इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतीका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्न सफल दुई विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । एथ्लेटिक्सतर्फ तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गर्ने १२ वर्षीया सुस्मिता राई र लङजम्पकी स्वर्ण पदक विजेता सुस्मिता गुरुङलाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको उप्रेतीले जानकारी दिनुभयो । प्रति
इटहरी । ताप्लेजुङमा सम्पन्न जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । विभिन्न ५५ वटा पदक जित्दै सोमबार सम्पन्न प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको हो ।आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार यहाँका आठ वटा स्थानीय तहलाई पछि पार्दै मैवाखोला गाउँपालिका प्रथम भएको हो । मैवाखोलाले जितेको विभिन्न खेल विधाका ५५ पदकमध्ये २३ वटा स्वर्ण पदक रहेको छ । बाँकी २० वटा रजत र १२ वटा कास्य पदक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश० ले जानकारी दिनुभयो ।समिति अध्यक्ष लिम्बूका अनुसार १३ स्वर्ण पदक, १३ रजत र २१ कास्य
इटहरी । पोखराको लालीगुराँस एसोसिएसन धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै लालीगुराँसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । धरान रंगशालामा सोमबार सम्पन्न खेलको निर्धारित ९० मिनेट तथा थप १५ मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि मुख्य रेफ्री मनिष अधिकारीले खेलको निर्णय ट्राइबेकरमार्फत लिएका थिए । ट्राइबेकरमा लालीगुराँसका लागि राम थापा, आशिष गुरुङ, टिकराज गुरुङ, सुदीप गुरुङ र अब्दुल युसुफ हाउलेले गोल गरे । धरान फुटबल क्लबक
इटहरी । ताप्लेजुङमा जारी जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिकाले अग्रता लिएको छ । शनिबारसम्ममा विभिन्न विधामा १७ वटा स्वर्ण पदक जित्दै प्रतियोगितामा मैवाखोलाले अग्रता बनाएको हो । जिल्लाका नौ स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा अग्रता लिएको मैवाखोलाले शनिबारसम्ममा विभिन्न खेल विधामा १७ स्वर्ण, पाँच रजत र सात कास्य गरी २९ वटा पदक जितिसकेको छ । हालसम्म फुङ्लिङ नगरपालिका चार स्वर्ण, छ रजत र ११ वटा कास्यसहित २१ पदकमा जित निकाल्दै दोस्रो स्थानमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसा
इटहरी। २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँले न्युरोड टिम ९एनआरटी० लाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । धरान रङ्गशालामा शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले ४३औँ मिनेटमा केबेले गोल गर्दै टोलीलाई अग्रता दिनुभएको थियो । दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको प्लानिङ ब्वाइज युनाइटेडले ८६औँ मिनेटमा श्याम मुरमुरको गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेको हो । खेलमा प्लानिङ ब्वाइज युनाइटेडका गोलरक्षक योगेश धिमाल ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । उहाँले १० हज
इटहरी । ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखुमा शुक्रबारदेखि सुरु भएको हो ।सिदिङ्वा गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री मेन्याङ्बोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भविश्यका खेलाडी उत्पादन गर्ने आधारशिला भएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी अर्थात बालबा
इटहरी । मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौं संकरण आजशनिबारबाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।आयोजक झापा गोल्डकपले पत्रकार सम्मेलनको आयोजना गर्र्दै प्रतियोगिताको तयारी पूरा गरिएको जानकारी दिएको हो । आज हुने उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।प्रतियोगिताका लागि खेलमैदान र १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक समितिका अध्यक्ष केदार गिरीले बताउँनुभयो । खेलमैदानमा दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको छ । शुक्रबार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको हो । माघ २३ गते शुक्रबारदेखि माघ २६ गते सोमबारसम्म स्थानीय बिदा दिने गरी कार्यपालिकाको निर्णय रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । खेलको दर्शन र सहभागिता समेतलाई आधार मानेर स्थानीय बिदा प्रदान गरिएको पालिकाले जनाएको छ । २४ गते शनिबार बिदा परेकाले स्थानीय बिदा तीन दिन मात्र हुनेछ । जिल्ला खेलकुद विकास समिति आयोजक भएपनि प्रतियोगिताको सम्पूर्ण संयोजन सिदिङ्वा ग
इटहरी । वराहक्षेत्र नगरपालिकामा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक , संस्थागत तथा धार्मिक माध्यमिक तहका बिद्यालयको सहभागिता रहेको छ । बिहिबारबाट सुरु प्रतियोगिताको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउ
सुनसरी । नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिने सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ यही क्षेत्र सधै चर्चामा आउने गरेको छ ।सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बिजयी भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेर उदाएका थिए ।काग्रेसका डा खलिल आजाद यश क्षेत्रबाट निर्वाचित भएर २०४८ सालकाे पहिलो आम निर्वाचन पछि बसेकाे प्रतिनिधिसभा बैठककाे सभामुख बन्न पुगे। उनका छाेरा जमिल आजाद यसपटक काग्रेसकाे समानुपातिक उम्मेदवार रहेका छन । गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञाने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.