इटहरी । उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेल आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । मजदुर नेता देवेन्द्र झाका अनुसार २०८१ चैतदेखि हालसम्मको तलब भुक्तानी हुन बाँकी आठ करोड ८० लाख ५३ हजार, सञ्चय कोष दाखिला हुन बाँकी नौ करोड ५० लाख ९९ हजार १३४ र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी तीन करोड ६९ लाख ६६ हजार २२२ रुपियाँ छ । यसै गरी कर्मचारीको तीन वर्षदेखिको बिमाबापतको दाखिला हुन बाँकी छ करोड ६० लाख ८१ हजार ७४५, अतिरिक्त कामको ज्याला ७६ लाख चार हजार ३०९, बिदाको रकम एक करोड
इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियो भने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो । यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ । इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग हुनुभएको छ । मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटा गाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले ख
इटहरी । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका आर्थिक वर्ष २०८१(८२ मा आर्थिक सुशासनमा अब्बल बन्दै बेरुजु शून्य प्रतिशत बनाएको छ । अघिल्लो वर्ष बेरुजु कम गर्दै कोशी प्रदेशमा पहिलो र नेपालकै दोस्रो कम बेरुजु भएको नगरपालिकाले यस वर्ष बेरुजु प्रतिशत शून्यमा झारेको हो । नगरपालिकाको कुल एक अर्ब ६९ करोड ६३ लाख २६ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा शुन्य प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ। सोलुदुधकुण्ड नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखि स्थानीय शासनको अभ्यास गर्दै सुशासन र वित्तीय अनुशासनप्रतिको प्रतिबद
इटहरी। ताप्लेजुङका स्थानीय तहको आर्थिक वर्ष २०८१ र ८२ को बेरुजु रकम करिव स्रोह करोड रुपियाँ रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहको उक्त रकम बराबर बेरुजु रहेको पाइएको हो । एक नगरपालिका र आठ वटा गाउँपालिकासमेत जिल्लाका नौ स्थानीय तहको कुल बेरुजु १५ करोड ९९ लाख ५६ हजार रुपियाँ रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मैवाखोला गाउँपालिकाको ५.२५ प्रतिशत अर्थात चार करोड ३६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा न्युन फक्ताङ्लुङ गाउँपालिकाको बेरुजु ०.९ प्रतिशत अर्थात ८४ लाख ४१ हजार रुपियाँ
इटहरी । पाँचथरका आठ स्थानीय तहमा सात करोड ४२ लाख ६२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ ले जिल्लाका आठवटै पालिकामा खर्च तथा लेखा व्यवस्थापनमा कमजोरी औँल्याएको हो । आर्थिक वर्ष २०८१ र ८२को प्रतिवेदन अनुसार याङवरक गाउँपालिकामा प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु देखिएको छ । गाउँपालिकाको ८६ करोड ५० लाख ९० हजार रुपियाँ को लेखा परीक्षण गर्दा १ करोड ७४ लाख ५१ हजार रुपियाँ बेरुजु फेला परेको छ । यो कुल परीक्षण रकमको २।०२ प्रतिशत हो । रकमका हिसाबले भने फिदिम नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ९५ करोड ६० लाख ४२ हजार रुैियाँको लेखा परीक्
इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ र ८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ ला
इटहरी। खुम्बु पासाङल्हामु गाउँपालिकाले हालसम्म सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय राजश्व बापत कुल ५९ करोड ७८ लाख ३७ हजार तीन सय दुई रुपियाँ ७८ पैसा राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२–८३ साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा उक्त राजश्व सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा बाँडफाँट भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी शीर्षकमा सबैभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।जसमा १४ करोड ६४ लाख ४७ हजार ६ सय २५ रुपियाँ नौ पैसा सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रोमा पर्यटन शुल्क बापत १३
इटहरी । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनको
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ । किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ । किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको
इटहरी । ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन यो आयोजना सुरु गरिएको हो । बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.