काठमाडौं । नेपाली फिल्ममा एक्सन र मनोरञ्जनलाई केन्द्रमा राखिएको बहुप्रतीक्षित फिल्म आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। फिल्मका निर्माता, निर्देशक तथा मुख्य अभिनेता निखिल उप्रेतीले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेका हुन्।ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको ट्रेलर तीव्र द्वन्द्व, आकर्षक भिजुअल र एक्सनले भरिपूर्ण छ। ट्रेलरमा समावेश संवाद तथा दृश्यहरूले फिल्म बदला, द्वन्द्व र एक्सनको कथावस्तुमा आधारित रहेको संकेत गर्छ।ट्रेलरमा ‘तू तबाही है, मैं विनाशक हूँ’ र ‘नो रिभाइभ, नो अन, सिर्फ एक्सन’ जस्ता संवाद समावेश छन्। निखिल उप्
इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरी–पचरुखीस्थित थारु बसघरामा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिलाको सहभागिता रहेको थियो। यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने त्यसमध्ये २२ जना छनोट भएका हुन्।कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहनारायण चौधरी प्रमुख अतिथि रहनुभएको
इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित 'आरोमा बाई ओसियन रेस्टुरेन्ट'मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छ
इटहरी / 'The Face of Beautician 2026' ले सौन्दर्य व्यवसायमा कार्यरत महिला ब्युटिसियनहरूको प्रतिभा, आत्मविश्वास र व्यवसायिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरीमा आयोजना गर्ने भएको छ । प्रतियोगिता केवल सौन्दर्य प्रतिस्पर्धा नभई ब्युटिसियनहरूको सीप, नेतृत्व, व्यक्तित्व विकास र व्यवसायिक पहिचान स्थापित गर्ने साझा मञ्च हुने र अडिसनबाट छनोट गरिएका २०–२५ जना प्रतियोगीलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति, ब्रान्डिङ, फोटोसुट तथा कन्टेन्ट निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ। प्रतियोगितामार्फत ब्युटिसियनहरूलाई सम्मान, महिला सशक्तीकरण, सौन्दर्य व्यवसायको प्रवर्द्धन तथा नेपालकै ब्
इटहरी — इटहरी उद्योग वाणिज्य संघको सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यले साना तथा मझौला व्यवसायीको सशक्तीकरण बिना बजार चलायमान हुन नसक्ने बताएकी छन्।आगामी असार २७ गते हुने निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीमा उनले अहिले बजार मन्दी, घट्दो कारोबार, उच्च बैंक ब्याजदर, करसम्बन्धी जटिलता र लगानीमा अनिश्चितता व्यवसायीका मुख्य समस्या रहेको उल्लेख गरिन्। यी चुनौती समाधानका लागि स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ।निर्वाचित भए व्यवसायीका समस्या सुन्ने, संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने, साना तथा मझौला व्यवसायील
इटहरी । संगीत प्रतिभालाई प्रोत्साहन गर्दै आकर्षक यात्रा उपहार प्रदान गर्ने उद्देश्यले स्मार्ट सजिलो ट्राभल्स एण्ड टुरले ‘अनलाइन सिङ्गिङ कम्पिटिसन २०८३’ आयोजना गर्ने भएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपाली गीत गाएर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गरी आफ्नो नाम र फोन नम्बर सहित ह्वाट्सएपमार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ। साथै, सहभागीहरूले स्मार्ट सजिलो ट्राभल्सको आधिकारिक फेसबुक पेजलाई अनिवार्य रूपमा लाइक वा फलो गरेको हुनुपर्नेछ।प्राप्त भिडियोहरू कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिनेछन्। प्रकाशित भिडियोमा प्राप्त लाइक, कमेन्ट र सेयरको आधारमा विजेता छनोट गरिने आयोजकले ज
इटहरी । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्क
इटहरी । कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा रहेको ’क्यूएफएक्स सिनेफ्लेक्स’ नयाँ व्यवस्थापन, आकर्षक सजावट र उच्च गुणस्तरका साथ औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । करिब १४ महिना अघिको आगलागीपछि आवश्यक मर्मत, प्रविधिगत स्तरोन्नति र केही महिनाको परीक्षण प्रसारण पश्चात चलचित्र ’मितज्यू’को प्रिमियर शो सँगै हलको औपचारिक ’री–ओपनिङ’ गरिएको हो । जेठ ७ गते आयोजित उक्त विशेष प्रिमियर समारोहमा सुनसरीका चलचित्र पत्रकारहरू, स्थानीय पाहुनाहरूका साथै क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुराग
इटहरी । चलचित्र विकास बोर्डबाट इजाजत प्राप्त गरिसकेको नयाँ नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोग नगर्न कडा चेतावनी दिएका छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस लेख्दै उनले विश्वास र आत्मीयताका आधारमा आफूले सुनाएको कथावस्तु चोरी भए कानुनी मार्ग अपनाउने घोषणा गरेका हुन् । निर्देशक रितेशका अनुसार फिल्मको लेखन कालमा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यहरूका बारेमा छलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । हाल ती साथीहरू आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यश
इटहरी । शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कासँग भिड्दै रिलिज भएका हुन् । ‘काजी’ र ‘मितज्यू’ एकसाथ रिलिज हुनुलाई फिल्म क्षेत्रमा ‘स्टार वार’ का रूपमा हेरिएको छ । किनभने यी दुई फिल्ममार्फत पछिल्लो समयका ठूला स्टारहरू विपिन कार्की एकातिर तथा दयाहाङ राई र सौगात मल्ल अर्कोतिर भएर एक–अर्कासँग भिड्दैछन् । यद्यपि, देशभरका फिल्म हलहरूमा यी दुवै फिल्मले मात्र एकल कब्जा जमाउन भने पाएका छैनन् । काजी’ भर्सटाइल अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म हो । ‘क्लासिक लभस्टोरी’ बताइएको य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.