इटहरी / अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण चैत्र १० गतेदेखी हुने भएको छ । आयोजक राष्टिय जागृती क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी चैत्र १० गतेदेखी १९ गतेसम्म रात्रीकालीन समयमा सञ्चालन गरिने जानकारी गराएको हो । एक सातासम्म चल्ने गोल्डकपमा दुई भारतीय र नेपालका ८ गरी १० टिमको सहभागिता रहनेछ ।इटहरी रंगशालामा हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गर
बिर्तामोड / नेकपा एमालेको शहीद सप्ताह समापनको दिन पारेर आयोजना गरिएको केपी ओली रोड रेस २०८० लाई सम्बोधन गर्न सुखानी आउनुभएका नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले खेलकुदको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नेपाल महासंघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयदेखि विश्वविद्यालयसम्म र गल्लीबाट चोकचोकसम्म खेलाडी उत्पादन र खेल जीवनको भविष्यको लक्ष्य बनाएर अघि बढिएको बताउनुभएको छ।केन्द्रीय अध्यक्ष बस्नेतले स्वस्थ जीवनको लागि र भएकोले खेल जीवनबाट नै युवाहरूको भविष्य सुनिश्चित गर्न लागि परेको बताउनुभयो ।बिर्तामोडको चारपाने चोकबाट सुरु भएको १
नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आज सम्पन्न गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधी पूरुष तर्फ दिनेश कुमार यादव र महिला तर्फको उपाधी राममाया बुडाले जीत्नु भएको छ ।झापाको चारपाने चोकबाट इलाम र झापाको संगम स्थल सुखानी शहिद पार्क सम्म(१०) किलोमिटर दुरीको दौडमा यादव र बुडाले उपाधी जीत्नु भएको हो ।बिजेता बन्नु भएका दुवैजनाले जनहि ५१ हजार हजार रुपैँया नगद , मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।यादवले ५१ मिनेट २३ सेकेण्ड ७ मिलीसकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै बिजेता बन्नु भएको हो भने महिला तर्फकी बिजेता बुडाले ५९ मिनेटमा दुरी पार गर्नु भएको थियो ।यसै गरी पूरुष तर्फ सन्दिप बस्ने
इटहरी / इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा फागुन २६ गते देखि चैत्र ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" मुख्य नारामा सहित इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा एक भारतीय सहित ९ टिमको सहभागीता रहने भएका छन् ।८ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ६१ हजार रुपैया पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद २ हजार ५ सय र बिधागत उत्कृष्टले ३
त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन क्लब आर्मीले चाैथाे पाँचथर गाेल्डकप प्रतियाेगिताकाे फाइनलमा पाँचथर क्लबलाई शनिबार ४-२ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।पाँचथरको मैदानमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०७४ सालमा भएको दशैं फाल्गुनन्द गोल्डकपमा उपबिजेता बनेको आर्मी ६ वर्ष पछि फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । फिदिम माबिको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामा, पदम तामाङ र सन्तोष केसि गोल गरे । आर्मीको जितमा कप्तान दिपकुमार लामाले २ गोल गरे ।३१ औं मिनेटमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका पदम तामा
फागुन २१ गते सुखानी दिवसका दिन आयोजना हुन लागेको केपि औली रोड रेसमा सहभागी हुन चाहनेले अनलाईनबाट समेत नाम दर्ता गराउन मिल्ने भएको बताइएको छ ।नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आयोजना गरेको यो प्रतियोगितामा अनलाईनबाट नाम दर्ता गर्नकालागि माई पे नामक मोवाईल एप्समा गएर फर्म भर्न सकिने प्रतियोगिताका आयोजक एवान केसीले जानकारी दिनु भयो ।‘यो एप्स मार्फत दर्ता भएका सबैको विवरण महासघंको सचिवालयले हेर्न गरिको सिस्टम बनाइएकोले एप्स मार्फतनै पनि नाम दर्ता गराउन सकिने छ । ’ उहाँले बताउनु भयो ।सहिद सप्ताहको अवसर पारेर महासघंले आयोजना गरेको यो प्रतियोगितामा झापाको चारपाने देखी इलाम र झापाको संगम स्थल सु
संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने भएको छ । प्रतियोगिता आगामी चैत्र ९ देखि ११ गतेसम्म मादी नगरको कवर्डहलमा हुने भएको छ । प्रतियोगितामा व्याडमिन्टनका चार इभेन्ट समावेश गरेर एनबिए र बिए डब्लुएफको नियमानुसार खेलाउने आयोजले बताएको छ । मादी नगरपालिकाको १३ औं नगरसभाले आ.व. २०८०)०८१ को विनियोजन ऐनमा १० लाख वजेट विनियोजन गरि यो प्रतियोगिताको तेश्रो संस्करण आयोजना गर्ने गरि निर्णय गरेर अघि बढेको थियो । मादी नगरपालिकालाई भ
पाँचथर । त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भारतको हिल्स फुटबल एकेडेमीलाई मंलबार १-० ले हराउँदै आर्मी ११ अन्तिम चारमा पुगेको हो । आर्मीको जित सँगै प्रतियोगितको सेमिफाइनल समिकरण पुरा भएको छ । पाँचथर क्लब, झापा ११, बागमती युथ क्लब यस अघिनै अन्तिम चारमा पुगेका छन् । आर्मीले फाइनल प्रबेशको लागी बिहिबार झापा ११को सामना गर्ने छ ।दोश्रो रोजाइका खेलाडी लिएर उत्रेको आर्मी खर्साङ्गे टोलीलाई हराएको थियो । दिशान्त राईले ४७ औं मिनेटमा गरेको गोल खेलको निणर्ायक बन्यो । दिप लामाको क्रसमा दिशान्त वानटच गोल गरेका थिए । खेलमा पछि परेपछि गोल फर्काउने अवस
इटहरी / इटहरीको दोस्रो वडा कप फुटबलको इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ ।“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरू भएको वडा कप फुटबल प्रतियोगिताको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ।इटहरी वडा नम्बर ५ र इटहरी वटा नम्बर १ बिच भएको प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा ५ नंम्बर वडालाई ५- ६ गोल ले हराउदै १ नम्बर वडा इटहरी-१ आपगाछीमा दोस्रो वडा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।विजेता टिम इटहरी वडा नम्बर १ ले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडण पाएको
संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोशी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.