आर्थिक

    Showing १४१-१५० of १,२४६ items.
  • विपद् पीडितलाई कोशी सरकारबाट ६१ लाख राहत

    इटहरी ।  कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ घटनाका पीडित परिवारलाई सो रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वैशाख १० गतेसम्मको तथ्यांक अनुसार, राहत पाउनेमा सबैभन्दा धेरै आगलागीका घटनाका पीडित छन् । ७० वटा आगलागीका घटनामा घर क्षति भएका परिवारलाई १६ लाख पाँच हजार रुपियाँ र आगलागीमा परी मृत्यु भएका दुई जनालाई एक लाख ५० हजार रुपियाँ राहत दिइएको छ । यस्तै, बाढी तथा पहिरोमा परी मृत्यु भएका ५४ जनाका परिवारलाई

    • प्रकाशित मितिः जेठ १, २०८३
    • १७५ पटक पढिएको
  • सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न

    इटहरी ।  सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक  निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो ।  भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’  र स्तरोन्नति गरिएको हो ।खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण ९कोशी० सडक योजनालाई हस्तान्तरण गरिएको हो । सेनाले  जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबह

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १२६ पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा वातावरणीय मापदण्ड उल्लङ्घन, वायु प्रदूषणले जनजीवन प्रभावित

    इटहरी। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५५० भन्दा बढी उद्योग सञ्चालन छन् तर अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायुप्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रङ्गेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ । उद्योगहरूले बिनाकुनै प्रशोधन उत्सर्जन गरिरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा छ÷छ महिनामा वायु

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १८२ पटक पढिएको
  • मोरङ रतुवामाईबाट २० लाख भारतीय रुपियाँ बरामद

    इटहरी ।  रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १५९ पटक पढिएको
  • भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद

    इटहरी । सीमापारिबाट भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद गरेको छ । प्रहरीले दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गमा विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानबाट भन्सार छलीका सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले म्याजिक भ्यान जाँच गर्ने क्रममा बिलबिजक नभएका तीन लाख पाँच हजार ९०० रुपियाँ बराबरका लत्ताकपडा तथा कस्मेटिक सामान फेला पारेको जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको तथा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १९० पटक पढिएको
  • कोशीमा एक करोड ८३ लाख क्युबिक फिट काठ उत्पादन, ११ करोड राजस्व संकलन

    इटहरी ।  कोशी प्रदेशमा वन व्यवस्थापन र काठ उत्पादनबाट यस वर्ष उल्लेख्य आम्दानी भएको छ । प्रदेशका विभिन्न वन क्षेत्रबाट संकलित काठ, गैरकाष्ठ वन पैदावार तथा वन क्षेत्रको जग्गा विकास निर्माणका लागि प्रयोग गर्न दिएबापत प्रदेश सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गरेको हो । प्राप्त तथ्याङ्कअनुसार कोशी प्रदेशमा सरकारी व्यवस्थापनमा रहेका वन, सामुदायिक, कबुलियत, निजी तथा साझेदारी वनमार्फत कुल १ करोड ८३ लाख ९३ हजार ८५६ क्युबिक फिट काठ संकलन तथा व्यवस्थापन गरिएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा निजी तथा नम्बरी वनको रहेको छ । निजी वनबाट मात्रै १ करोड ७७ लाख ८२ हजार क्युबिक फिट काठ तथा २ हजार ५०० चट्

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ११७ पटक पढिएको
  • “प्रमाणपत्र मात्रै होइन, उत्पादन र रोजगारीसँग जोडिएको शिक्षा आवश्यक छ” : सामाजिक विकास मन्त्री राम प्रसाद मेहता

    सुन्दरहरैचा / उद्योग संगठन मोरङद्वारा आयोजित ‘CIM Nepal HR Summit 2026’ उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षता तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विराटचोकस्थित  नेपालीरिका होटलमा आयोजित  सम्मेलनमा उद्योग, शिक्षा, मानव संसाधन तथा नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री मेहताले नेपालमा दक्ष जनशक्तिको अभाव अहिलेको प्रमुख चुनौती बनेको बताउनुभयो। उहाँले उद्योग क्षेत्रको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २६३ पटक पढिएको
  • प्रदूषणको चपेटामा सुनसरी–मोरङ औद्योगिक कोरिडोर, ५०० भन्दा बढी उद्योगद्वारा वातावरणीय मापदण्ड उल्लंघन

    इटहरी  । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ५५० भन्दा बढी उद्योगमध्ये अधिकांशले वातावरणीय मापदण्ड उल्लंघन गर्दा कोरिडोर क्षेत्रमा वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रंगेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था सिर्जना भएको छ । उद्योगहरूबाट विना कुनै प्रशोधन उत्सर्जन भइरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरहरूको स्वास्थ्यमासमेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • २०२ पटक पढिएको
  • नवौँ दिनमा भयो विराटनगर भन्सार कार्यालयमा जाँचपास

    इटहरी ।  विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सारविन्दुमा प्रवेश भएका मालवस्तुको हकमा अब व्यवसायीले मूल्य स्वघोषणा गर्न पाउने छन् । त्यसका आधारमा भन्सारको प्रणालीमा तथ्याङ्क प्रविष्ट हुने छ । त्यसपछि सामान छुट्ने छ । सरकारले एमआरपी घोषणाका लागि पहिले दिएको १५ दिनभित्र यसको व्यवस्थापन गर्न नसक्नेका लागि यो बाटो खुलाइएको भन्सार प्रमुख श्रेष्ठको भन

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १९६ पटक पढिएको
  • इलाममा चिया अनुसन्धान केन्द्र सञ्चालन हुने

    इटहरी । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ । केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबिच सहमति भएपछि सञ्चालन हुने भएको हो । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोडभन्दा बढी लागनीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषि मन्त्री इस्ताइल मन्सुरसहितको सहभागितामा भएको सहमतिपछि कोशी प्रदेश सरकारको उद्योग, कृषि

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]