इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको वाणिज्य तर्फ र महिलातर्फको मतगणना सम्पन्न भएको छ । सार्वजनिक मत परिणाम अनुसार वाणिज्यतर्फ सिनेट रिजाल १,२८१ मतसहित अग्रस्थानमा निर्वाचित भएका छन् । यस्तै, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरू दुवैजना जीवन पराजुली समूहका हुन् । अध्यक्षको मतपरिणाम भने आजै राति आ
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा आइतबार मतगणना भएको थियो । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् । यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो ।होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहेका पराजुली तरहरा जेसीजअध्यक्ष नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन
नेपालका वैज्ञानिक तथा अन्वेषकहरूले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न विज्ञान र प्रविधिमा महिला र बालिकाको समान सहभागिता तथा नेतृत्वको लागि आह्वान गरेका छन् ।युनेस्को र लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र संघ (यूएन वुमन) ले आठौं अन्तर्राष्ट्रिय महिला तथा बालिका विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै वक्ताहरुले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरुको सहभागीता बढाउनु पर्ने बताए । ‘विज्ञानमा महिला र बालिकाहरूको नेतृत्व’ भन्ने शिर्षकमा बोल्दै उनीहरुले नेपालमा व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्रमा कार्यरत प्रत्येक चार पुर
सुनसरी/ युवा व्यवसायी रञ्जु सिग्देल (चौलागाईँ) इटहरीमा व्यवसाय तथा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो। युवावस्थामै उनले व्यापार र सामाजिक काममा देखाएको सक्रियताकै कारण उनी यतिखेर माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको लागि अध्यक्ष उम्मेदवार बनेकी छिन्। श्रीमानले थालेको व्यवसायलाई सहयोग गर्दा गर्दै आज कुशल व्यवसायी बनेकी सिग्देलले सामाजिक दायित्व र अभियानहरुलाई पनि सँगसँगै लगेकी छिन्। व्यवसायी बनेर आफूमात्र कमाउने वा आफ्नै लागिमात्र सोच्ने भन्दा पनि समाजको विकासको लागि के योगदान गर्न सकिन्छ भन्ने सोचका कारण उनी विभिन्न संघसंस्थाको
इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष उम्मेदवार पीताम्बर पोख्रेलले जीवन पराजुलीलाई समर्थन गर्ने भएका छन् । मङ्गलबार गरिएको पराजुली प्यानलको उम्मेदवारी घोषणा सभामा पोखरेलले समर्थन जनाएका हुन् । दुवै काँग्रेस निकट व्यवशायीहरु हुन् । पराजुलीले चुनावी प्रचारप्रसार तीव्र बनाएपनि पोख्रेलले भने अभियान थालेकै थिएनन् । पराजुलीको प्यानल समावेशी र व्यावसायिक भएकोले समर्थन गरेको पोख्रेलले बताएका छन् । पराजुलीलाई उवासंघका वर्तमान अध्यक्ष भीमबहादुर पौडेल र पूर्व अध्यक्ष टङ्कप्रसाद दुलाललगायतले समर्थन गरेका छन् । यता काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, संघका पुर्व अध्यक्ष
इटहरी । आगामी माघ २८ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा रञ्जु सिग्देल चौंलागाइंको समुहले आफ्ना १८ प्रतिबद्धता सार्वजनिक गरेको छ । एक कार्यक्रम गरी युवालाई रोजगार दिने देखि औद्योगिक ग्राम स्थापना गर्ने सम्मका प्रतिबद्धता सार्वजनिक गरेको हो ।यस्तै इटहरीको फोहोर व्यवस्थापन, कर सम्बन्धि परामर्श लगायत एजेन्डा अघि सारेको छ । सवारी पार्किङ, घर बहाल सम्झौता त्यस्तै गैह्रव्यवसायी निरुत्साहन लगायतका प्रतिबद्धता समेत समेटेको छ । यस्ता छन्, १८ प्रतिबद्धता–१. बैङ्क ब्याजदरः बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ट दबाब सिर्जना गरिन
प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका उद्योगी–व्यवसायी र व्यापारी हरूले आफ्नो पेशा मनसायबाट पलायन हुन नदिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ। शनिबार मोरङ्गको उर्लावारीमा उर्लावारी उद्योग वाणिज्य संघले आयोजना गरेको ९ दिने प्रादेशिक महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले प्रदेश सरकारले चाँडै सही निति र कानून निर्माण गरेर आर्थिक तरलता र वैदेशिक मौद्रिक नीतिलाई सुधार गर्ने बताउनभुयो । मन्त्री कार्कीले स्वदेशी उद्योगहरूलाई
सुनसरी । मानसिक, शारिरीक रोग र भोकले विच्छिप्त हुँदै सडकसम्म आइपुगेका मानवहरुको उद्दार तथा पुर्नस्थापनाका लागि काम गर्दै आइरहेको इटहरीको माया घरको व्यवस्थापन, सञ्चालन र नयाँ भवन निर्माणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सक्दो सहयोग गर्ने मन्त्री भगबती चौधरीले बताएकी छिन्। माया घर नेपालको भवन शिलान्यास गर्दै संघीय मन्त्री चौधरीले समाज, परिवारबाट विभिन्न कारणले सडकमा आइपुगेका मानवहरुको उद्दार, सेवा, उपचार र पुर्नस्थापना गर्न माया घरले गरेको योगदान अमुल्य रहेको चर्चा गर्दै मन्त्रालयले दिर्घकालिन योजना बनाएर माया घरलाई सहयोग गर्ने बताइन् । मन्त्रालयले मह
दुहवी । सुनसरीको दुहवी वडा नं. ९ स्थित छातावेलीका आगलागी पिडित परिवारलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राहत वितरण गरेकी छिन् । गृह जिल्लाको भ्रमणमा रहेकी मन्त्री चौधरीले बिहीबार आगलागी भएका घरहरुको स्थलगत निरीक्षण गर्दै पिडित परिवारलाई म्याट्रेस, फिल्टर सहित नगद सहयोग गरेकी हुन् । गत पौष २ गते छातावेली (दुई तोलिया) मा आगलागी भई त्यहाँका घर तथा धनमाल जलेर नष्ट भएको थियो । सोही बखत आफ्नो तर्फबाट सहयोग राहत प्रदान गर्ने, राज्यबाट पनि सहयोग जुटाउने प्रतिबद्धता गरेकी मन्त्री चौधरीले गृह जिल्ला गएको अवसर पारेर आगल
इटहरी । इटहरीमा तीन तले बसपार्क निर्माण हुने भएको छ ।आधुनिक बसपार्क निर्माणका लागी सम्भौता समेत गरीएको छ । १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता गरीएको हो ।इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले इटहरी बसपार्क निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहनेछ । बसपार्क निर्माण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बसपार्क ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिकाले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.