इटहरी । विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खे
इटहरी । मोरङको बुल्स ११ र चुलाचुली झापा खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा शीत्तलपाटी फुटवल क्लबलाई २–१ गेलले हराउँदै बुल्स ११ सेमिफाइनलमा पुगेको हो । बुल्सका तर्फबाट रोशनकुमार माझीले दोस्रो हाफको ७ औं मिनेटमा र ३० औं मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीत्तलपाटीका तर्फबाट पहिलो हाफको ३० औं मिनेटमा विजय भूजेलले गोल गरेका थिए । शनिबारको अर्को खेलमा एड्भान्सको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा बसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । ३० औं मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी बनाए । दोस्रो हाफको ११ औं मिनेटमा तीर
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित प्रतिष्ठित फुटबल प्रतियोगिता मुन्दुम कप २०८१ को उपाधि हिले फुटबल एशोसिएशन, धनकुटाले जितेको छ। फाइनल खेलमा धनकुटाको टोलीले नयाँ श्रीनाप गण भोजपुरलाई हराउँदै उपाधि जितेको हो । उपाधि जितेसँगै हिले फुटबल एशोसिएशनले नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।फाइनलमा पराजित श्री नयाँ श्रीनाप गण भोजपुरले उपविजेताको स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार जित्यो। यसैगरी, सेमिफाइनलसम्म पुगेका टोलीहरू भोजपुरको कोदार फुटबल क्लब र सुनसरीको सिर्जनशील युवा क्लब, दुहबीले समान दश-दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।यो प्रतियोगिता टेम्केमैयुङ गाउँप
इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ ले शनिवार आपगाछिदेखि हलगडासम्मको क्षेत्रलाई फोहोर मुक्त बनाउन बृहत् सरसफाइ गरेको छ ।यो अभियानले स्थानीय समुदायको सहभागितामा क्षेत्रको सौन्दर्य बढाउनुका साथै सफा र हराभरा इटहरी बनाउने लक्ष्य राखेको छ । इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को नेतृत्वमा कार्यक्रममा कोशी राजमार्गको इटहरीको आपगाछि देखि हलगडा सम्म इटहरी युथ ओपन क्यु, विभिन्न संघसंस्था, आमा समूह, युथ क्लब र स्थानीय टोलवासीहरूको उल्लेखनीय योगदानमा सरसफाइ गरिएको थियो । आगामी दिनमा पनि सरसफाइ कार्यक्रम निरन्तरता हुन आवश्यक रहेको इटहरी युथ ओपन क्यु की स्काउटर मास्टर पुष्पा क
भोजपुर | नेपाल तरुण दल अरुण गाउँ कार्यसमितिको आयोजनामा यहीँ २४ देखि २६ गतेसम्म अरुण गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।नेपाल तरुण दलका सभापति ललित कुमार राईका अनुसार, फुटबल प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित दिइनेछ भने दोस्रो पुरस्कार रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क मात्र रु.१ तोकिएको छ, र पुस २२ गते, दिउँसो १ बजे सम्म दर्ता गर्नुपर्नेछ।साथै, पुस २६ गते सांगीतिक साझ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय कलाकारहरू गायक धिरज राई, गा
संखुवासभा । मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “खेलकुद, कला, संस्कार र संस्कृति, हामी सबैको साझा नाराका साथ आयोजना गरिने यस मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका वडा स्तरीय पुरुष भलिबल र नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् । मेलाका प्रतियोगिताहरूमा विजयी हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पुरुष फुटबलतर्फ प्रथम स्थान प्राप्त टोलीलाई नगद रु. ६१,१६१ ट्रफीसहित, दोस्रो स्थानलाई नगद रु. ४१,१४१ ट्रफीसहित र तेस्रो स्थानलाई नगद रु.
तेह्रथुम | कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले आज तेह्रथुम पुगेर जिल्ला स्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो।बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल मैदान र रंगशाला , निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम तथा निरीक्षण गरेको खेलकुद विकास बोर्डका कार्यालयका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो।त्यस्तै , जिल्ला खेलकु
इटहरी – कोशी प्रदेशमा क्रिकेटको माहोल तात्दैछ। e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिप अन्तर्गत कोशी प्रदेश छनोट प्रतियोगिता पुस १५ र १६ गते इटहरीमा आयोजना हुँदैछ। HypeYeti Events को व्यवस्थापनमा हुने यस प्रतियोगितामा क्षेत्रका उत्कृष्ट ६ कलेजले राष्ट्रिय फाइनलमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिता नेपाल डीभीएम ग्लोबल एकेडेमी स्कूल को मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। यो T10 ढाँचामा खेलाइनेछ, जसले तीव्र र रोमाञ्चक खेल अनुभव प्रदान गर्नेछ भने राष्ट्रिय फाइनल T20 ढाँचामा हुनेछ।e-Planet का क्षेत्रीय प्रमुख सूर्यप्रसाद चाम्लागाईंले यो प्रतियोगिता नेपाली क्रिकेट सं
विराटनगर - राष्ट्रिय तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा र कोशी प्रदेश तेक्वान्दो संघको सहकार्यमा विराटनगरस्थित सहिद रंगशालामा दुई दिने ६ नेशन्ल तेक्वान्दो केरोगि रेफरी सेमिनार र ५ नेशन्ल तेक्वन्दो केरोगि रेफरी रिफ्रेस कोष तथा ४ नेशन्ल तेक्वान्दो पुम्से रेफरी सेमिनार र ३ नेशन्ल तेक्वन्दो पुम्से रेफरी रिफ्रेस कोष सव्य रूपमा सम्पन्न भएको छ। माघ १२ र १३ गतेसम्म सञ्चालन भएको यो कार्यक्रममा २५ जना प्रशिक्षित रेफरीहरूले सहभागिता जनाएका थिए।कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष महेश्वर फुयालले तेक्वान्दो खेललाई व्यवस्थित, व्यावसायिक, र
इटहरी | इटहरीको डिभिएम स्कुलको खेल मैदानमा सम्पन्न प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि शिक्षादीप एकेडेमीले जितेको छ। फाइनल खेलमा सुषमा सेकेन्डरी स्कुललाई सहजै पराजित गर्दै शिक्षादीपले उपाधि आफ्नो पक्षमा पारेको हो।फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको सुषमा सेकेन्डरी स्कुलले १० ओभरमा १०५ रन बनायो। १०६ रनको लक्ष्य पछ्याउने क्रममा शिक्षादीपका प्रमुल बस्नेत र अपर्ण अधिकारीले अविजित ४९-४९ रन बनाए। ५.१ ओभरमै लक्ष्य पूरा गर्दै शिक्षादीपले खेल जित्यो। तीन विकेट लिँदै ४९ रन बनाएका अपर्ण अधिकारी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।तेस्रो स्थानमा सारदा माध्यमिक विद्यालय खनारले कब्जा जमायो। सा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.