमालय इङलिस स्कुल

    इटहरी । मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङलिस स्कुलले सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा सामूहिक धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । सुन्दरहरैंचा–१०, गैरीगाउँमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूले खेतमै पुगेर धान रोपेका थिए। विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा प्रदान गर्ने र नेपाली कृषि संस्कृतिसँग जोड्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ। विद्यालयकी अध्यक्ष सुजना खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रमम

    • प्रकाशित मितिः असार १५, २०८३
    • १९७ पटक पढिएको
  • पञ्चेबाजाको धुनसँगै धान रोप्दै फुजिसान सगरमाथा बोर्डिङले मनायो राष्ट्रिय धान दिवस

    इटहरी । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा इटहरी–१९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमै पुगेर उत्साहपूर्वक धान रोपेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पञ्चेबाजाको धुनसँगै परम्परागत शैली र आधुनिक कृषि प्रविधिको प्रयोग गरी धान रोपाइँ गरिएको थियो, जसले परम्परा र प्रविधिको सुन्दर समन्वय प्रस्तुत गरेको छ । विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले शिक्षा केवल किताबी ज्ञानमा सीमित हुन नहुने भन्दै विद्या

    • प्रकाशित मितिः असार १५, २०८३
    • ९६ पटक पढिएको
  • सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थल ‘कोशी टप्पु वन्यजन्तु आरक्ष’ मा बढ्दै पर्यटकस् पूर्वाधार र प्रचारप्रसार नहुँदा सम्भावना अझै ओझेलमा

    इटहरी।  सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्तले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको उल्लेखनीय सम्भावना बोकेको ठाउँ हो । पूर्वी नेपालको तीन जिल्लाको बीचमा फैलिएको कोशी टप्पु सोचे जति अझै चर्चामा आउन सकेको छैन । जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पु दुर्लभ वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ

    • प्रकाशित मितिः असार १५, २०८३
    • १७४ पटक पढिएको
  • उदयपुरको लालपत्ता नाकाबाट ९ सय ८० क्याप्सुल प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

    इटहरी । उदयपुर प्रहरीले आइतबार साँझ लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र सप्तरीको सीमानाका लालपत्ता प्रहरी चौकीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। लहानबाट गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा लागूऔषध बोकेको फेला परेपछि मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ का २१ वर्षीय दीपकराज पोखरेल र पछाडि सवार २५ वर्षीय पुरन मगर पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ओपिडोल ४ सय ९० क्याप्सुल र स्पास्पेन ४ सय ९० क्याप्सुल गरी जम्मा ९ सय ८० क्याप्सुल बरामद भएको छ। दुवै जनालाई लागूऔषध र मोटरसाइक

    • प्रकाशित मितिः असार १५, २०८३
    • १४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]