इटहरी : इटहरी उपमहानगरपालिकाले मङ्सिर १४ गते बिहीबार टोल विकाश संस्थाको बचत तथा ऋण सम्बन्धमा सूचना जारी गर्दै पत्राचार गर्यो । टोल विकास संस्थाले बचत तथा ऋणको काम गरेको भन्दै सो रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने उपमहानगरको आदेश छ ।तेह्रौँ नगर सभाबाट पारित बजेट नीति तथा कार्यक्रममा टोल विकाश संस्थामा सङ्कलित रकम फिर्ता गराउने उल्लेख गरिएको छ । सोही बमोजिम आगामी आर्थिक वर्षदेखि बैङ्क तथा वित्तीय संस्थाले गर्ने बचत तथा ऋणको कारोबार टोल विकाश संस्थाले गर्न नपाउने नीति अवलम्बन गरिएको बताउँदै उपमहानगरले प्रतिबन्ध लगाएको हो ।टोल विकास सम्बन्धी इटहरी उपमहानगरपालिकाले छुट्टै ऐन कार्यान्वयनमा
इटहरी । शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीले जीवन विमा अभिकर्ताहरुका लागि सञ्चालित चार दिने तालिम समापन भएको हो । विमा लेख , विमा ऐन लगायतका विमासंग सम्वन्धीत विभिन्न विषयवस्तुहरुका विषयमा सहजिकरण गरिएको तालिम समापन भएको हो ।तालिममा शलिको सगरमाथा लम्बिनी इन्सुरेन्सका मानव संशाधन प्रमुख शशीधर शर्मा लगायतले सहजिकरण गरेका थिए । तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका ३६जना विमा अभिकर्ताहरुको सहभागिता रहेको शलिको इन्सुरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए । इटहरीमा प्रदेश स्तरीय विमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुदै आएका छन ।
इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ । इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् । नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ । मङ्सिर २४गते संसदीय दलको बैठ
इटहरी/ मालिका बचत तथा ऋण सहकारीले १३औँ साधारणसभा सम्पन्न गरेको छ ।इटहरी स्थित गंगा जमुना पार्टी प्यालेसमा आयोजिक कार्यक्रम मालिका बचत तथा ऋण सहकारीका अध्यक्ष नबिन गिरी को सभापतित्व तथा इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य साथै इटहरी उपमहानगरपालिका सहकारी साखा प्रमुख बाल कुमार पोख्रेल र जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष गंगा दाहाल को विशेष आतिथ्यमा सहकारीको साधारणसभा गरिएको हो । कार्यक्रम सन्चालन सस्थाका सचिब कपिल घिमिरेले गरेका थिए । कार्यक्रममा अतिथिहरु अडिटर दुर्गा प्रसाद पोखरेल, अभियन्ता टोल बिकास सस्थाका अध्यक्ष गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थि
इटहरी । टिभिएस बाइकको एक्स्चेन्ज मेला कार्तिक १९ देखि २५ गतेसम्म सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्समा लागेको हो ।एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ ।२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने कम्पनीले
सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र ५ भरौल सेवा केन्द्र कालाबन्जर मा सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड २३ औं साधारण सभा सम्पन्न भएको छ । सेवा बचत तथा ऋण सहकारी संस्था सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका , धरान उपमहानगरपालिका , दुहबी नगरपालिका , रामधुनी नगरपालिका , बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिका लगाएत अन्य १ बुढिगङगा गाउँपालिका लाई समास्ठि गराइ यश अन्तर्गत इटहरि , भरौल , झुम्का , धरान र प्रकासपुर सेवा केन्द्रहरु मा आफ्नो सेवा दिई रहेकोे छ । सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना रहेको साधारण सभा भरौल रेडक्रस भवन कालाबन्जर को सभाहलमा संचालन गर
सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ औं साधारण सभाबाट अध्यक्षमा पुन बद्री कुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन । बुढाथोकी जिल्ला सहकारी संघका सुनसरीका सदस्य पनि हुन् । १४ औं साधारण सभाबाट सर्बसम्मत रुपमा अध्यक्ष बद्री कुमार बुढाथोकी, उपाध्यक्ष पदमा भने निर्वाचन हुने भएको छ । त्यस्तै सचीवमा रुपनारायण दाहाल , कोसाध्यक्ष्यमा पुस्कर राज पाण्डे सदस्यमा क्रमशः कृष्ण बहादुर बिष्ट , चक्रमाणी अधिकारी ,राजेन्द्र बानिया , उमा कार्की राउत, भिम बिष्ट , मिना कट्वल दिपेन्द्र गोहित र लेखा समिति&nbs
मिलन अधिकारीसंखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ । मादीमा संखुवासभा कै स्वादिलो सुन्तोला फल्ने गरेको छ । सुन्तलालाई नगरपालीका द्वारा, सुन्तोला खेती गर्ने कृषकलाई व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै, आएको छ । मादी नगरपालीकाका वडा नं. ४,५,६ मा सुन्तोला व्यावसायिक खेती गर्ने गरिन्छ । समय समयमा मादी नगरपालीकाले सुन्तला खेतीलाई प्रोत्साहन गर्ने विभिन्न प्रकाएका तालीम सञ्चालन गर्दै आएको छ । मादी नगरपालिकाको वडा नं ६ धन्सार सुन्तला उत्पादक व्यावसायिक कृषक लक्ष्मी बहादुर पौडेलको बगैचामा बोट न
सुनसरी / तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ । घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्ड अनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए । ‘परम्परा र संस्कृतिसँग जोडिएका कुराहरु पनि छन्,
इटहरी । देशकै सर्वउत्कृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई सकेको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २८ औं स्थापना विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकोे छ । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान,पुरस्कृत,सास्कृतीक कार्यक्रमका साथै संस्था स्थापनाको २८ वर्ष प्रवेश गरेको अवसरमा केक काटेर मनाएको हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.