राजनीति

    Showing १,२५१-१,२६० of २,३०२ items.
  • प्रदेश अधिवेशनमा संखुवासभाबाट ३९ जना एमालेका प्रतिनिधि सर्वसम्मत चयन

    संखुवासभा / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि संखुवासभाका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भइसकेका छन् ।एमाले प्रदेश कमिटीको अधिवेशनमा खादबारी नगरपालिकाबाट मुरारी प्रसाद खतिवडा , जित बहादुर घिमिरे , सुमन श्रेष्ठ , नेत्र रेग्मी , भविश्वर गुरुङ , राजेन्द्र थापा , यस्तै महिला तर्फ राधा खनाल , सुन्दरी खतिवडा , चेत कुमारी कटुवाल प्रतिनिधि चयन भएका एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य दिनेश राज अधिकारीले जानकारी दिए ।चैनपुर नगरपालिकाबाट तुलसी प्रसाद न्यौपाने , विरेन्द्र के शी , भरत खत्री , भरत खड्का ,सुर्य दाहाल , गोपाल श्रेष्ठ चयन भएका छन् ।यस्तै महिला तर्फ बाट हेमकुमारी चौहा

    • प्रकाशित मितिः असोज ७, २०८०
    • २०६ पटक पढिएको
  • कोशी प्रदेशको ‘नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न सकेन’ : मुख्यमन्त्री कार्की

    विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको शनिवार उद्घाटन गर्दै  मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले भने ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि  भएको पाइयो । तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे । उनले कोशी न

    • प्रकाशित मितिः असोज ७, २०८०
    • १९१ पटक पढिएको
  • इटहरीको कर वृद्धिविरुद्ध रास्वपाले २७ हजार बढीको हस्ताक्षर संकलन गर्यो

    इटहरी / इटहरी उपमहानगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले करको मूल्य वृद्धि विरुद्धमा १७ हजार बढीको हस्ताक्षर संकलन गरेको छ । कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको  रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले जानकारी दिए ।हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए । यता उपमहानगरपालिकाले भने कर घटाउन कुनै चासो दिएको छैन । व्या

    • प्रकाशित मितिः असोज ५, २०८०
    • १९१ पटक पढिएको
  • एमालेले पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्ने

    काठमाडौं / नेकपा (एमाले) ले आफ्नाे पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीकाे दायरमा ल्याउने जनाएकाे छ । एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हिजाे विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको बताउनु भएकाे ह

    • प्रकाशित मितिः असोज ५, २०८०
    • १७५ पटक पढिएको
  • दलहरूको गोप्य बैठक पत्रकारहरूले थाहा पाएन् : रेवतिरमण भण्डारी

    सुनसरी / नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले  होटल तथा प्रदेश सभाहरूमा हुने दलहरूको गोप्य बैठकको समाचारमा पत्रकारहरू चुकेको बताए ।भर्खरै पनि प्रदेश सभा सचिवालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्षमा असोज १ गते बसेको बैठकका बारेमा पत्रकारले थाहा समेत नपाएको उनले बताए । कतिपय होटलहरुमा बस्ने त्यस्ता गोप्य बैठकको बारेमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले कतिपय अवस्थामा थाहा नै नपाएको भण्डारीले सुनाए । कोसी प्रदेश संसदीय पत्रकार मञ्चका पत्रकारसँग अन्तर संवाद गर्दै प्रमुख सचेतक भण्डारीले आफ्नो अनुभव यसरी सुनाएका हुन । कोशी प्रदेशमा माननीयसँग संसदीय पत्रकार अ

    • प्रकाशित मितिः असोज ४, २०८०
    • २२० पटक पढिएको
  • इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी एमालेमै कमब्याक !

    सुनसरी / इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तस्वीर खिचाएर सार्वजनिक गरेका छन् । उनी लामो समयपछि सामाजिक सञ्जालमा देखिएका हुन् । गत वर्षको पुसमा आफ्नो फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरेपछि सामाजिक सञ्जालमा सक्रिय नभएका उनले एमाले अध्यक्ष ओलीसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।ओली निवास बालकोटमा खिँचिएको तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, ‘श्रद्धेय कमरेड सङ्ग फेरि ।’ लामो समयको अन्तरालपछि सामाजिक सञ्जालमा उनको कमब्याक, त्यो पनि एमाले अध्यक्ष ओलीसँगको तस्वीरबाट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यससँगै एमालेका स्थानीय वृत्तमा चौधरी पु

    • प्रकाशित मितिः असोज ४, २०८०
    • २१० पटक पढिएको
  • दिक्तेलमा कोशीका मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

    सुनसरी / कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले आज कालो झन्डा देखाएका छन् ।जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा उनलाई कालो झन्डा देखाएका हुन् ।कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८०
    • १८८ पटक पढिएको
  • मोरङको एनप्याबसन अध्यक्षमा नारायण प्रसाद ढकाल निर्वाचित

    सुन्दरहरैंचा / राष्ट्रिय  निजि तथा आवासीय एसोसिएसन नेपाल  ( एनप्याबसन) को छैटौं मोरङ जिल्ला  अधिवेशनबाट नारायण प्रसाद ढकाल निर्वाचित भएका छन्।ढकालले प्रत्यासी अध्यक्ष पदका उम्मेदवार गोबिन्द बस्नेतलाई ४२  मतान्तरणले बिजयी भएका छ्न । उनी कुल ४७ मत ल्याएका थिए भने बस्नेतले ५ मत मात्र प्राप्त गरेका थिए।  निर्वाचन प्रणालीमा जादाँ जम्मा मतदाता संख्या  ८३ बिद्यालयका प्रतिनिधि   भएपनि ५३  प्रतिनिधिले मतदान गरेका थिए।  एक मत बदर भएको निर्वाचन समति सदस्य कमल खनालले जनाएका छन।त्यसैगरी सचिब पदमा पराग ढुंगानालाई पछि पार्दै भनिरुद्र चौधरी ,  कोषाध्यक्षम

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १८५ पटक पढिएको
  • बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छुः केपि ओली

    सुनसरी / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताए ।अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे । शनिवार  विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए ।  त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताए ।बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उहाँको भनाई थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • १७६ पटक पढिएको
  • गाई काटेको विरोधमा काठमाडौंमा राप्रपाको प्रदर्शन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको बिरोधमा प्रदर्शन गरेको छ।बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरूप सरकारविरुद्ध प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट शुरु भएको बिरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]