धनगढी । गत ६ चैत मंगलबारका दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५, मट्यारीका २८ वर्षीय गणेश राना अरु सेवाग्राहीहरूसँगै करिब साढे १० बजेतिर कार्यालय परिसरभित्र छिरे । केही बेर पछि उनले अचानक उपमहानगरपालिका कार्यालय भवनभित्रै आफै विष सेवन गरे । गणेशले तरकारी हाल्ने ‘डेल्फिन’ नामक विषादी सेवन गरेका थिए ।के हो घटनाको शृंखला ?विष सेवन गरेका गणेशलाई तत्काल धनगढी नगर प्रहरीले उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याए । घटनापछि केही जग्गा कारोबारीहरूले “सादा पोसाकमा गएको धनगढी नगर प्रहरीको एक टोलीले गणेशलाई घरबाट ल्याएर विष सेवन गराएको आरोप” लगाए । विष सेवनकर्ता गणेश पनि जग्गा कारोबारी हुन्
इटहरी / KTM Duke 250 Gen 3 मोटरसाइकलको विशेष कार्यक्रमका बीच इटहरीमा पनि सार्वजनिक गरिएको छ । KTM Duke 250 Gen 3 मोटरसाइकल देशैभरी सोमबार दिउँसो १ बजे एकै समयमा सार्वजनिक गरिएको बालाजी अटो वल्ड इटहरी केटिएम सोरुम सञ्चालक एलेक्स पराजुलीले बताए । उनका अनुसार जेन ३ भर्जन नेपाली बजारमा सीमित अवधिको लागि मात्र ७ लाख ३९ हजार ९ सयमा उपलब्ध छ । KTM Duke 250 Gen 3 मा रेस इन्सपाइड लाइन, स्पेर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट ह्विल, हाई पर्फमेन्स ब्रेकजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाइकमा रियर मेनेशक,
सुनसरी । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो ।अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएतापनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतिहरु रहेको बताउनु भयो । ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्न
इटहरी : पछिल्लो समय विद्युतीय गाडी (इभि) को माग बढेसँगै इटहरीमा हाइलङ्ग इभिको सोरूम खुलेको छ। सहज फाइनान्सको सुविधा सहित चीनको हाइलङ्ग इभिको आधिकारिक सोरूम इटहरीमा सुरु भएको हो।एक महिनादेखि विक्री सुरु गरेको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले इटहरी-५ पचरुखी बाट कारोबार सुरु गरेको छ । कारोबारको सुरुवातमै जब्दी यातायात प्रालिलाई १० थान १४ सिटे हाइरुफ व्यवसायीक भ्यान बिक्री गरेको जानकारी दिएको छ।सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलका अनुसार हाइलङ्ग इभिमा हाइरुफ, एल्लो ह्विल, फोल्डिङ सिट लगायत अत्याधुनिक सुविधा रहेका छन् ।एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्म कुद्ने इभिमा १९० एमएम ग्राउन्ड
पाँचथर / पाँचथरको फिदिम नगरपालिकाले नगरका नागरिकलाई विद्युतीय चुल्हो वितरण सुरु गरेको छ । भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको विधुतीय चुल्हो वितरण आज फिदिम नगरपालिका ४ बाट सुरु गरेको छ । ३ हजार ८ सय रुपैंया मुल्यको उक्त चुल्हो नगरपालिकाले उपभोक्तालाई १ हजार ९ सय रुपैंयामा उपलव्ध गराएको हो । ।इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्याँसको खपत घटाउन नगर क्षेत्रका सबै वडामा विद्युतीय चुल्हो वितरण सुरु गरेको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताए ।१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा धेरै विद्युतीय चुल्होको माग वडा नम्वर
इटहरी / इटहरीमा नेपाली जुत्ता उद्योगी समुहद्वारा संचालित सामुहिक नेपाली जुत्ता बिक्री कक्ष सञ्चालन हुने भएको छ ।नेपाली जुत्ता चप्पल बिक्री कक्षमा ५० प्रतिशतसम्म छुट दिने गरी नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्ने भएको छ ।सोमबार भएको पत्रकार सम्मेलन गर्दै बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने सञ्चालक नानीराज घिमिरेले बताए ।इटहरीको पश्चिम लाइनमा रहेको म्याजिक स्टेण्ड छेउमा सञ्चालनमा रहेको महोत्सव मङ्गलवार सकिनेछ भने सोही स्थानमा बिक्री कक्
इटहरी । सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तिन दिने कोपोमिस तालिम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका सहकारी शाखाको आयोजनामा इटहरी क्षेत्रमा रहेका सहकारीहरुलाई लक्षित गरी प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तालिम सम्पन्न भएको हो । इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको अध्यक्षता तथा कार्यपालिका सदस्य भिमाकुमारी तुम्वाहाम्फेको प्रमुख आथित्यमा तालिम समापन गरिइको हो। तालिममा इटहरी क्षेत्रका वि
इटहरी । रेडिमेट कपडा तथा जुत्ता चप्पल व्यवसायी संघ इटहरी एक औपचारिक कार्यक्रमको आयोजना गरिी ८औं साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष विनोद चोछेको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलको प्रमुख आथित्यमा साधारण सभा आयोजना गरिएको हो । इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएका दुई जनालाई संघलाई सहयोग गरेको भन्दै प्रशंषा पत्रले सम्मान गरियो ।सम्मानित हुनेहरुमा विदुर थापा र प्रदिप बस्नेत रहेका छन । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती लगायतले सम्मान गरेका थिए ।कार्यक्रममा संघका अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार
इटहरी / इटहरी प्रथम जुत्ता–चप्पल व्यापार महोत्सव २०८० हुने भएको छ। ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही २०८० फागुन ११ गते देखि चैत २५ गतेसम्म हुने जुत्ता चप्पल महोत्सव ३५ दिनका लागि चल्नेछ । शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालि काठमाडौँको आयोजनामा इटहरी पस्चिम लाइनमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको आयोजक समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसन का नि वर्तमान अध्यक्ष नानि राज घिमिरे ले बताए। बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ ड
इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने जनाएको छ । क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिएका छन् ।सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.