ईटहरी/ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को अफिसियल पोस्टर एकैसाथ देशभरका आठ ठूला सहरमा सार्वजनिक गरिएको छ, जसअन्तर्गत कोशी प्रदेशको इटहरीमा विशेष समारोहसहित पोष्टर अनावरण गरिएको हो । इटहरीको ईलाइट सिनेमा हलको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका तीन ठूला पोस्टरहरू एकैपटक पर्दा उघारेर सार्वजनिक गरियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठ सहभागी थिए । उनीहरूकै हातबाट औपचारिक रूपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर अनावरण पश्चात वडाध्यक्ष पोख्रेलले फिल्म टिमलाई सफल
सुनसरी | नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। फरक ढंगले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरिएको हो।हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौ
इटहरी | इटहरीमा पहिलो पटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता समापन भएको छ ।नेपाल तरुण दल, इटहरी उपमहा- नगर समितिको आयोजनामा भएको प्रतियोगिताको अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको प्रमुख आथित्यतामा गरिएको थियोे ।प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका आकाश अधिकारीलाई नगद १ लाख रुपैयाँ, द्वितीय रोहन श्रेष्ठलाई ४० हजार रुपैयाँ र तृतीय आयुश विक्रम शाहलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको वेभिषण राईले सान्त्वना पुरस्कार पाए । प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए ।युवाहरूलाई संगठनमा आबद्
इटहरी | इटहरीमा पहिलो पटक सुरू भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिताको दोस्रो दिन सेमिफाइनल र फाइनलमा १० जना प्रवेश गरेका छन् । नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा मंगलबार देखि इटहरीको क्लब के मा सूरू भएको प्रतियोगिताको दोस्रो दिन नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सुर्य राईको प्रमुख आतिथ्यतामा भएको हो ।प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए । छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीहरूबीच अन्तिम प्रतिस्पर्धा असार २१ गते हुने छ । प्रतियोगिताका
इटहरी | पूर्वी नेपालका युवामाझ लोकप्रिय बन्दै गएको खेल 'आर्म रेस्लिङ'लाई औपचारिकता दिँदै नेपाल तरुण दल इटहरी नगर समितिले पहिलोपटक इटहरीमा भव्य ‘आर्म रेस्लिङ किंग इटहरी’ प्रतियोगिता सुरू गरेको छ। प्रतियोगिता मंगलबार (असार १७) देखि इटहरीको प्रतिष्ठित खेलस्थल क्लब के मा सुरु भएको हो।कार्यक्रमको उद्घाटन नेपाल तरुण दल इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता र नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।प्रतियोगिताका विजेताले नगद रु. १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु. ४० हजार र तेस्रो हुनेले
इटहरी | नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै इटहरीमा पहिलोपटक यहीँ असार १७ गतेदेखि आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता हुने भएको छ।इटहरी कै इतिहासमा हुने यो प्रतियोगिता आगामी दिनहरूमा इटहरीमा भव्य रूपमा सञ्चालन हुने छ, इटहरीको क्लब के मा यहीँ असार १७ गते देखि हुने आर्म रेस्लिङ खेलप्रेमीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।विजेताले रु. १ लाख, उपविजेताले रु. ४० हजार, र तेस्रो स्थान हासिल गर्नेले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ। युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने
अनुषा अधिकारीमिरमिरे भयो चराहरू चिरबिर आवाज आयो उदय ती सूर्यउठन नानी बाबु खोलाना पुस्तक अक्षरका पानाहरू ती गाताले पुरिए ।कोपिला हुँ हामी फक्रिएर फुल बन्नुपर्छ भविष्यको कर्णधार हामी शिक्षाको ज्योति सबैतिर छर्नुपर्छ। अन्धकार होइन भविष्यलाई उज्यालोतिर मोड्नपर्छ यो देशको खम्बा बनि देशको मुहार सकुशल फेर्नुपर्छ। हो नानी बाबु तिमीहरू वीर गोर्खालीका सन्तान हौ हटेर होइन डटेर अघि बढ्नुपर्छ पूर्वमा टिस्टा पश्चिममा काङ्गडा हाम्रो पुर्खाले लडेको भूमि अंग्रेजबाट फिर्ता लिनुपर्छ सत्तामा पुगेसी कुर्सी मात्र हेर्ने ती भ्रष्ट नेताहरू ले शिर झुकाएर हिँड्नुपर्रोस् ताकि यति मात्र भन्छु म आमनेपालीहरू गरिब
भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सभा समक्ष चालु तथा पुँजीगत खर्च सहितको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, पूर्वाधार,पर्यटन र सामाजिक समावेशितालाई समेत बजेटमा समेटिएको छ।उपाध्यक्ष राईका अनुसार गाउँपालिकाको मुख्य लक्ष्य स्थानीय उत्पादनमा वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउने हो। त्यसका लाग
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामार्फत उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नुभएको हो।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।कृषिमा आत्मनिर्भरता र पकेट कार्यक्रमको प्राथमिकताटेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै ब
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.