काठमाडौं । गणतन्त्र उल्ट्याउन भन्दै काठमाडौंमा पाँच दिन प्रदर्शन गरेका मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने भएका छन् ।प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो । ‘नागरिक सरकार’ ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने बताइएको छ ।योसँगै मंसिर ७ गते सुरु भएको प्रसाईं समूहको काठमाडौँ केन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्याउने समूहले जनाएको छ । नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहने समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले जानकारी दिएका छन् । मन्त्रिमण्डलमा क
विराटनगर / नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई पहिचान पक्षधरहरुले गृह जिल्ला ताप्लेजुङमा कालो झण्डा देखाएका छन् ।एमाले जिल्ला कमिटी ताप्लेजुङले आयोजना गरेको चाडपर्व लक्षित चियापान कार्यक्रमका सहभागी हुन घर आएका उनलाई फुङलिङस्थित उनको निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।यस्तै उनीहरुले एमाले पोलिट्ब्युरो सदस्य एवम् कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वोविरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदेशको नाम कोशी राख्न हस्ताक्षर गरेको भन्दै पूर्वमन्त्री मेन्याङ्वोविरुद्ध उनीहरुले नाराबाजी गरेका हुन् ।कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध ग
काठमाडौं / नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक बिच झडप भएको छ । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् । सो झडपमा प्रहरीबीच समेत झडप भएको हो । झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर रा
काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका लागि प्रदशृन गर्न सरकारले बल्खु स्थान तोकिदिएको छ ।प्रसाईंले ७ मंसिरमा राजधानी केन्द्रति प्रदर्शनको घोषणा गरेका छन् । यसअघि सोही दिन घोषित एमाले युवा संघको प्रदर्शनका लागि सोमबार स्थानीय प्रशासनले तिनकुने तोकिदिएको थियो ।प्रसाईं र युवासंघ दुवैले माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्ने घोषणा गरेपछि सम्भावित झडपको स्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न भनेको हो ।यसअघि सोमबार प्रशासनले दुवै समूहका प्रतिनिधिलाई बोलाएर छलफल समेत गरेको थियो । यस्तै बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्रमा एक महिनासम्मका लागि निषेधाज्ञ
विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको दोस्रो बैठकले तेह्रथुमका लक्ष्मण तिवारीलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेबारी दिएको छ ।कोशी प्रदेशका पूर्वमन्त्री समेत रहेका तिवारीलाई प्रचार विभाग सगैं प्रदेश प्रवक्ताको जिम्मेवारी समेत दिइएको हो।यस्तै बैठकले विभिन्न विभागका प्रमुख र संगठनका इन्चार्जहरु समेत तोकेको छ । साथै प्रदेश कमिटिमा ११ जनालाई मनोनित समेत गरेको छ ।बैठकले ३८ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
विराटनगर : नेकपा एमाले कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् ।दोस्रो बैठक बसेको १० दिनपछि अन्तर कमिटी निर्देशन–२ मार्फत मनोनितको नाम सार्वजनिक भएको हो ।१० प्रतिशत (करिब २२ जना) मनोनित गर्ने व्यवस्था भएपनि अहिले ११ जना मनोनित गरिएको छ । मनोनित हुनेमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् । त्यस्तै संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा रहेका छन् ।करिब ६ सय सदस्य प्रदेश कमिटी गत असोजमा निर्वाचन भएपछि २१५ मा कायम भएको थियो
भोजपुर / नेकपा एमाले भोजपुरले मंसिरमा सदरमुकाम भोजपुरमा बिशाल सभा गर्ने कार्ययोजना बनाएको छ ।पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत झुलालघाट देखि चिवाभज्याङ्ग विशेष अभियानको तयारी वैठकको क्रममा जिल्लामा आगामी मंसिरमा बिशाल सभासहितका कार्यक्रम संचालन गर्ने योजना बनाएको हो ।उपमहासचिव प्रदिप ज्ञवालीसहित उपस्थितीमा भएको तयारी बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत केन्द्रिय सदस्यहरु तथा जनसंगठन केन्द्रिय नेताहरुको समेत सहभागीता रहेको थियो ।एमालेको पार्टी केन्द्रिय अध्यक्ष केपीशर्मा ओलीको प्रमुख आतिथ्यमा भोजपुर सदरमुकाममा मंसिर चौथो साता विशाल सभासहितको कार्यक्
इटहरी / पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै विभिन्न आदिवासी संघ, संगठनको एक्यवद्धता सभा सम्पन्न भएको छ । शनिबार इटहरीमा आयोजित सभामा सभ्यता, ईतिहास र पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै चलिरहेको कोशी नाम विरुद्धको आन्दोलनमा विभिन्न आदिवासी संघ संस्थाहरूको ऐक्यबद्धता जनाएको हो । विभिन्न आदिवासी जनजाति संघ, संगठनहरुले जातीय पहिरनमा झाँकी सहित इटहरी चौक परिक्रमा गरेको हो । सभामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संयुक्त एक्यवद्धता सभाले प्रदेश नं। १ लाई गरिएको कोशी प्रदेश नामाङ्कन खारेज,
काठमाडौं / भूकम्प प्रभावितका लागि एमालेले सरकारी काेषमा एक करोड सहयोग गर्ने भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित दुई जिल्लाको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएपछि पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।पार्टी पङ्क्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइ
इटहरी । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरुले कात्र्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग राखेर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्र मा १७ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् । कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो । विहीबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमती समेत जनाइएको छ ।स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.