इटहरी । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।
इटहरी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटर फाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको सम
एजेन्सी । विश्वकप फुटबलका ६४ मध्ये ३२ खेल सकिएको छ। आज समूह चरणका अन्तिम खेल सुरु हुनेछन्। समूह चरणका १६ खेलपछि नकआउटमा पुग्ने सबै टोलीको टुंगो लाग्ने छ। अहिलेसम्म सबै टोलीले दुई दुई खेल खेलेका छन्। अब एक एक खेल खेलेपछि कतार पुगेका १६ टोली घर फर्किँदा बाँकी १६ टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। हरेक समूहका विजेता र उपविजेता नकआउटमा पुग्दा तालिकाको अन्तिममा रहने दुई टोली बाहिरिने छन्। अहिलेसम्म कुन समूहमा कुन टोलीको अवस्था कस्तो छ? समूह एसमूह ए का तीन टोलिको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी छ। यो समूहमा रहेको आयोजक कतार एक खेलअघि नै बाहिरिने निश्चित भएको छ। अंक तालिका
एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ मा आज समूह चरणका चार खेल हुँदैछ । समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच पहिलो खेल हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । दोस्रो खेलमा समूह एच मा रहेको दक्षिण कोरिया र घाना बीच हुनेछ । यो खेल पौने ७ बजे सुरुहुनेछ । पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा छ । ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेल पनि आजैछ । समूह जी मा रहेको ब्राजिल र स्विट्ज
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (आइतबार) चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ ।उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो ।त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खे
इटहरी । साफ यू–१५ महिला च्याम्पियासिपको उपाधि नेपालले जितेको छ । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको हो । शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् । यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो
इटहरी । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले २–१ गोल अन्तरले जित हासिल गरेको थियो । फाइनल भीडन्त पक्का गरेको उसले उपाधिका लागि धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मंगलबार राजारानी र सहलेसबीच प्रतिस्पर्धा हुने
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समयको निकै चर्चित नाम हो। सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आइपीएल) टोली दिल्ली क्यापिटल्स (दिल्ली डेयर डेभिल्स) मा अनुबन्ध भएपछि उनको चर्चा अन्तर्राष्ट्रिय क्रिकेटमा चुलिएको थियो।आईपीएलबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा पाइला राखेका सन्दीपले त्यसयता पछाडि फर्किनुपरेको थिएन।तर, गत भदौ महिनामा केन्या भ्रमण सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज पुगेका समय उनीमाथि गम्भीर आरोप लाग्यो। क्यारेबियन प्रिमियर लिगको जमैका तलावाजमा आवद्ध उनीमाथि १७ वर्षीया नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोप लाग्यो। त्यसपछि सन्दीपले बीचमै लिग छाडेर हिँड्नुपरेक
इटहरी । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन हुने छ ।डाँगीहाट युथ क्लबले आयोजना गरेको गोल्डकपको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्ने छन् । उद्घाटन खेलमा पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापाबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता छ ।
युवा समाजसेवी बाबुराम थापाले गृह जिल्ला तेह्रथुममा निर्माणाधिन खेल मैदानको लागि नगद १ लाख ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।दशैं तथा दिपावलीको अवसरमा स्थानीय नव ज्योति स्पोर्टिङ क्लबद्वारा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको समापन कार्यक्रममा सहयोग घोषणा गरेका हुन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका उपमहासचिव समेत रहेका थापाले सम्पन्न खेलको प्रथम पुरस्कार प्रायोजन गरेका थिए । सानैदेखि खेलकुदमा रुचि राख्ने थापाले यस अघि पनि विभिन्न खेल प्रतियोगिताहरुमा नगद पुरस्कार प्रायोजन गर्दै आएका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.