खेलकुद

    Showing २११-२२० of ७७१ items.
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: गाईघाट युनाइटेड उदयपुर सेमिफाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ  ।आज गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले १ गोल गरि, बराबरी बनाए  ।निर्धारित समय भर खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट गाईघाट युनाइटेड उदय

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४०७ पटक पढिएको
  • ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

    इटहरी। ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ । यो सँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । लिम्बूहरूको महान चाड चासोक तङ्नाम ९न्वागी पूजा० २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा ७औँ मिनेटमा मेरिङदेन गाउँपालिकाका अनुष्का शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ३८औँ मिनेटमा मेरिङ्देनकै अनुष्काले फेरी दोस्रो गोल गर्दै टिमलाई दोब्बरमा पुर्‍याउनुभयो । खेलको ७०औं मिनेटमा स

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • २२८ पटक पढिएको
  • एनि गछिया गोल्डकपमा आज उदयपुर र झापा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) मैदान विच खेल हुँदै छ   । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो ३ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनि

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४०४ पटक पढिएको
  • अरुण गाउँपालिकामा मंसिर १८ गतेदेखि पहिलो अध्यक्ष कप भलिबल प्रतियोगिता हुने , प्रथम पुरस्कार २ लाख ६६ हजार ६ सय ६६

    भोजपुर | भोजपुरको अरुण गाउँपालिका, प्याउलीमा ‘प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८२’ हुने भएको छ। मंसिर १८ गते देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन प्याउलीस्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा बिहान १ बजे गरिने भएको हो । अरुण गाउँपालिकाले आयोजना हुने प्रतियोगिता खेलकुद मार्फत युवाहरूलाई प्रेरित गर्ने, स्थानीय समाजमा एकता र उत्साह जगाउने उद्देश्यले गरिएको बताइएको छ।कार्यक्रममा अरुणवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूको गौरवपूर्ण उपस्थितिका बीच भलिबल प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको थियो। खेल प्रेमी दर्शकहरूको उत्साहपू

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३९४ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२ आयोजक सेमिफाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी  । सुन्दर हरैचा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रणमा सम्पन्न एनि प्रथम गछिया गोल्डकप–२०८२ को दोस्रो खेलमा आयोजक गछिया युवा समाजले ७–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा लिनेण्ड फुटबल क्लबले कुनै गोल गर्न सकेन । खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष दिवश  प्रधान उपस्थित हुनुहुन्थ्यो । खेलको पहिलो हाफमा, १२ औँ मिनेटमा जर्सी नम्बर ९ प्रदीप बुढाथोकीले अग्रता दिलाए । १९ औँ मिनेटमा जर्सी नम्बर ८ सन्तोष क्षेत्रीले टिमको दोस्रो गोल थपे । पहिलो हाफमा लिनेण्ड क्लबले गोल गर्ने प्रयास गरे पनि सफल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ४१३ पटक पढिएको
  • प्रथम गछिया गोल्डकप–२०८२ आज(आयोजक र लिनेण्ड फुटबल क्लब भारत विच हुने

     इटहरी । सुन्दर हरैचा गछिया युवा समाजको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज गछिया युवा समाज र लिनेण्ड फुटबल क्लब भारत बीचको  खेल दिउँसो  ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता टोलीलाई दुई लाख एक हजार, उपविजेतालाई  एक लाख एक हजार, ‘म्यान अफ द सिरिज’लाई पच्चिस हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही एघार पुरस्कार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई पाँच हजार एक सय प्रदान गरिने छ । साथै, खेलको अवधीमाअ  सुन्दरहरैचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ जना नागरिकलाई व्हिलचेयर प्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ३८० पटक पढिएको
  • कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा फुङ्लिङ, याङ्वरक र मैवाखोला सेमिफाइनलमा प्रवेश

    इटहरी ।  ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत सोमबार, आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् । सोमबार भएको खेलमा फक्ताङ्लुङ गाउँपालिकालाई ३–० गोलले पराजित गर्दैैै फुङ्लिङ नगरपालिका सेमिफाइनलमा  प्रवेश गरेको हो । यस्तै, आइतबार पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिबेणी गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा सिरि

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • १९८ पटक पढिएको
  • सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक

    इटहरी। आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सदरमुकाम शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू लगायतले खेल तालिका सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गरिएको सिरिजङ्गा गोल्डकपको खेल तालिका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लब र इलामको रेडहर्ष फुटबल क्लबबिच उद्घाटन खेल हुने छ। दोस्रो खेल न्युस्ट

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २९८ पटक पढिएको
  • गोल्डकप विजेतालाई अलैँची पुरस्कार

    इटहरी । दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो । विजेता टीम गणेश चोकले नगद तीन लाख दुई हजार ८२ रुपियाँ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको ९२ हजार रुपियाँ रहेको थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको आयोजक फङ्फङ्देन झरना पर्यटन विक

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३३२ पटक पढिएको
  • नेसनल प्याब्सन मोरङको जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न

    सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङले जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाभरिका १८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रम नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईको अध्यक्षतामा सुरु गरिएको थियो भने नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेको थियो ।प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थी (जुनियर समूह) र कक्षा ६ देखि १० सम्मका विद्यार्थी (सिनियर समूह) गरी दुई समूहमा विभाजित थियो। जुनियर समूहमा १३, र

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ४१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]