बिभिन्न समयमा प्राकृतिक सम्पदामाथिको दोहनका विषय बाहिर आउने गरेका छन् कहिले निमाणर् कम्पनिले उत्खनन गरेका विषय त कहिले क्रसर व्यबसायिले गरेको खोला अतिक्रमण र दहनका विषय बाहिर आइरहेका बेला मोरङको केराबारीमा गाउँपालिकाकै अध्यक्ष र ठेक्का लिने ठेकेदार कम्पनि विचकै मिलेमत्तोमा खोला हदन भएको गुनासो स्थानियहरुले गरेका छन् । खोला उत्खनन सम्बव्धी सम्झौतामा उल्लेख भए भन्दा वढि खोला उत्तखन् गरेको भन्र्दै स्थानियहरुले खोला दोहन र अतिक्रमणलाई रोक्न गाउँपालिका अध्यक्षलाई अनुरोध समेत नगरेका भने होइनन् तर गाउँपालिका अध्यक्ष रोहित बरादुर कार्कीले ध्यानाकर्षण पत्र लिन नमानी कार्यकक्षमा ताला लगाएर भागेको
धनकुटा । संमृद्द नेपाल र सुखी नेपालीको सान, व्यावसायीमुलक कफी खेतीको अभियान भन्ने नाराका साथ जिल्ला कफी व्यावसायी संघ धनकुटाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।जिल्ला कफि व्यावसयाी संघ धनकुटाका जिल्ला उपाध्यक्ष गुरु प्रसाद लिम्बूको अध्यक्षता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौेहानको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सिमा राई, सचिवमा सुर्य बहादुर आठपहरिया, कोषाध्यक्षमा कोकिला भण्डारी, सदस्यहरुमा गोविन्द थापा, बाबुराम राई, मन कुमार याम्फु, राजेन्द्र कुमार ईङ्नाम, अमृता तामाङ्गलगाय
इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् । महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगर देखि जनकपुरसम्म रेल चलाइने छ ।उनले भने– फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम
सुन्दरहरैँचा / पूर्व क्षेत्रकै शिक्षाको केन्द्र सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको सभा हलमा क्याम्पस प्रमुख चन्द्रमणि राईले आ.व २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै चालु आ.व. २०७८/०७९ को लागि रु १९ करोड ७६ लाख ६८ हजार ९ सय ११ रुपैयाको अनुमानित आय–व्यव बजेट, नीति तथा कार्यक्रम, वार्षिक कार्ययोजना, आ.व. २०७७/०७८ को बाह्य लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो तस्तै कार्यक्रममा लेखा समितिका संयोजक चूडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने पुनराव
सुन्दरहरैचा : मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता चुनौती प्रतियोगिता आयोजना हुने भएको छ ।विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।नेतृत्वकर्ता रिजन दाहालका अनुसार हल्ट चुनौतीमा आफ्नो उद्धम उपायहरूले सन् २०२४ सम्म अर्थात् अबको दुई वर्
काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।आयोगले जारी गरेको सूचनाअनुसार स्थगन भएका उपसचिव वा सोसरह ९अप्राविधिक÷प्राविधिक०, शाखा अधिकृत वा सोसरह ९प्राविधिक० र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन् । न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, ह
स्मार्ट्फोन ब्राण्ड भिभोले आफ्नो नयाँ फ्लागशिप मोडल V23e 'भि ट्वान्टिथ्री इ' को सफल प्रीबुकिङ्ग पश्चात् फेब्रुअरी महिनामा भिभोटाइन मनाउने भएको छ्। भिभोले फेब्रुअरी ६ देखि १४ सम्म भिभोटाइन मनाउने भएको हो।भिभोको आक्रमक बजार बिस्तारलाई कायम राख्दै V- Series अन्तर्गतको नयाँ V23e लाई थप प्रबर्द्धन गर्न भिभोटाइन फोटोग्राफी कन्टेस्ट र डिस्काउन्ट कुपन अफर गरेको हो। भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत भिभोको फोनद्वारा खिचिएको कुनैपनी फोटो फेसबुकमा पोष्ट गरेर सबैभन्दा धेरै लाइक आउने ५ जनाले उपहार जित्न सक्नेछन् । पुरस्कारमा Ankur Sound core ब्रान्डको रु ३०
मोरङको धनपालथान गाउँपालिका–७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्या गरेर गाडेको अवस्थामा तीन जनाको शव भेटिएको घटनाले नयाँ मोड लिएको छ । मोरङमा दुई र ललितपुरमा एक जनाको हत्या गरेर गाडेको अवस्थामा प्रहरीले शव उत्खनन गरिसकेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको धनपालथान–७ उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । श्रेष्ठ र चौधरीको शव गत माघ १३ र १४ गते प्रहरीले उत्खनन गरेर खाल्डोबाट बाहिर निकालेको थियो । यही घटन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका कोषध्यक्ष नारायण सुवेदीले मन्त्रीको आडमा बदमासी गर्न थालेका छन् । कोषलाई ८५ लाखभन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्राणनाथ क्याफेका सामान रातारात गायव गराएपछि उनको कर्तुतको चर्चा चुलिएको हो।कोष सम्बद्ध स्रोतका अनुसार सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको तिलगंगास्थित प्राणनाथ क्याफे भित्र रहेका सामग्रीहरू भाडा नै नअसुली अन्यत्र सार्न दिएका छन्। नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, 'मन्त्री आलेको आतंक मच्चिएको बेला
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.