इटहरी । नव युवा क्लब बूढीगंगा–६, सुकुचर, मोरङद्वारा आयोजित पाँचौं बूढीगंगा सुकुचर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि इटहरीको तालतलैया फुटबल क्लबले हात पारेको छ । बुधवार सम्पन्न फाइनल खेलमा तालतलैयाले चुलाचुली स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गर्दै उपाधि चुमेको हो । तालतलैयाका लागि विजय भुजेलले दुई गोल गर्दै उपाधि दिलाउन सफल हुनुभएको थियो । खेलको ३१ औँँ मिनेटमा विजयले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो भने ५२ औँ मिनेटमा पुनः अर्को गोल गर्दै जीत सुनिश्चित गर्नुभयो । उपाधि चुमेसँगै तालतलैया फुटबल क्लबले नगद एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चुलाचुली स्पोर्टिङ क्
काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२(८३ मा नेपालको आर्थिक वृद्धिदर २।१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो । गत आर्थिक वर्ष २०८१(८२ मा नेपालको आर्थिक वृद्धि दर ४।६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १।५ देखि २।६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ
इटहरी । भोजपुरका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो । परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख स्रोत बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः सबै स्थानीय तहका किसानले मौरीपालन गर्दै आएका छन् । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल
काठमाण्डौ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न झण्डै साढे १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा
इटहरी । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा वर्षापछिको बाढीका पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । क्षतिको यकिन विवरणका लागि उद्योगी–व्यवसायीका छाता संस्थाले सोमबारदेखि डुबानग्रस्त उद्योगको निरीक्षण सुरु गरेका हुन् । सुनसरी–मोरङ कोरिडोर र मोरङको कटहरी गाउँपालिकामा रहेका लगभग दुई दर्जन उद्योगमा पानी पसेर क्षति गरेको छ । उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चुडामणि भट्टराईका अनुसार बाढीबाट ५० करोड रुपियाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । त्यसको यकिन विवरण सङ्कलन भइसकेको छैन । असोज १८ र १९ गतेको वर्षापछि डुबान तथा खोलाको बाढी उद्योगभित्र पसेको हो । अहिलेसम्मको प्रा
इटहरी । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ । नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । नगरले एकै परिवारका थप सदस्यको ज्यान गएको भएमा प्रतिसदस्य थप एक लाख रुपियाँका दरले रकम प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्दै विपतका कारण विस्थापित भएका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने र आवश्यक
इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा निर्माणाधीन रंगशालाको प्याराफिट गुणस्तरहीन देखिएपछि भत्काउन निर्देशन दिइएको छ । २०८१ साल माघ ६ गते सम्झौता भई २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नेगरी १ करोड २० लाख ४० हजार ३८० रुपैयाँमा ठेक्का प्रक्रिया भएको थियो । उक्त काम इटहरीस्थित अभयचन्द्र बिल्डर्स एण्ड इन्जिनियर प्रालिले ७७ लाख ६६ हजार ६६० रुपैयाँमा हात पारेको थियो । हालसम्म ठेकेदार कम्पनीले तीन किस्तामा २४ लाख ४५ हजार २३७ रुपैयाँ भुक्तानी लिइसकेको छ । रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, प्राविधिक, कार्यपालिका सदस्य तथा स्थानीयवासीको उपस्थितिमा गरिएको अनुगमनपछि प्याराफिट कम्सल देखिएर ल्याबमा परीक्षण
इटहरी । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो । सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा फिक्कल बजारमा झापा र भारतबाट आएर हटियाको दिन ब्यापार गर्ने ब्यपारीले सञ्चालन गरेको पसलमा म्याद गुज्रिएका र लेवलिङ नभएका बस्तु जफत गरिएको अनुगमन समितिका संयोजक नवीन ढकालले जानकारी दिनुभयो । अनुगमनका क्रममा खुल्ला रुपमा बिक्रीका लागि राखिएको सुर्ती, भोला, मधु, चुरोट, मिठाई, गरम मसला, पापड, बिस्कुट, मु
इटहरी । नेपाल सरकारको बन तथा वातावरण मन्त्रालयको सहयोग र नगरपालिकाको संयोजनमा हलेसी तुवाचुङ नगरपालिकामा दुई वटा सौर्य लिफ्टिङ सिंचाइ योजनाको काम सम्पन्न भएको छ । वडा नम्बर ३ च्यास्मीटारस्थित फिर्कु खोला सोलार लिफ्टिङ सिंचाइ आयोजना २ करोड २० लाख ६६ हजार लागतमा सम्पन्न भएको छ भने वडा नम्बर ६ मंगलटारस्थित मंगलटार लिफ्टिङ सौर्य विद्युतिय सिंचाइ आयोजना ३ करोड ६ लाख ५४ हजार लागतमा सम्पन्न भएको हो । यी दुवै आयोजना गरेर जम्मा ५ करोड २७ लाख २० हजार लागत लागेको नगरपालिकाले जनाएको छ । सम्पन्न आयोजनाहरू बन तथा वातावरण मन्त्रालयका सहसचिव शिव कुमार वाग्ले र बन तथा भू–संरक्षण विभाग प्रमुख सहसचिव उद्दव
इटहरी । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.