सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित
विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ ।विराटनगरमा सोमबारदेखि सुरू भएको गोल्डकपको पहिलो खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा पाहुना टोलीमाथि आयोजकले संघर्षपूर्ण जित निकालेको छ ।आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।खेलको ३४ मिनेटमा कोलकाताले
इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको टोलीले जितेको छ । विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथरको टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक–एक गोल थप्दै झापाको जित सुनिश्चित गर्नु भएको थियो । प्रतियोगिताको फाईनल खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी मन
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ । कुञ्जारी स्पोर्टिङ क्लब सिकैँचालाई सोझो सेटमा हराउँदै आम्बेगुदिनले उपाधि जितेको हो । आम्बेगुदिनले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ को अङ्कसहित जित निकालेको हो । उपाधि जितसँगै आम्बेगुदिनले १० हजार ५०० रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको कुञ्जारीले पाँच हजार रुपियाँ र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । सहिद सप्ताहको अवसरमा नेकपा ९माओवादी केन्द्र० वडा कमिटी सिकैँचाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजेता र उपविजेत
मिलन अधिकारीज. ब. क्या. इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । शुक्रबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन कार्यक्रमको अध्यक्ष्ता ‘स्ववियु अध्यक्ष सहदेव काफ्लेको रहेको थियो भने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुले विधार्थीको प्रयोगात्मक कार्य र क्षमता अबिवृद्धी गराउन विभिन्न काम गर्दै आएको
इटहरी । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधी जितेको हो । सुनसरीको भोक्राहा स्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रमक अर्धशतकिय इनिङमा ८ बिकेट गुमाउदै प्रतियोगिताकै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो । आक्रमक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार पारी खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । ३४ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ५ चौकाको मदतमा ५३ रन बनाए
इटहरी । हरिनगर गाउँपालिका भुटाहामा पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । हरिनगर स्पोट्र्स क्लबको आयोजना तथा नेपाल खेलकुद महासङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा मोरङ र सुनसरीका आठवटा पालिकाको टिम सहभागी भएका थिए । हरिनगर स्पोट्र्स क्लबका अध्यक्ष मेराज अन्सारीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । फाइनल खेलमा सुनसरी समाज कल्याण इनरुवा र तुफान फुटबल क्लब भोक्राहा सुनसरी बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय सम्म खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा सुनसरी समाज कल्याण इनरुवाले तुफान
इटहरी । अल्टिट्युड क्लबको आयोजनामा सुनसरीको रामधुनी नगरपालिका–७, पञ्चायन खेलमैदानमा जारी दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगितामा तालतलैया फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बेतना युनाइटेड मोरङ र तालतलैया फुटबल क्लबबीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा सकिएपछि, तालतलैयाले पेनाल्टी सुटआउटमा जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पशुराम बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरूलाई विकसित मुलुकमा जस्तै सम्मानित जीवन जिउनका लागि आवश्यक सेवा–सुविधा प्रदान गर्न प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्ड
इटहरी । इटहरी २० तरहरामा यही फागुन २४ गते शनिबार दोस्रो तरहरा ‘१० के रन’ आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताबारे जानकारी दिइएको हो । दौड प्रतियोगितामा दुई हजार दुई सय धावक, धाविकाहरू सहभागी हुने बताइएको छ । कोशी प्रदेश सहित र खासगरी भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायतबाट धावक, धाविकाहरू सहभागी हुने तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए । उनका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ । जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारस
इटहरी । झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १(१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.