आर्थिक

    Showing ५१-६० of १,२०४ items.
  • कोशी प्रदेशमा कानुनविपरीत अस्थायी लाइसेन्स छाप्दा ४७ लाख खर्च, सार्वजनिक लेखा समितिद्वारा छानबिन गर्ने निर्णय

    इटहरी  । कोशी प्रदेश सरकारले कानुनमै व्यवस्था नभएको अस्थायी चालक अनुमतिपत्र छपाइको नाममा प्रदेश सरकारको लाखौँ रुपियाँ खर्चिएर अनावश्यक व्ययभार थपेको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ । कोशी प्रदेश सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुँदा यो विषयले मुख्य चर्चा पाएको हो ।महालेखा परीक्षकको प्रतिवेदन अनुसार, मन्त्रालयले ४७ लाख १३ हजार रुपियाँ खर्च गरेर एक लाख ८७ हजार पाँच सय थान अस्थायी लाइसेन्स कार्ड छापेको थियो । त्यसमध्ये २१ हजार थान मात्र वितरण गरी बाँकी एक लाख ६६ हजारभन्दा बढी कार्ड कार्यालयमै थन्क्य

    • प्रकाशित मितिः असार ३, २०८३
    • १२५ पटक पढिएको
  • धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु

    इटहरी । धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणाअन्तर्गत रहेको सडकको खण्ड यतिबेला कालोपत्रेको काम सुरु भएको हो ।यहाँका स्थानीयवासीको जनश्रमदानबाट २०५७ सालमा ट्रयाक खोल्ने काम सुरु भएको थियो । ट्रयाक खोलेको करिब छब्बीस बर्षपछि बल्ल कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । विश्व बैंकको ३६ करोड रुपियाँ अनुदान सहयोगमा उक्त सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ । धनकुटा नगरपालिका –१, स्थित हिले, चोक्रोक र भिरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंग

    • प्रकाशित मितिः असार ३, २०८३
    • ११० पटक पढिएको
  • खोटाङको दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत फोक्सिङटार पुल पुनर्निर्माणका लागि जनस्तरबाट १५१ सदस्यीय समिति गठन

    इटहरी।  खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो । तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटारको पुल पुनर्निर्माण गर्न छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । बाढीले उक्त पुल बगाएपछि पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट

    • प्रकाशित मितिः असार ३, २०८३
    • १५१ पटक पढिएको
  • ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे ४६ लाख भेटी सङ्कलन

    इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे छ्यालिस लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधिमा सो भेटी रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको विवरणअनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनले दान गरेका र भेटीबापत चढाएको रकम समितिले सङ्कलन गर्ने गरेको छ ।  जेठ महिनामा सङ्कलन भएको भेटी रकम मङ्गलबार साँझ सार्वजनिक गरेको छ । भेटीबापत सङ्कलित उक्त रकम नेपाल बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिए

    • प्रकाशित मितिः असार ३, २०८३
    • १३८ पटक पढिएको
  • पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित कोशी प्रदेशको बजेट कार्यान्वयनमा जोड

    इटहरी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले सुशासन र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताउनुभएको हो । उहाले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भएपनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने समेत बताउनुभयो । लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्व

    • प्रकाशित मितिः असार २, २०८३
    • १२९ पटक पढिएको
  • कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पुँजीगत खर्चमा उच्च प्राथमिकता

    इटहरी । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४० अर्ब ४४ करोड १८ लाख रुपियाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ । चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १२।७४ प्रतिशतले ठुलो बजेट प्रस्तुत गर्दै उहाँले कोशी प्रदेश सरकारले कृषि, उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मन्त्री लिङ्थेपले प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणलाई तीव्रता दिन उत्पादनशील क्षेत्रको विकास, सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि तथ

    • प्रकाशित मितिः असार १, २०८३
    • १४० पटक पढिएको
  • राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित

    इटहरी ।  मोरङका पाँच वटा क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ । दर्ताबिना सञ्चालन भएको र मापदण्डविपरीत रहेको भन्दै प्रशासनले उद्योग बन्द गरेपछि निर्माणाधीन काँकडभिट्टा–लौकही सडकखण्डमा कालोपत्रे गर्ने तयारी अवस्थामा पुगेको झन्डै २५ किलोमिटर क्षेत्रमा काम ठप्प भएको हो । जिल्ला अनुगमन समितिले मोरङका विभिन्न क्रसर उद्योगमा छापा मारी कागजपत्र जफत गरेपछि जिल्ला समन्वय समिति मोरङले पत्र लेखेरै आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकले ती उद्योगमाथि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको दायरामा रहेका उद्योगले राजस्व छलेक

    • प्रकाशित मितिः असार १, २०८३
    • १२१ पटक पढिएको
  • कोशी सरकारले आज झण्डै ४० अर्बको बजेट ल्याउँदै

    इटहरी ।  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी गर्नुभएको हो । यद्यपि, प्रदेशसभा सचिवालयले अहिलेसम्म औपचारिक कार्यसूची भने प्रकाशन गरिसकेको छैन ।यस पटक कोशी सरकारले ४० अर्ब रुपियाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।चालु आर्थिक वर्ष २०८२÷८३ को तुलनामा झण्डै चार अर्ब ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । चालु वर्षमा सरकारले ३६ अर्ब दुई करोड रुपियाँको बजेट ल्याएको थियो । सङ्घीय सरकारको बजेटको आकार बढ्दा प्रदेश

    • प्रकाशित मितिः असार १, २०८३
    • १२२ पटक पढिएको
  • असार १ गतेबाट चिया उद्योग बन्द हुने

    इटहरी ।  भारतले चिया आयातमा कडाइ गरेपछि भारत निर्यात हुँदै गरेको नेपाली चिया सहज रुपमा जान नसकेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् ।  देश भरको चिया उद्योगीहरुको संस्था सूर्योदय टि प्रोड्युसर्स एशोसिएसन नेपालले आज एक प्रेस विज्ञप्ती जारी गरि आउँदो असार १ गते देखि चिया उद्योगहरु बन्द गर्नुपर्ने बाध्यात्म अवस्था आएको जनाएको छ । विज्ञप्तीमा भारतीय टी वोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तीमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदममै थन्किएको र नमुना प

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १६५ पटक पढिएको
  • रामधुनी नगरपालिकाद्वारा समाचारप्रति खण्डन, नगरप्रमुखमाथि लगाइएका आरोप भ्रामक भएको दाबी

    रामधुनी, सुनसरी । रामधुनी नगरपालिकाले नगरप्रमुख शंकरलाल चौधरीलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएर नगरप्रमुखले व्यक्तिगत प्रयोजनका लागि नगरपालिकाको रकम खर्च गरेको, होटल तथा भ्रमण खर्चमा अनियमितता गरेको भन्ने आशयका समाचारहरू तथ्यहीन र भ्रामक रहेको नगरप्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।नगरपालिकाका अनुसार सार्वजनिक भएका खर्चहरू नगरप्रमुखको व्यक्तिगत प्रयोजनका लागि नभई नगरपालिका तथा नगरवासीको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक, धार्

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]