आर्थिक

    Showing ३८१-३९० of १,२४६ items.
  • चार महिनामा ४० करोडको फलफूल आयात

    इटहरी।  पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।  अघिल्लो आर्थिक २०८१र८२ को सोही अवधिमा उक्त नाका भएर रु। २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवमा रु। १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका म

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २५९ पटक पढिएको
  • भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

    इटहरी ।  भोजपुरका किसान यो समयमा कोदो थन्क्याउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यावसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ । पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापाले बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, को

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३०१ पटक पढिएको
  • इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति

    इटहरी । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ । राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताउनुभयो । यता जिल्लाको क

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • १७६ पटक पढिएको
  • भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण

    इटहरी ।  नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर  जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उहाँले जानकारी दिनुभयो । यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • १८४ पटक पढिएको
  • भवन निर्माण रोकिँदा दोहमना प्रहरी भाडाको सटरमै

    इटहरी । कुनै समय मोरङ जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् । सय वर्ष पुरानो मोरङकै पुरानो बजार दोहमनामा रहेको तत्कालीन प्रहरी चौकीलाई २०४८ सालमा इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । पुरानो भवन जीर्ण भएपछि कोशी प्रदेश सरकारले अढाई करोडको डिपिआर निर्माण गरी भवन निर्माण प्रव्रिmया अघि बढाएको थियो तर पहिलो किस्तामा ५१ लाख रुपियाँ विनियोजन भई टेन्डरमार्फत ३७ लाख रुपियाँमा कार्यालयको जग निर्माण भइसकेको छ । नगरपालिकाले घरभाडा तिरेर प्रहरी राखिरहेको जानकारी दिँदै शान्तिसु

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २३० पटक पढिएको
  • ताप्लेजुङमा भीषण आगलागी ,चार घर पूर्ण रूपमा जलेर नष्ट

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। राति करिब ११ बजे सुरु भएको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा ल्याइयो। आगलागी कसरी सुरु भयो भन्ने प्रारम्भिक कारण खुल्न सकेको छैन । रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन्। इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौंमा पुगेको छ। मानवीय क्षति भने भएको छै

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २६४ पटक पढिएको
  • लक्ष्यको ५६ प्रतिशत मात्र राजस्व संकलन,आन्दोलन र बाढीले बिराटनगर भन्सारको आम्दानी प्रभावित

    इटहरी । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८२÷८३ को कार्तिक महिनामा लक्ष्यको करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२÷८३ को साउन महिनामा लक्ष्यको ७८ प्रतिशत, भाद्र महिनामा लक्ष्यको ८० प्रतिशत, असोज महिनामा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्तिक महिनामा ३ अर्व ५६ करोड ५८ लाख रुपैया लक्ष्य तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैया भन्सार राजस्व संकलन गरेको छ । जेनजी आन्दोलनको प्रभाव एवम् असोजमा आएको बाढी पहिरो र डुबानका कारण राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ४४४ पटक पढिएको
  • पाथीभरामा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन

    इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । लपाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि यो महिना वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • २८५ पटक पढिएको
  • खकुवाखोलामा पुल निर्माण भएपछि पुस्तौँदेखिको समस्याको अन्त्य

    इटहरी । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका षडानन्दका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो । बर्खाको समयमा खोला ठुलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताउनुभयो । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • २९२ पटक पढिएको
  • दुहवी नगरपालिका, अर्थ मन्त्रालय र भारतिय राजदुतावास बिच त्रीपक्षिय लगानी सझौतामा हस्ताक्षर

    दुहबी / दुहबी नगरपालिका–४ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैयाँ ४१ पैसा (भ्याटसहित) लगानी हुने भएको छ।सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौता (MOU) आज भारतिय राजदूतावासमा हस्तान्तरण गरिएको छ। सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादार सहभागी रहे।सम्झौता अनुसार एक हप्ताभित्र परियोजनाको ठेक्का प्रक्रिया शुरु गरिने र काम संचालनमा ल्याइने छ।नगरप्रमुख गच्छादारका अनुसार, “४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परकीय लगानी आउन लागेको हो। यो सफलता हा

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ८२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]