राजनीति

    Showing १,२६१-१,२७० of २,३०२ items.
  • जनता बहुमुखी क्याम्पसमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

    सुनसरी / इटहरीको सामुदायिक क्याम्पसहरू मध्य विद्यार्थीको माझ पढाइमा निकै परिचित जनता बहुमुखी क्याम्पसले कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ ।जनता बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षक बढेको हुँदा यस क्याम्पसले कक्षा ११ मा अध्यन गर्ने नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । जसमा दुई सयबढी विद्यार्थीलाई उक्त कार्यक्रममा स्वागत गरेको हो ।सो कार्यक्रममा कक्षा ११ , १२ स्नातकतह का विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए  । सांस्कृतिक नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र समेत आयोजकले दिएको छ । कार्यक्रममा जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १८३ पटक पढिएको
  • संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

    काठमाडौं /नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो। उनको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो।एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै अन्त्येष्टिका दि

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १७८ पटक पढिएको
  • नेकपा एमाले इटहरी उपमहानगरपालिकाको नगर स्तरीय प्रशिक्षण सम्पन्न

    सुनसरी / नेकपा एमाले इटहरी उपमहानगरपालिकाको नगर स्तरीय  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नेकपा कम्युनिष्ट पार्टी(एमाले) इटहरी उपमहानगरपालिका कमिटीले सोमबार नेकपा एमाले पोलिटब्यूरो सदस्य, सुनसरी इन्चार्ज तथा पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नगर स्तरीय  प्रशिक्षण कार्यक्रम आयोजना गरि इटहरीका एमालेका कार्यकर्ता तथा प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । कोशी प्रदेशका सांसद तथा नेकपा एमालेका जिल्ला कमिटी सुनसरीका अध्यक्ष रेवती रमण भण्डारीले समृद्ध नेपाल सुखी नेपाली निर्माण अभियानमा पार्टीले खेलेको र खेल्नु पर्ने भूमिकाको विषयमा एमालेका प्रतिधिनिलाई जानकारी दिएका थिए । उपम

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १८३ पटक पढिएको
  • लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

    सुनसरी / लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १९३ पटक पढिएको
  • किसान सङ्घको तीजविशेष विचार गोष्ठी सम्पन्न

    इटहरी : अखिल नेपाल महिला सङ्घ, कोसी प्रदेश समितिको महिला विभागले इटहरी लायन्स क्लबको सभाकक्षमा विचार गोष्ठीसहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।विभागकी अध्यक्ष तुलसा धितालको अध्यक्षतामा सम्पन्न कार्यकम्रकी प्रमुख अतिथि विभागकी केन्द्रीय स्थायी समिति सदस्य विष्णुसुधा खड्का रहेकी थिइन् । उनले तीजजस्ता चाडपर्वलाई रामरमितोसहित जागृति तथा चेतनामूलक रचनात्मक काम गरेर मनाउनुपर्ने बताइन् ।किसान सङ्घ प्रदेश अध्यक्ष तथा विशेष अतिथि दुर्गा थापाले कृषि क्रान्तिको औचित्यसहित वैचारिक प्रशिक्षण दिएका थिए ।विशेष अतिथि मदन भण्डारी फाउण्डेन कोसी प्रदेश सदस्य मिथिला पोखरेलले २०१०, ०११ सालदेखि किसान हकहितका सवालमा

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • २२१ पटक पढिएको
  • अखिल नेपाल महिला संघ इटहरीद्वारा महेन्द्र माविका पाँच जना छात्रालाई आर्थिक सहयोग

    इटहरी / अखिल नेपाल महिला संघ इटहरी २ नम्बर वडा कार्य समितिको आयोजनामा इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयका विपन्न तथा जेहन्दार पाँच जना छात्रालाई आर्थिक सहयोग गरेको छ ।अखिल नेपाल महिला संघ नेकपा एमालेको भाद भातृ संगठनले हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत कल्पना खड्का ,अनिशा चौधरी , ईन्दिरा मगर र कक्षा ११ मा अध्यनरत छात्रा प्रिति दर्जि र सध्या राईलाई जनही दुई हजार आर्थिक सहयोग गरेको छ । अखिल नेपाल महिला संघ नेकपा एमालेको भातृ संगठन इटहरी २ नम्बर वडा कमिटिकी अध्यक्ष मञ्जु राईको अध्यक्षता कार्यक्रम भएको थियोे ।पछिल

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ५५१ पटक पढिएको
  • अरुण गुरुङको अध्यक्षतामा राष्ट्रिय युवा संघ कोशी प्रदेश कमिटी

    राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनले सर्वसम्मत रुपमा अरुण गुरुङलाई चयन गरेको छ । गुरुङ यसअघि प्रदेश संयोजक थिए । उनैको सभाध्यक्षतामा पहिलो अधिवेशन सम्पन्न भएको छ । धरानस्थित लांघाली सामुदायिक वनस्थित सभाहलमा सम्पन्न अधिवेशन सम्पन्न भएको हो । हिजो नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अधिवेशनको उद्घाटन गरेका थिए । 

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • १८७ पटक पढिएको
  • करवृद्धि विरुद्ध नागरिक समाजको इटहरी उपमहानगरगेटैमा धर्ना, शनिवार सर्वपक्षिय भेला गर्ने

    इटहरी / कर वृद्धिको विरोध गर्दै नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । चरणबद्ध आन्दोलन घोषणा गरेपछि नागरिक समाज इटहरीले आज उपमहानगरपालिकाको गेटमा मौन धर्ना दिएको हो । वृद्धि भएको कर समायोजन हुनुपर्ने नागरिक समाजले माग गरेको छ । मौन धर्नामा नागरिक समाज इटहरीका पदाधिकारी तथा पूर्वअध्यक्षहरु सहित अन्य सर्वसाधारण नागरिकहरू सहभागी भएका थिए । इटहरी उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएको, आम नगरवासीलाई त्यसले समस्यामा पारेको भन्दै नागरिक समाजले आन्दोलन सुरु गरेको हो ।  वृद्धि भएको कर घटाउन पटक पटक उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै समाधान ननिस्किएपछि आन्दोलनम

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १५४ पटक पढिएको
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतको परमादेशबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका कार्कीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेशप्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।कोसी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै आजै मन्त्रिपरिषद् विस्तार भएको हो ।मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकरा

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १५९ पटक पढिएको
  • इटहरीमा नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा व्यापार सम्बन्धि तालिम

    सुनसरी / नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा तेस्रो पुर्ण केन्द्रीय कार्य समितिको बैठकमा व्यावसायिहरूलाई उत्पेरण तथा व्यापार व्यवस्थापन सम्बन्धि  इटहरीमा तालिम भएको छ ।उत्प्रेरण तथा प्रभावकारी नेतृत्व र व्यवसायिक तालिम व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा व्यापार व्यवसाय कसरी फस्टाउने , उजागर गर्ने , बजारबाट राम्रो आम्दानी लिने सम्बन्धि सातै प्रदेशका मुख्य व्यवसायीहरूलाई तालिम गराइएको थियोे । सो तालिम दुई दिन सम्म सञ्चालन हुने महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बताए ।शुक्रबारदेखि सुरु भएको नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेपाल

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]