इटहरी / नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू भएको छ । नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेत, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अधिवेशन उद्घाटन गर्नुभएको थियो । मिसन ८४ लाई सफल पार्न अधिवेशन आयोजना गरिएको अधिवेशनले नयाँ कार्य समिति गठन गर्ने भएको छ । बेलैमा एमालेका जनप्रतिनिधिहरूले बुद्धि पुरायएनन् भने मिसन २०८४ जित्न नसकिने कोशीका पुर्व सभामुख तथा इटहरी उपमहानगरपालिकाका पुर्व नगर
विराटनगरमा बिहीबारदेखि ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । असार १२ गते ट्राफिक सप्ताहको समापन हुनेछ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले संयुक्त रुपमा ट्राफिक सप्ताह २०८१ को शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विराटनगरमा ट्राफिक सप्ताहको शुभारम्भ गरेको हो ।कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी, नेपाल प्रहरीको कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहर
काठमाडौं । नेपाल खेलकुद महासंघको स्थायी कमिटी तीन दिन बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीबार काठमाडौं सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समापन गर्नुभयो । महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित कार्यक्रममा तालिमका सहभागीलाई ज्ञवालीले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै ज्ञवालीले वैचारिक रूपमा प्रतिबद्ध कार्यकर्ताले मात्र संगठनको कामलाई सही रूपमा अघि बढाउन सक्ने बताउनुभयो । त्यसैले प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र तलसम्म लैजानु पर्नेमा उहाँले जोड
सुनसरी / वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए ।क्लबका अध्यक्ष दुर्गानन्द दास बिक्रमको अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका बर्ष सन् २०२४-२०२५ का
सुनसरी/सुनसरीको गढी गाउँपालिकामा आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गरीएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल HEARD Nepal र एल डि एस च्यारीटिसको सँयुक्त सहयोग र गढी गाउँपालिकाको सहजिकरणमा गाउँपालिका का सात जना आगलागी पिडितहरुलाई राहत सामाग्रीहरु वितरण गरीएको हो ।राहत पाउने आगलागी पिडितहरुमा गढी २ का देव नारायण यादव त्यसैगरी गढी २ का तिर्प उराँव, गढी १ का आमप्रकाश चौधरी, गढी ३ का चना थरुनी, गढी ३ का विनय कुमार चौधरी, गढी ४ का रेवनी कुमारी मेहता र गढी ३ का शिवनाथ महतो रहेका छन् ।राहत सामाग्रीहरुमा जस्ता पाता १ बण्डल, चामल २५ केजी, दाल ५ केजी, नुन २ केजी, खान
काठमाडौं/"खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार" भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदै छ । २०८१ असार ४ गते देखि ६ गते सम्म महासंघको केन्द्रीय कार्यालय मध्य-बानेश्वरमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षता रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यता नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्ण बहा
इटहरी / मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो । त्यसैले गर्दा बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भनेर विद्यार्थीलाई ज्ञान दिनका लागि बुधबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनै पनि रोगले बिरामी भएकालाई नयाँ जीवन प्राप्त गर्ने र धर्म एवम् सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अन
सुनसरी/ अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असार ४ गते सुनसरीको इटहरीमा सामाजिक लेखा परिक्षण कार्यक्रम गरेको छ । अस्तलातका कार्यकारी प्रशासन प्रमुख प्रकास यादवको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उप प्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरीका नागरिक समाज, वुद्धिजिवि, राजनितिज्ञ, पत्रकार, जग्गादाता तथा स्थानिय सरोकारवाला निकायको उपस्थित रहेको थियो । नेपाल भरी रहेको गरिवत तथा विपन्न परिवारका अपाङ्ग बालालीकाको उपचारमा उल्लेखनी भुमिका निर्वाह गर्दै आएको काभ्रे स्थित यो अस्पतालले २०७६ सालदेखी इटहरीमा समेत सेवा दिदै आएको छ । इटहरीमा रहेको यो अस्पता
सुनसरी / इटहरी उपमहानगरपालिकाले चैत १३ गतेबाट टेङ्ग्रा करिडोर निर्माण गर्ने भन्दै खोला सफाइ अभियानसँगै सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएको थियो । स्थानियलाई डुबान मुक्त गर्न र बर्सेनि आउने बाढीबाट इटहरीमा नोक्सानी हुन नदिन खोला सफाइ अभियान चलाइएको थियो ।सम्भावित जोखिमलाई समेत ध्यान नदिई खोलालाई उत्खन्न गरे पछि इटहरी वडा नम्बर १२ १३ का खोला छेउछाउ घरहरू भत्किएपछि पिडितहरू इटहरी उपमहानगरपालिकामा आएर घेराउ गरेका थिए । टेङ्गा सफाइ अभियान गरियो तर सामान्य वर्ष पछि टेङ्गा खोलामा पानीको बाहाव बढे लगतै खोला छेउका घर बाढी आएपछि भत्किएका छन् ।जब वर्षा सुरु हुन्छ त
सुनसरी / सुनसरीका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२४ मनाएका छन् । राइट हेयर राइट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा मानव कल्याण समाज इटहरीले कार्यक्रमको आयोजना गरेको हो । सन् १९६९ जुन २८ मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले जानकारी दिए । यस कार्यक्रमले यस समुदायमाथि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.