इनरुवा/ प्रजातन्त्र दिवसको अवसर पारेर ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव प्रदेश १’ सुनसरी सदरमुकाम इनरुवामा आइतबारबाट सुरुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदिको प्रमुख आतिथ्यता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सभापतित्वमा औपचारिक कार्यक्रम गरि सुभारम्भ गरिएमो हो । औपचारिक कार्यक्रमअघि भगवती स्कुलदेखि महोत्सव स्थल शान्ति चोक सम्म विभिन्न जातजातिको झाकी सहितको र्याली गरिएको थियो । महोत्सवको समुद्घाटन कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुरु भएको महोत्सव आयोजकले इनरुवाको स्थाप
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ । महोत्सवको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गरिन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले आयोजकले महोत्सवको आयोजना गरेर बचत भएको रकम सामुदायिक विद्यालयका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य राख्नु सह्रानीय भएको बताइन् ।नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नवराज चापागाईँले व्यवसायीबीच सम्बन्ध बढाउन यस्ता महोत्सवको भूमिका उल्लेखनीय हुने उल्लेख गरे । आफूलाई अप्ठ्यारो नपर्ने गरी उद्योग वाणिज्य संघले पनि महोत्सवलाई सहयोग गर्ने उद्य
काठमाडौं। स्वदेशी उत्पादनलाई आधुनिकीकरण गर्दै निर्यातमुखी बनाएर आयातलाई विस्थापन गर्नुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । ‘आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा बस्तु प्रदर्शनी–२०७९’ को भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी छालाजुत्ता उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन क्वालिटी बढाउन पनि अनुरोध गरिन् । धरासायी हुँदै गएको अर्थतन्त्रलाई गतिशिल बनाउन तथा मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनहरु बढाउनु पर्नेमा जोड दिँदै मन्त्री चौधरीले उद्यो
इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ ।नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं.१ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुन लागेको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रत
सुनसरी । लघुवित्त क्षेत्रमा विद्यमान वेथितीहरु सुधार्न जरुरी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताएकी छिन् । लघुवित्त संस्थाहरुले सिद्धान्त र नियम भन्दा बाहिर रहेर काम गर्नाले ठूलो संकट आइरहेको प्रति सजग गराउँदै लघुवित्तकर्मी समेत रहेकी मन्त्री चौधरीले नेपालमा जनसंख्याको अनुपातमा धेरै लघुवित्त संस्थाहरु रहेको पनि औल्याइन् ।आइतबार बिराटनगरमा प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले भनिन्, ‘हाम्रो जनसंख्याको अनुपातमा धेरै लघुवित्तहरु भए, २५ देखि ३० वटा अथवा २० वटा लघुवित्तहरु भए हामीलाई पुग्छ । नयाँ रणनीतिको खाँचो छ ।’ मन्त्री चौधर
बराहक्षेत्र / मानवता , सेवा , धर्म र कर्तव्यकाे पालन गर्दै विद्यार्थी बिरामीको उपचारकालागि सहयोग जुटाउन थालेका छन्। बराहक्षेत्र नगरपालिका वार्ड नं ५ कलबन्जारमा बसोबास गर्दै आएका कक्षा १२ मा अध्यान गर्दै आएका वर्ष १९ का रञ्जिता धामीका एक मात्र छोरा आरेमन धामीकाे टाउकोमा रगत जमेर विराटनगर न्युरो अस्पतालमा उपचार हुँदैछ र अझै घाँटीमा नि समस्या देखिएकाले उपचार गर्नु पर्ने डाक्टरले बताएका छन् । लाखौं रुपैयाँ खर्च भै सककाे र ३,४ लाख रुपैयाँ थप लाग्ने भएको छ, घरको आर्थिक अवस्था कमजोर र निम्न भएको हुनाले मुन बिमका विद्यार्थीहरु मिली स्कूल/ कलेजबाट सहयोग उठाउँदै परिवारलाई सहयोग गर्दै छन्।ज. डे. ज माव
सहकारी वृत्तमा हाम्रो किसान, समृद्ध समाज एउटै अभियान भन्ने मुल नाराका साथ प्रदेश नम्बर १ मै उत्कृष्ट पहिचान बनाएको सहकारी किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवाहरुको मन जित्दै गएको छ । युवाहरु लाई सहकारी संस्थाको मुलधारमा ल्याउन, सहकारी चेतना जागृत गर्न, युवा सक्रियता बढाउन र सामाजिक उत्तरदायीत्व बहन गर्न सिकाउने उद्देश्यका साथ संस्थाको शाखाहरुमा युवा क्लब गठन गर्ने क्रम चलिरहेको छ । मंगलबार संस्थाको बराहक्षेत्र न.पा.स्थित बाङ्गे शाखामा पनि ११ सदस्यीय युवा क्लब गठन भएको छ । जसको अध्यक्षमा बराहक्षेत्रका सक्रिय युवा
इटहरी : लघुबित्त संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आक्रोश व्यक्त गरेका छन् ।सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् ।प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट भेला भएका पीडितहरूले इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका छन् ।करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् ।‘लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।लघुबित्तले ऋण लिएबापत सेवा शुल्क भन्दै बढी रकम लिने, ब्या
ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतम सवारी नियम उल्लंघन गर्दा कानुनअनुसरकै जरिवाना लिने सहमति भएको बताए । ३ पुसयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो । ऐनको दफ
दुहवी/ ज्येष्ठ नागरिकलाई उचित स्याहार सुसार गर्दै जीवन यापनका लागि सहज वातावरण तयार गर्न छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था ऐनमै उल्लेख गर्न प्रस्ताव गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । सुनसरीको दुहवी नगरपालिका वडा नं. १२ मा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अब प्रत्येक छोराछोरीले आम्दानीको १० प्रतिशत आफ्ना आमाबुबाको लागि छुट्याउनु पर्ने बताइन् । छोराछोरीलाई आमाबाबुप्रति जिम्मेवार बनाउन सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ संशोधन गरी नयाँ व्यवस्था गर्न लागेसँगै आम्दानीको निश्चित प्रतिशत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.