मनोरञ्जन

    Showing ७१-८० of ३२४ items.
  • ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत

    इटहरी । ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो । आयोजक लाखे जात्रा सञ्चालक समितिले छिमेकी राष्ट्र भारतको सिक्किमबाट विशेष रूपमा कलाकारहरू ल्याएर यो नृत्य प्रस्तुत गरेका थिए । सिंघी नृत्य हिम चितुवाको प्रतीकात्मक रूपसँग सम्बन्धित सिक्किमको मौलिक नृत्यको रुपमा लिन सकिन्छ । जसले हिमाल, प्रकृति र संरक्षणको सन्देश दिने गर्दछ । विशेष पोशाक र मुखौटा लगाएर प्रस्तुत गरिने यो नृत्य निक्कै आकर्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ४४३ पटक पढिएको
  • कोशी पर्यटन वर्ष सफल बनाउन ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना

    इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन संखुवासभाको खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गरिने भएको छ ।  आयोजक खाँदबारी युथ क्लबले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेन शाक्यले महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएको बताउनुभयो। उहाँका अनुसार नेवारी समुदायको सांस्कृतिक पहिचान बोकेको गाईजात्रा पर्वलाई विशेष महत्त्वका साथ मनाइने छ । गाईजात्रालाई नेवारी बाजा, भजन, परम्परागत नाचगान, जातीय परि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ४३३ पटक पढिएको
  • प्रधानको भोजपुर हाम्रो भोजपुर "बोलको गीत सार्वजनिक

    भोजपुर | भोजपुरका ९ वटै स्थानीय तहको  परिचय, ऐतिहासिक,धार्मिक,साँस्कृतिक  विशेषता समेटिएको "भोजपुर हाम्रो भोजपुर" बोलको गीत  सार्वजनिक भएको  छ । गीतकार कमला प्रधानले रचना गरेको गीतलाई गायक ,सङ्गितकार तथा एरेन्जर मनोज  साङ्सोन राईले संगीत भरेका हुन् । उक्त गीतमा मनोज साङसोन, लिला राई खगेन्द्र थामी,टीका मगर,तारा नुमिहाङ ,कला इशारा ,र रिजना राईले स्वर दिएका छन् । राजु कार्कीको मिक्सिङ रहेको यो गीत स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् । यस अघि उनको शब्द रचना रहेको तारा टुटि झरे सरी ,कुसुमेर

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ७६८ पटक पढिएको
  • पूर्वका विभिन्न जिल्लामा आजदेखि लाखेनाच सुरु

    इटहरी । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्य रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी  नगरपालिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ । नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलक

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ४३६ पटक पढिएको
  • चौथो सिल्भर म्युजिक अवार्डद्वारा गायक रत्नदीप चौधरी सम्मानित

    सुबास घिमिरे ।  सुनसरी ।  ‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा ३० जना कलाकारहरु सम्मानित हुनुभएको छ । प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको  गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्राप्त गरेको छ । सो अवार्डबाट गायक रत्नदीप चौधरी सम्मानित हुनुभएको हो ।आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको यो गीत चौधरीको थारू भाषामा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीत गाउनुभएको छ । २०५६ मा ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो ।  सशस्त्र प्रहरी जवानको प्र

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ५२९ पटक पढिएको
  • आमाको यात्रा

    टेकनाथ भट्टराई प्रशव व्यथामा पनि एक्लै छटपटाइन होला मेरि आमायाक्साका बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमासपनिको कावा संगै आकासमा कल्पनाको त्यो गहिरो सागरमा ।निस्छल छ सोच कपट छैन सदा हास्छिन खेतका गरामा बसन्तका गर्मी हावा छैन कोदालि चल्छ धुले पाखामा लालीमा पुन्ञ छरपस्ट हुन्छन याक्साको आगनिमाप्रशव व्यथामा पनि  एक्लै छटपटाइन होला मेरि आमायाक्साको बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमानिस्पष्ट अधेरी रातमा पिलपिले बत्तीको साहारामाउज्यालो भिबस्य खोजिरहेछिन मेरी आमा पलपलमाभोर्लाको लतामा हुइयाँ संगै सितलताको खोजिमाकठिन यात्रालाइ पारलगाउँदैछिन मेरी आमा धुलेयूगमाप्रशव व्यथामा प

    • प्रकाशित मितिः असार २९, २०८२
    • २,५७१ पटक पढिएको
  • दोस्रो तरहरा रन १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न

    इटहरी । दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएसँगै आयव्यय सार्वजनिक गरिएको छ । आयोजक तरहरा रनले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेको हो । गत फागुन २४ गते तरहरामा १० किलोमिटर दौड प्रतियोगिता भएको थियो । जसमा दुई हजार एक सय ९ जना धावक सहभागी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक क्लबका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार यसपटकको दौड प्रतियोगितामा नौ लाख ८९ हजार ३९९ रुपैयाँ फाइदा भएको छ ।  जसमध्ये सात लाख १५ हजार ३४७ रुपैयाँ भने उठ्न बाँकी रहेको छ । कतिपय संघसंस्था र व्यक्तिले नै रकम दिने वचन दिएपनि दिन बाँकी रहेको उनले बताए । हाल बैँक खातामा तीन लाख ५७ हज

    • प्रकाशित मितिः असार २६, २०८२
    • ८२८ पटक पढिएको
  • ईटहरीमा फिल्म 'जनै हराएको मान्छे'को पोष्टर सार्वजनीक

    ईटहरी/ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को अफिसियल पोस्टर एकैसाथ देशभरका आठ ठूला सहरमा सार्वजनिक गरिएको छ, जसअन्तर्गत कोशी प्रदेशको इटहरीमा विशेष समारोहसहित पोष्टर अनावरण गरिएको हो । इटहरीको ईलाइट सिनेमा हलको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका तीन ठूला पोस्टरहरू एकैपटक पर्दा उघारेर सार्वजनिक गरियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठ सहभागी थिए । उनीहरूकै हातबाट औपचारिक रूपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर अनावरण पश्चात वडाध्यक्ष पोख्रेलले फिल्म टिमलाई सफल

    • प्रकाशित मितिः असार २२, २०८२
    • ६५५ पटक पढिएको
  • 'जनै हराएको मान्छे' को पोस्टर सार्वजनिक, भाद्र ६ गतेदेखि प्रदर्शन

    सुनसरी | नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। फरक ढंगले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरिएको हो।हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौ

    • प्रकाशित मितिः असार २२, २०८२
    • ५४० पटक पढिएको
  • इटहरीमा पहिलोपटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता समापन

    इटहरी | इटहरीमा पहिलो पटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता समापन भएको छ ।नेपाल तरुण दल, इटहरी उपमहा- नगर समितिको आयोजनामा भएको प्रतियोगिताको अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको प्रमुख आथित्यतामा गरिएको थियोे ।प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका आकाश अधिकारीलाई नगद १ लाख रुपैयाँ, द्वितीय रोहन श्रेष्ठलाई ४० हजार रुपैयाँ र तृतीय आयुश विक्रम शाहलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको वेभिषण राईले सान्त्वना पुरस्कार पाए  । प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए ।युवाहरूलाई संगठनमा आबद्

    • प्रकाशित मितिः असार २१, २०८२
    • १,००० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]