आगामी मंसिर १६ गते कोशी प्रदेशका विभिन्न पालिकाका रिक्त ९ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ।कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसैगरी कार्तिक ३० गते निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी छ । आयोगले उपनिर्वाचनका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिक
सुनसरी / सुनसरीको कोशी गाउँपालिकाको वडा -३ कुसाहा कान्छी चोकमा रहेकोे प्रतिष्ठित शैक्षिक संस्था "सुनसरी स्टार इङलिस बोर्डिङ स्कुल" २०६८ सालमा स्थापना भई नर्सरीदेखि ८ कक्षासम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। यस बिधालयका बिद्यार्थी हरुले विभिन्न ठाँउमा बिद्यार्थीको प्रतिभा प्रस्फुटन गरे संगै कोशी सामुदायिक युवा क्लबले आयोजना गरेको छठ पर्व विशेष सास्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य समेत प्रदर्शन गरेको थिए । हाल कोशी गाउँपालिकाभरि रहेको जम्मा १६ वटा निजी विद्यालयहरूमध्ये प्रशासनिक तथा शैक्षिक गुणस्तरका हिसाबले उत्कृष्ट मानिने यस विद्यालयले जिल्ला स्तरी
इटहरी । विमल कृति पुरस्कार २०८० इलामका कबि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि बिमल गुरुङ्गको ५३ औ बार्षिक जन्म जयन्तीको अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु.२ लाख राशी स्वरुप शब्दथुमलाई विमल कृति पुरस्कार प्रदान गरिएको हो । धरान उपमहानगरपालिका १८ स्थित पुस्तकालयको हलमा शनिबार सम्पन्न ३३ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजीत कार्यक्रमका प्रमुख अतिथी नेपाल सँस्कृत विश्वविधालय नेपालका उपकुलपति प्रा.डा. भिम खतिवडा र कवि पुस्तकालयका संचालक पुर्ण बहादुर गुरुङले पुरस्कार प्रदान गर्नु भएको हो । कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक,
सुनसरी / सुनसरीको कोशी गाउँपालिका–३ कान्छी चौकमा छठ पर्वको अवसर पारेर कोशी समुदाय युवा क्लबको आयोजनामा छठपुजामा विशेष साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । परम्परागत धर्म, संस्कृति, तथा विभिन्न जातजातिका संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले कोशी समुदाय युवा क्लबले यो कार्यक्रम आयोजना गरेको हो। यस कार्यक्रमको सभापतिको रूपमा क्लबका अध्यक्ष जेनिथ कुमार साह रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा कोशी गाउँपालिका-३ का वडा अध्यक्ष सुलेमान मन्सुरी रहनु भएको थियो त्यसैगरी विशिष्ट अतिथिको रूपमा स्याम सुन्दर सिंह , गंगा प्रसाद यादव , कुरुवान मन्सुरी , सराउदिन अन्सारी , सुर
भोजपुर / नेकपा (एमाले) भोजपुरको पौवादुङमा गाउँ कमिटीले आफ्नो दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ। यस अधिवेशनमा स्थानीय तहको नेतृत्वलाई सबल बनाउने उद्देश्यका साथ ४५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।अधिवेशनले सर्वसम्मत रुपमा देउमान राईलाई अध्यक्षमा चयन गरेको छ। अध्यक्षमा चयन भएका देउमान राईको नेतृत्वमा गठित नयाँ कमिटीमा पवित्रा भुजेल उपाध्यक्ष, कुसल कार्की सचिव तथा वर्तमान राई र सरस्वती सुवेदी श्रेष्ठ उपसचिव रहेका छन्। साथै, लेखा आयोग संयोजकको भूमिकामा बोम प्रसाद राई चयन भएका छन्। अधिवेशनले विभिन्न जिम्मेवारीमा ४५ सदस्यीय टोलीको चयन गर्दै पार्टी संगठनको आगामी योजनालाई कार्यान्वयन गर्ने
इटहरी / इटहरीस्थित बेदान्त हस्पिटलमा आगामी यही कार्तिक २४ गते शनिबारदेखि बरिष्ठ मुटु तथा प्रेसर रोग विशेषज्ञ डा. सहदेब प्रसाद ढुंगानाको सेवा शुरु हुने भएको छ। लामो समयदेखि विभिन्न अस्पतालमा मुटु तथा प्रेसर रोगको उपचार गर्दै आएका डा. ढुंगानाले अबदेखि प्रत्येक शनिबार बेदान्त हस्पिटलमा सेवा उपलब्ध गराउनेछन्। यस अवसरमा मुटु सम्बन्धि परीक्षणमा २५% छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।ढुंगाना नोबेल मेडिकल कलेजका कार्डियोलोजी प्राध्यापकसमेत रहेका उनी भारतको बनारस हिन्दू विश्वविद्यालयबाट MBBS, चण्डीगढस्थित PGIMER बाट MD, र धरानको BPKIHS बाट DM Cardio
इटहरी : इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस पढ्न मेयर हेमकर्ण पौडेलले ब्यक्तिगत रुपमा ५१ हजार रूपैयाँ दिएका हुन् । त्यस्तै उपमहानगरले पनि डाक्टर पढ्न १५ लाख रुपैयाँ दिने सहयोग घोषणा गरेका छन् । मेयर पौडेलले बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत तर्फबाट ५१ हजार र उपमहानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ सहयोग स्वरूप दिने घोषणा गरेका हुन् ।कमजोर आर्थिक अवस्थाकी खत्री आर्थिक अभावकै कारण एमबीबीएस अध्ययन गर्न समस्या भइरहेको बेला मेयर पौडेलले उक्त रकम दिने घोषणा गरेका हुन् । मेयर पौडेलले इटहरीबासीका आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार दिनरात ल
इटहरी । अभिनेता नाजिर हुसैन र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ’मिसिङः केटि हराएको सुचना’ यही कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यतिबेला प्रचारप्रसार अन्तर्गत कोशी प्रदेशमा फिल्मको पोस्टर पब्लिसिटी तिहार अघि र तिहारपछि तीन दिन लगाएर सम्पन्न भएको छ । कोशी प्रदेशको इटहरी, विराटनगर, धरान, दमक र बिर्तामोडका ५०–५० ओटा सफारीहरूमा फिल्मको पोस्टरहरू लगाइएका थिए । प्रचार सहयोगीहरूका अनुसार, पोस्टर देख्ने धेरै दर्शकहरूले “केटि हराएको सुचना“ भनेर झुक्किएका थिए, जसले फिल्मको नामले दर्शकमा कौतूहलता थपेको छ । पोस्टर पब्लिसिटीबाट देखिएको उत्साह र पोस्टरको अनौठो नामले फिल्मको कथामा केह
इटहरी । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न मोरङका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिनको अघिल्लो दिन विराटनगरमा अहिले छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्थानीय रुपमा उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारतिय बजारहरुबाट ल्याइने गरिएको छ । यसपटक छठ सामग्रीहरुको मुल्य अत्यधिक बढेको उपभोक्ता र व्यापारीहरुले बताएका छन् । भारतबाट नरिवल, केरा लगायतका सामग्री आयात गर्न नदिदा छठ सामग्रीहरुको मुल्य बढेको र यसका कारण उपभोक्ताहरु छिमेकी सिमावर्ती बजार जोगबनी तर्फ आकर्षित भएको व्यापारीहरुले ब
मोरङ । मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँच जना छोरीहरू र मृतककी श्रीमती टीका दशगात्र किरियामा बसेका छन् ।शाहीको कात्तिक ६ निधन भएको थियो । शाहीका पाँच छोरीहरू छन् । परम्परागत हिन्दु संस्कारअनुसार परिवारका छोरा वा पुरुष सदस्यले मात्र किरिया बस्ने चलन छ । तर, शाहीका पाँचै जना छोरीहरूले मिलेर आफ्ना पितालाई दागबत्ती दिए ।मृतक शाहीको इच्छाअनुसार नै छोरीहरूले दागबत्ती दिएर काजकिरिया गरेको टीकाले बताइन्।“बुवाले किरिया गर्ने कोही नखोज्नु आफै गर्नु भन्नुभएको थियो, त्यसैले बुबाको अन्तिम इच्छा पूरा गरिदिएका हौँ, छोरी जेनिसाले भनिन ।जेनिसा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.