इटहरी / इटहरीको बेदान्त हस्पिटलमा आगामी बैशाख २ गते देखि मानसिक रोगको उपचार हुने भएको छ। हस्पिटलमा थप सेवा सञ्चालनमा ल्याएको जानकारी गराउँदै बेदान्त हस्पिटलमा २०८१ बैशाख २ गते आईतबार देखि डा.सुबोध दाहालको सेवा प्राप्त गर्न सकिने अस्पतालका प्रवन्धकका इन्द्र श्रेष्ठले बताउनुभयो।श्रेष्ठले २०८१ साल वैशाख २ गते आइतबारका दिन बिहान १० बजे देखि डा.दाहालले चेकजाँच गर्ने जानकारी गराउँदै स्वास्थ्य लाभ लिन आग्रह गर्नुभएको छ ।प्रवन्ध निर्देशक श्रेष्ठले कसैको मन उदास र निराश हुन्छ, शरिरमा जाँगर, फूर्ती कम हुन्छ, छिट्टै बिर्सिर्ने समस्या छ, नकारात्मक सोच आउँछ, आत्महत्या गर्ने सोच आउँछ, निन्द्रामा समस्या
दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा एक पुरूष मृत फेला परेको छ । बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा बिहीबार बिहान एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीका प्र.नि. मोहन पोखरेलले जनाएका छन् । मृतक पुरुष दुहबी १० घर भएका अन्दाजी ३८ वर्षको रमेश हरीजन रहेको प्र.नि. पोखरेलले बताए । हरिजनको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाएको बताए ।
इटहरी / इटहरीका युवा कलाकारहरूले निर्माण गरेको नेपाली फिचर फिल्म "गाढा १७" को अगामी शनिवार विशेष प्रदर्शन हुने भएको छ । अडिमर प्रोडक्सनको फिल्म निर्माण टिमले चैत्र २४ गते शनिवार इटहरी स्थित एलाइट सिनेमा हलमा विशेष प्रदर्शन गर्ने भएको छ । इटहरी आसपासकै क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्म काठमाडौँ बाहिर निर्माण भएको एक्सन फिल्म हो । ८ लाखको लगानीमा निर्माण भएको फिल्मको अधिकांश छायाङ्कन सुनसरीका विभिन्न स्थानमा गरिएको निर्देशक रिहान लिम्बुले जानकारी दिए ।स्थानीय तथा केही राष्ट्रिय कलाकारले खेलेको फिल्मको कार्यकारी निर्माता मनिराज राई हुन भने प्रोड्युसर आश्रित चापागाईँ र सहायक निर्देशक
काठमाडौं। महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रि भगबती चौधरीले जेस्ठ नागरिक ज्येष्ठ नागरिक ज्ञान सीप र अनुभवको भण्डार र अर्ती–उपदेशका मूल स्रोत भएको बताउनु भएको छ। महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रालयमा भारतीय जेष्ठ नागरिक मंचका पदाधिकारी हरु सँग कुरा गर्दै उंहाले भन्नु भयो जेष्ठ नागरिक को दाइत्व पहिले परिवार ले लिनु पर्छ अनि तेसपछी समाजले लिनु पर्छ अनि मात्र राज्यले लिनु पर्छ। यसको मतलब राज्यले दाइत्व नलिने भन्ने हैन। आफ्ना आमा-बुबाको जिम्मेवारी पहिले आफ्नो सन्तान ( छोरा-छोरीले) लिनु पर्छ भन्ने हो।पछिल्लो समयम नेपालमा अधिकारको बहस गर्दा ज्येष्ठ नागरिकका अधिकारलाई पनि महत्वपूर्ण अधिकार
दुहबी २१ चैत्र / सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत्र २४ गते शनिबार देखि बिस्णु मा बि को खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सन्चालन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा , पथरी ११ फुट्बल क्लब मोरङ ,गोल्डेन स्टार क्लब भलुवा , बिरगन्ज युनाइटेड पर्सा , बर्दिबास नगर क्लव बर्दिबास, कस्तुरी फुट्बल क्लव लाहान ,इटहरी फुटबल क्लब सुनसरी र मेमोरी यूवा क्लब सुनसरी अायोजक सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने साथै प्रथम हुने टिमले नगद २ लाख ११ हजार सहित शिल्ड प्राप्त गर्नेछ भ
दुहबी / सुनसरीको दुहबी नगरपालीकामा परिवार नियोजनको अस्थायी साधन साइना प्रेस सेवा सञ्चालन र विस्तार सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न भएको छ। अनिच्छित गर्भ निरोधको अस्थायी साधन साइना प्रेस सेवा विस्तार तथा अभिमुखीकरण कार्यक्रममा दुहबी नगरपालीका भित्रका स्वास्थ्य संस्था, स्वस्थ्य शाखामा र अस्पतालका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।नेपालमा डिपो र संगीनी सुइँको विकल्पमा साइना प्रेस प्रयोगमा ल्याइएको हो। २०७७/७८ मा नेपालमा पहिलो चोटि पाइलट प्रोजेक्ट को रुपमा साइना प्रेस सिन्धुलि सहित दुइ जिल्लामा सुरु गरिएको थियो। २०७८/७९ मा थप मोरङ सहित ५ जिल्लामा यो कार्यक्रम लागु गरे सगै हाल २०
सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नं.६ सत्तेरझोरामा ३ महिने सिलाई कटिङ्ग सम्बन्धी सिपमुलक तालिम सँचालन गरी सहभागीहरुलाई सिलाई कटिङ्ग मेसिन वितरण गरीएको छ ।गत पौष १९ गते देखी तालिम सँचालन हुँदै आएकोमा कार्यक्रम गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाहको प्रमुख आतिथ्यता तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । तालिममा सहभागी १९ जना मध्य १३ जना लाई ३५ प्रतिशतको व्यक्तिगत लगानी र बाँकी ६५ प्रतिशत गढी गाउँपालिका को आर्थिक सहयोगमा सिलाई कटिङ्ग मेसिन वितरण गरीएको गाउँपालिकाका उद्यम शाखा प्रमुख बैजनाथ चौधरीले बताए ।“आर्थिक समृद्धिको आधार , उद
सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा यहि चैत्र २४ र २५ गते वृत्ति मार्गनिर्देश तथा रोगजार मेला आयोजना हुने भएको छ । दुहवी नगरपालिकाको आयोजनामा स्थानिय जनशक्तिलाई स्थानिय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले मेलाको आयोजना गरीएको दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले बताए । गत वर्ष झै यस वर्ष पनि यूवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्तिको खोजि र आफुले लिन चाहने सीपमुलक तालिम सम्बन्धी जनकारी लगाएत विभिन्न तालिम प्रदायक संस्थाहरु सँग प्रत्येक्ष भेट गराउने मेलाको मुख्य उद्देश्यले मेला आयोजना गरिएको पत्रक
इटहरी / नेपाली बिद्यार्थीहरूलाइ दक्षीण काेरीयाबारे उचित परामर्स सहित उनिहरूलाइ राेजगार प्रदान गर्ने उद्येश्यले इटहरीमा सामुहिक छलफल सम्पन्न भएकाे छ । पछिल्लो समय उच्चशिक्षा अध्ययनका लागि बिद्यार्थीको रोजाईमा परेको छ दक्षिण कोरिया अरु देशको तुलनामा कम लागत गुणस्तरीय शिक्षा प्राप्त गर्नुका साथै पढाइ पछि प्रदान हुने उपयुक्त कामको अवसरले नेपाली विद्यार्थीको कोरियातिर आकर्षण बढ्न थालेको भन्दै ईटहरीमा रहेका बिभिन्न कन्सलटेन्सिहरु र काठमाडौंको खुसि इन्टरनेशनल कन्सलटेन्सि एण्ड एजुकेसन सेन्टरका प्रवन्ध निर्देशक अर्जुन भट्टराई बिच छलफल भएको छ । काठमडौं पछि आफ्नो शाखा झापाको बिर्तामोडमा स
इटहरी / इटहरीमा सञ्चालनमा रहेको नेपाली जुत्ता चप्पल बिक्री केन्द्रको बम्पर उपहार इटहरीका धर्म सापकोटाले जित्नुभएको छ ।होली पर्वको अवसर पारेर उपभोक्ताका लागि बिग सेल विग अफरमा बम्पर उपहार घोषणा गरेको नेपाली जुत्ता चप्पल बिक्रि केन्द्रले लक्की ड्र गरी उपहार वितरण गरेको हो। बिक्रि केन्द्रमा उपभोक्ताले खरिद गरेका जुत्ता चप्पलको रसिदहरुको आधारमा मंगलबार लक्की ड्र गर्दा बम्पर उपहार इटहरी वडा नम्बर १७ का धर्म सापकोटालाई परेको हो। बम्पर उपहार प्राप्त गरेका सापकोटालाई नेपाली जुत्ता चप्पल बिक्री केन्द्रले बुधबार आज ५५ लिटरको एयर कुलर प्रदान गरेको हो। बिक्री केन्द्रका व्यवस्थापक चक्र बिष्टले सा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.