आर्थिक

    Showing १,०९१-१,१०० of १,२४६ items.
  • सप्तरीका मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

    इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई शुक्रबार मिटब्याजी तेलीलाई तत्काद पक्राउ गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २८३ पटक पढिएको
  • इटहरी ८ का वडाध्यक्ष चौधरीद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

    इटहरी । इटहरी–८ का वडाध्यक्ष रोहित चौधरीले एक जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।इटहरी–५ जनता बस्तीमा बसोबास गर्ने सुमन ढोली करीब चारवर्ष यता मृगौला पीडित भएकाले उनलाई घरैमा पुगेर वडाध्यक्ष चौधरीले आर्थिक सहयोग गरेका हुन् ।औषधि तथा खाद्यान्नका लागि वडाध्यक्ष चौधरीले नगद ८ हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् । औषधि उपचार गर्न समस्या भएकाले सहयोगको अपिल समेत गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • २०६ पटक पढिएको
  • कृषि क्षेत्रमा कालोबजारीविरुद्ध आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

    काठमाडौं । अखिल नेपाल किसान महासंघले आन्दोलनको घोषणा गरेको छ । किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै आन्दोलन को घोपणा गरेको हो । सो संघका अध्यक्ष डा. प्रेम दंगालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको जानकारी दिए ।उनले यतिवेला मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरु नकारात्मक देखिन थालेको, दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीमा चरम मूल्यबृद्धि भएको कारण अनियन्त्रित ढंगबाट महंगी बढेको, कृतिम अभाव सिर्जना भएको र महंगिले उपभोक्ता मारमा परेको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए ।    &

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १४६ पटक पढिएको
  • इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने

    नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्ट  बैंकले मेगा  बैंकसँग मर्जर हुने भएको हो । केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गरिएको थियो । उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको स्रोतले बताएको छ । यी दुईबीच मर्जर सफल भए हालसम्मकै सबै भन्दा ठूलो ब

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १३६ पटक पढिएको
  • आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • २४८ पटक पढिएको
  • एक वर्ष भित्र एम्बुलेन्स खरिद गरेर वडावासीलाई सेवा दिन्छु: वडा अध्यक्ष ढुङ्गाना

    एक वर्ष भित्रमा एम्बुलेन्स खरिद गरी जनतालाई सेवा दिने सुन्दरहरैँचा नगरपालिका ३ का वडा अध्यक्ष विदुर प्रसाद ढुङ्गानाले बताएका छन् । आज कोशी प्रेससँग कुराकानी गर्दै उनले जनतालाई सेवा दिने विषयमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले विभिन्न संघसंस्थासगँ समन्वय गरेर एम्बुलेन्स खरिद गरी वडावासीलाई  ५० प्रतिशत छुटको व्यवस्था गर्ने समेत तयारी भई हरेको जानकारी दिए ।                घरघरमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवाको सुरुवात गर्न लागिएको वडा अध्यक्ष ढुङ्गानाले बताए । यस अघिका जनप्रतिनिधिले गर्न बाँकी राखेका पुराना योजनालाई समेत उनले निरन्

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • ६७८ पटक पढिएको
  • राष्ट्र बैंकले बैंकहरूलाई साढे ४ खर्ब सापटी

    बैंकहरूसँग अहिले लगानीयोग्य रकम अभाव छ। बैंकहरूले आफ्नो रकम भरथेग गर्न राष्ट्र बैंकबाट पाउने अल्पकालीन सुविधाहरू प्रयोग गरिरहेका छन्।यस्ता विभिन्न सुविधाबापत उनीहरूले साढे चार खर्ब रूपैयाँ लिएका छन्। यो सापट रकम उनीहरूले  ढुक्कसँग चलाउन पाइरहेका छन्।यसमध्ये स्थायी तरलता सुविधाअन्तर्गत मात्र बैंकहरूले राष्ट्र बैंकबाट पाउने २ खर्ब रूपैयाँ अहिले चलाइरहेकै छन्। यो वर्ष हालसम्म स्थायी तरलता सुविधाअन्तर्गत मात्र बैंकहरूले चलाएको रकम ६७ खर्ब ६५ अर्ब पुगिसकेको छ।बैंक तथा वित्तीय संस्थालाई सरकारी ऋणपत्रको धितोमा राष्ट्र बैंकबाट ७ दिनका लागि दिइने रकमलाई

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १३७ पटक पढिएको
  • जेठमा पनि नबढ्ने भयो बैंकको ब्याज

    इटहरीः  वाणिज्य बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् ।नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मङ्गलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो । फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर बढाएका थिएनन् ।विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकाले ब्याजदर स्थिर राख्ने सहमति बनेको बताइएको छ ।यो सहमतिसँगै अब वाणिज्य बैंकहरुले जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज दिनेछन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १२८ पटक पढिएको
  • आईफोन १४ ढिलो आउनसक्ने

    एजेन्सी|  एप्पलले नयाँ फ्ल्यागशिप आईफोन सिरिज प्रायः सेप्टेम्बरमा सार्वजनिक गर्ने गर्छ । यस वर्ष पनि कम्पनीले सोही समय तोकेको थियो । तर, चीनमा कोभिड संक्रमण तीव्र रूपले बढेसँगै कथाले नयाँ मोड लिएको छ ।आजका मितिसम्म आईफोन १४ सेप्टेम्बर दोस्रो सातामा नै अपेक्षा गरिएको छ । तर, केही प्रतिवेदनले याे सिरिज सार्वजनिक हुन केही ढिलाइ हुनसक्ने अनुमान गरेका छन् । एप्पलले यस वर्ष चारवटा नयाँ आईफोन मोडेल सार्वजनिक गर्नेछ, जसमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स छन् ।प्रतिवेदनमा ढिलो हुने भनिए पनि ठ्याक्कै कहिले सार्वजनिक हाेला भन्ने खुलाइएका छैन । आईफोन १४ सिरिज सार्वजनि

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १२१ पटक पढिएको
  • सुनचाँदीसुनको भाउ १००० रुपैयाँ घट्यो, चाँदीको ३० रुपैयाँ

    विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९६ हजार ५ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]