मोरङ / सुन्दरहरैचाको सुबिजीमुर स्कूलले प्याब्सन कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि उचालेको छ । बिहीबार मोरङको सुन्दरहरैँचास्थित दुर्गादेवि कवर्ड हल सलकपुरमा प्याब्सन कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा पथरीशनिश्चरे ०२ को रेडस्टार माविले प्याब्सन कोशी प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको हो। रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको मौलिक “ मुन्डा“ नृत्य मोरङ जिल्लामा समेत दोस्रो स्थान हासिल गरी प्रदेश स्तरीय नृत्य प्रतियोगिताका लागि छनोट भएको थियो। निजी तथा आवासीय संस्थागत विद्यालयहरुको छाता संगठन
इटहरी / इटहरी १७ मा माघ २ गतेदेखि सुरू भएको प्रथम वडा अध्यक्ष क्रिकेट टुर्नामेन्टको विजेता फुलबारी क्रिकेट क्लब इनरुवा भएकोे छ । सगरमाथा युवा क्वल इटहरी १७ को आयोजनामा स्थानीय खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्य सहित सुरू भएको फाइनल खेल फुलबारी क्रिकेट क्लब इनरुवा भर्सेस स्टन बुलेट क्रिकेट क्लब दुहबी बिच खेल भएको थियोे । खेलको बिजेता इनरुवाले २५ हजार नगद हात पारर्योे भने उपविजेता टिम दुहबीले १५ हजार नगदमा चित्त वुझाएको हो । खेलको म्यानअफ दह म्याज इनरूवाका खेलाडी सोनु मण्डलले ५२ बलमा १ सय ७ रन जोड्दै म्यान अफ दह म्याच भएका हुन् । टस जितेर ब्याटिङ गरेको इनरुवाले २० ओभरमा १७५ रनक
इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त क्रियाकलाप समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सुरू भएको पहिलो दिन उद्घाटन खेलमा प्राध्यापक भर्सेस पुर्व स्ववियु पदाधिकारी र हालका स्ववियु समिती बिच डोरी तान खेल भएको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुका सभापति सहदेव काफ्लेको अध्यक्षतामा उद्घाटन भएको खेलको उद्घाटन समाहरोमा बोल्दैे
इटहरी / इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले हात पारेको छ । शनिबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुमेको थियो ।बिटिएफसीका लागि खेलको २२ औँ मिनेटमा शिशिर लेखीको पासमा ज्ञानेन्द्र भण्डारीले हेडिङ मार्फत १ गोल गर्दै टिमका लागि खाता खोल्न सफल भएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको बिटिएफसीले दोस्रो हाफ पछि थप ३ गोल गर्न सफल भएको थियो भने, सिधुँवाका भुवन बस्नेतले दोस्रो
सुनसरी l खेलकुद महासङ्घ सुनसरीको इनरूवा नगर अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ इनरूवा वडा नं ७ कमिटी गठन भएको छ ।प्रथम सम्मेलनले गणेश सर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । बुधबार इनरूवा ७ चाँदबेलामा भएको कार्यक्रममा सर्माको नेतृत्वमा उपाध्यक्ष अतिस कुमार सिंह सचिव बिसाल खवास, सह सचिव भवानी खवास कोसाध्यक्ष संजय चौधरी सदस्यहरु नबिन चौधरी, साजन चौधरी, हर्ष रुबिन मिया आलम लगायत १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।प्रतिनिधि सभा सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोष
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा आयोजित बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती माध्यमिक बिद्यालय छथर गाउँपालिका पाँच ओख्रे प्रथम भएको छ । प्रतियोगितामा सहभागी ९ वटा बिद्यालयलाई पछि पार्दै भगवती प्रथम भएको हो । ८ स्वर्ण,९ रजत १ कास्य सहित भगवती माध्यमिक बिद्यालय प्रथम भए सँगै पालिका कप हात पारेको छ । त्यस्तै सरस्वती माध्यमिक बिद्यालय छथर गाउँपालिका २ ८ स्वर्ण,४ रजत र १ कास्य सहित दोश्रो भएको थियो । मचिन्द्र माध्यमिक बिद्यालय छथर ६ ले ४ स्वर्ण १ रजत र ६ कास्य प्रास्त गर्दै तेश्रो भएको थियोे ।विजयी बिद्यालय तथा प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाई गाउँपालिका अ
इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० सञ्चालन हुदैछ ।हिसान स्कुल सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा आज इटहरीको बुढा सुब्बा खेलमैदानमा फुटबल प्रतियोगिताको खेलमा सुस्मा कलेज , सिबि कलेज, इटहरी नमुना कलेज , कस्तुरी कलेजका विद्यार्थीको सहभागीमा फुटबल प्रतियोगिता भएको हो ।स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिता पुर्वान्चल सेकेण्डरी स्कुल तरहरामा, बास्केटबल सुस्मा सेकेण्डरी स्कुल इटहरीमा, टेबल टेनिस, ब्याटमिन्टन, एथलेटिक्स इटहरी रंगशालामा हुने भएको छ ।कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भ
इटहरी २ को महेन्द्र माध्यामिक विद्यालयको खेलकुद सप्ताह कार्यक्रम २०८० सम्पन्न भएको छ । विभिन्न खेलकुदहरू सञ्चालन गरी प्रमुख अतिथि वडा अध्यक्ष माधव कोइराला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घिमिरे तथा पदाधिकारीहरु, अभिभाबकहरुको उपस्थितिमा खेलकुद सप्ताह कार्यक्रम २०८० समापन तथा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न गरिएको छ ।
इटहरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० माघ १४ गते आइतबार देखि सुरु हुदैछ।पत्रकार सम्मेलनमा नेपाल हिसानका केन्द्रिय सदस्य मुकुन्द घिमिरे, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की महासचिव कोबिद कार्की लगायतको उपस्थिति रहेको थियो ।हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस, नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए। पहिलो दिन हिसान रन आयोजना गरेर १० औं स्पोर्ट मिट सुरु हुने स्पोर्ट मिट संयोजक सुवास लुइटेलले बताए । स्प
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको आयोजना गरिएको छ । मंगलबारबाट पकली माध्यमिक विद्यालयको खेल मैदानमा सगरमाथा युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले ब्याटिङ गर्दै खेलको उद्घाटन गरे । वडा नं. १७ आगामी दिनमा पनि खेल क्षेत्रमा सक्दो सहयोग गर्न आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष आचार्यले बताए ।युवाहरूलाई खेल क्षेत्रमा स्थापित गराउनका निम्ति प्रथम क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजकका अध्यक्ष मो. इसराफिल हुसेनले बताए । उद्घाटन खेलमा इनरुवा क्रिकेट क्लव इनरुवा र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.