इटहरी। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणको कार्यलाई अन्तिम चरणमा पु(याएको छ । महानगरले बुधबार बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । महानगरका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार आगामी वर्षको बजेटको आकार चालु आवको तुलनामा घट्ने निश्चित भएको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावट र आन्तरिक राजस्व सङ्कलनको लक्ष्य भेट्न नसकिने अवस्था आएपछि महानगरले बजेटको आकार घटाउन लागेको हो । उपप्रमुख कार्कीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य र प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । बजेटको आकार घट्नुमा बाह्य र आन्तरिक दुवै कारण
इटहरी । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८ औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यव्रmममा आधारित भएर उपप्रमुख भीमादेवी खनालले सभामा बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपियाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपियाँ विनियोजन भएको छ । नगरपालिकाको मुख्य आयस्रोत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट रहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने समानीक
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा सोमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा घरको माथिल्लो तल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घरमा डेरा गरी बस्दै आएकी सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ घर भएकी मिना चापागाईको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, एक थान ल्यापटप, एक थान एलसीडी टेलिभिजन र एक थान मोबाइल जलेर करिब एक लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै घरधनी तुम्बाको घरका काठपात
इटहरी । निजी क्षेत्रको मनोबल बढाउँदै आन्तरिक उत्पादन वृद्धि गर्न उद्योगको प्रकृति र नगद प्रवाहका आधारमा चालु पुँजीकर्जा कुल कारोबारको ६० प्रतिशतसम्म पाउने स्थायी व्यवस्थाको माग उद्योगीले गरेका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याउने आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीले छुट्टाछुट्टै लिखित सुझाव दिँदै चालु पुँजी कर्जा मार्गदर्शनलाई समयानुकूल सुधार गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी, नेपाल उद्योग परिसङ्घ कोशी, मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले अलग अलग लिखित सुझाव पठाएका हुन् । यी संस्थाले नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरका निर्देशक सुमन
इटहरी । सुनसरीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा लत्ताकपडा, किराना सामान, इलेक्ट्रिक तथा मेसिनरी पार्टपुर्जा, पाउडर दूध र सुन राख्ने बट्टालगायत करिब ६ लाख ७८ हजार ६ सय ३८ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी चौकी पुष्पलालचोकले इटहरी–१० बाट १ लाख २० हजार
इटहरी । भोजपुको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ । धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब रु १२ लाख लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो । पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत ग
इटहरी । सुनसरीको दुहबी नगरपालिकाको १९ औँ नगर सभाबाट ९७ करोड ६६ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दुहबीमा सुरु भएको नगर सभामा आर्थिक वर्ष २०८३र८४ को बजेट, नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै उपप्रमुख मेनुका पोखरेल खतिवडाले कुल ९७ करोड ६६ लाख रुपियाँ बजेटसहितको नीति तथा कार्यव्रmम सार्वजनिक गर्नुभएको हो । नगर सभामा असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । गत आवको भुक्तानी गर्न बाँकी दायित्व करिब १६ करोड रहेको छ । यो बजेट गत वर्षको भन्दा करिब चार करोड रुपियाँ बढी हो । आव २०८२र८३ मा दुहबी नगरपालिकाले ९३ करोड ६५ लाख रुपियाँ बजेट सार्वजनि
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले भन्सार छलीको सामान भित्र्याएको सूचनाका आधारमा इटहरी–६ स्थित मारुती किराना र नवदुर्गा स्टोरमा सिलबन्दी गरेको छ । जिल्ला प्रशासन, भन्सार कार्यालय, राजस्व र उद्योग वाणिज्य संघ लगायतको उपस्थितिमा गरिएको गोदाम खानतलासीका क्रममा बिल–बिजक नभएका भारतीय पेय पदार्थ, तेल, बिस्कुट, चिनी लगायतका सामग्री बरामद गरिएको थियो । बरामद सामानको मूल्याङ्कन करिब ७० हजार रुपैयाँ मात्र देखिए पनि सतही अनुसन्धानका कारण थप सामान लुकाइएको आशंका गरिएको छ । अनुसन्धान टोलीले गर्मीको बहाना बनाउँदै सामान र कागजातको विस्तृत जाँच गर्न आनाकानी गरेको र मौज्दात प्रमाणित नगरेको पाइएको छ ।
इटहरी । नेपाली चिया भारतीय बजारमा जान कडाइ भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहीबारदेखि थप उद्योग बन्द भएका छन् । यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन् । टी एलाइन्स अफ नेपालमा ९टान० आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर १६ उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाममा मात्र ७९ वटा चिया उद्योग बन्द भएका छन् । यस्तै बिहीबारदेखि झापाका ३० उद्योगसमेत बन्द भएका छन् । सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीले बताएका छन् । ग
इटहरी । मोरङको बूढीगंगा गाउँपालिका–५ मा सञ्चालित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको आगलागीबाट उद्योगमा जडान गरिएका विभिन्न उपकरण तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ५ बजेतिर उद्योगको माथिल्लो तलाबाट आगो देखिएको थियो । तेल उत्पादन प्लान्टमा अत्यधिक तापक्रम बढेपछि आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राईको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.