इटहरी । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट
इटहरी, कार्तिक २२ । वंगलादेशमा भएको छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियन कुमुते (फाइट) प्रतियोगितामा नेपालका तर्फबाट सहभागी कोशी प्रदेश इटहरी र सुन्दर हरैचाका सात जनाले उपाधि जितेका छन् । अक्टोम्बर ९ गतेदेखि दुई दिनसम्म चलेको प्रतिस्पर्धामा नेपालबाट सहभागी भएका नौं जनामध्ये सात जनाले स्वर्ण पदक हात परेका हुन भने दुई जनाले रजत उपाधि हात परेका हुन् । उपाधि हात परेका खेलाडीहरुलाई शनिबार इटहरी स्थानीय खेलप्रेेमी, व्यवसायी तथा सञ्चारकर्मी द्वारा सम्मान समेत गरियो । उपाधि विजेता खेलाडी कक्षा ५ देखि माथि विद्यालय तहमा अध्ययनरत छात्रछात्रा हुन् । सो क्रममा छ देशका सहभागीमध्ये ठूलो सफलता ह
इटहरी । झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो । कात्तिक २४ सम्म शिवसताक्षीस्थित दूधे रङ्गशालामा गोल्डकप हुने लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । रङ्गशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी,
इटहरी । ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई
इटहरी । फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा दुबै टोलीले वर्षातका बावजुद सशक्त प्रदर्शन गरे पनि खेलको निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एकमात्र गोल टोलीको निर्णायक बनेको थियो । विजेता कुम्मायक गाउँपालिकाले नगद एक लाख एक सय ७३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले नगद
पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायक गाउँपालिकाले जितेको छ । विहिवार सम्पन्न फाईनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै उपाधी जितेको हो ।१–० गोलको झिनो अन्तरले कुम्मायकले उपाधी जितेको हो । दोश्रो हाफको अन्तिम समयमा सुदिप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।विजेता टिमले १ लाख १ सय ७३ रुपैँया नगद र ट्रफि पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा कुम्मायक गाउँ पालिकाका वेष्ट किपर रोचक लावती,वेष्ट डिफ
इटहरी । पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ हुने भएको छ । उक्त प्रतियोगिताको औपचारिक घोषणा हरियाली सामुदायिक वनको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत गरिएको हो । पत्रकार सम्मेलनमा आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय क्लबहरू प्रतियोगितामा सहभागि बन्ने बताउनुभयो । उहाँका अनुसार उद्घाटन खेलमा सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पु
पाँचथर | फिदिममा जारी आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार सम्पन्न दुवै खेलमा हिलिहाङ गाउँपालिका र घरेलु टोली फिदिम नगरपालिका विजयी भएका छन्।पहिलो खेलमा हिलिहाङ गाउँपालिकाले साविक विजेता तुम्बेवा गाउँपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण जमाएको हिलिहाङले तीव्र आक्रमणका साथ अग्रता लिएको थियो। पहिलो हाफमै दुई गोल गर्दै हिलिहाङले खेलमा दबदबा कायम गर्यो।हिटेन सुहाङ र नवराज माझीले समान दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने निरोज लिङदेनले एक गोल थपेका थिए। तुम्बेवा गाउँपालिका साविकका विजेता भए पनि
इटहरी । भोजपुरको हलेदेटारमा प्रथम पटक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यु ई वा युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता आइतबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले जिल्लाकै होचो भुभागमा आयोजित प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्नुका साथै अन्तर जिल्लाका खेलाडीहरु बीच सामिप्यता कायम राख्ने बताउनु भयो । हतुवागढी गाउँपालिका वडा नम्बर ९ स्थित हलेदेटार खेलमैदानमा हुने उक्त प्रतियोगितामा आयोजक सहित २६ समुहको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन
इटहरी । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा गर्ने तयारी भएको छ । झापा महिला गोल्डकप आयोजक मूल समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्याराफिटमा कुर्सी जडान लगायतका कार्यहरू भएका छन् । दुधे रङ्गशालालाई सम्याउने लगायत आकर्षक बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो । कम्तिमा १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.