काठमाडौँ । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारवही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने चेतावनी दिएका छन् ।आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनले बताए । यदि भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने
इटहरी । आफनै कार्यसमितिको उपाध्यक्ष उमेदवार रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षले मतदान नगरेको लगायतका कारण देखाउदै रेडिमेड व्यवसायी संघ इटहरीका एघार जनाले सामुहिक राजिनामा दिएका छन । उद्योग वाणिज्य संघ इटहरी निर्वाचनमा रेडिमेड व्यवसायी संघ इटहरीका उपाध्यक्ष वुद्धिकान्त सुवेदीलाई वस्तुगत कोटाको सदस्यमा उमेदवार वनाउने तथा वस्तुगत तर्फ संघका अध्यक्षले मतदान गर्ने निणर्य गरेकोमा अध्यक्ष विनोद चोछेले सुवेदीलाई मतदान नगरेको लगायतका कारण देखाउदै उपाध्यक्ष सुवेदी लगायत एघार जनाले राजिनामा दिएका हुन । निर्वाचनका क्रममा स
इटहरी । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी सहित सतहमा देखिएका सबै खाले भ्रष्टचारको निर्मम छानबिन गरी दोषी पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग राख्दै इटहरीमा रिले अनसन सुरु हुने भएको छ ।नेकपा एकीकृत समाजवादी कोशी प्रदेशको मोर्चा संगठनले मंगलवारबाट इटहरीमा भ्रष्टाचार विरुद्ध रिले अनसन सुरु गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । रिले अनसन सञ्चालन गर्ने विषयमा जानकारी गराउने उद्धेश्यले चिया चौतारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो सरकारले भ्रष्टचार नियन्त्रण गर्न शुसासन कायम गर्न आर्थिक संकटको अन्त्य गर्न र जनताको निरासालाई आशा र बिश्वासमा परीणत गरोस
सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश उपाध्यक्ष एवंम प्रदेशसभा सदस्य विजय राईले दुई तिहाइ बहुमतबाट कायम गरिएको नामाकरणलाई लिएर आफूहरू जस्ता जनजाति नेताहरू माथि पटक पटक प्रहार गरिएको दुखेसो गरे । आन्दोलनरत पहिच
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीको अध्यक्षता तथा संघिय सांसद एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सप्तकोशी टेलिभिजनका समाचार प्रमुख कृष्ण भट्टराई साथै सप्तकोशी टेलिभिजनका धरान सम्वाददाता विनय प्रधानलाई पण्डित छविलाल वलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट नगद दश हजार सहित सम्मान गरिएको छ । यस्तै गो
इटहरी । शिक्षकहरुलाई उद्योषण कलामा दक्षतामा प्रदान गर्ने उद्धेश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिम तथा सम्ममान कार्यक्रमकोे आयोजना गरेको छ । नेपाल शिक्षक संघको ३४औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए। नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको
कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले ४ जना अवैतनिक बिज्ञ सल्लाहकार नियुक्त गर्नुभएको छ । मन्त्रालय अन्र्तगतका बिभिन्न क्षेत्रका कार्यलाई बिज्ञहरुको सल्लाह तथा सुझावमा सहजताका साथ अगाडी बढाउन सकिने उद्धेश्य सहित मन्त्री राजभण्डारीले सल्लाहकार नियुक्त गर्नुभएको हो । मन्त्री राजभण्डारीले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा डा. मिङ्गमार ग्याल्जेन शेर्पा, शिक्षा तर्फ डा. खड्गनारायण श्रेष्ठ, महिला तथा जनस्वास्थ्य तर्फ डा. जाङ्मू शेर्पा तथा सामाजिक समावेशी तर्फ मानबीर राईलाई बिज्ञ सल्लाहकारका रुपमा नियुक्त गर्नुभएको सचिवालयले जनाएको छ । नियुक्त भएका चारै जना सल्लाहकार शिक्षा, स्वा
झापा । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् ।अध्यक्षका तीनजना उम्मेद्वारमध्ये भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरेका थिए । अर्का उम्मेद्वार मनकुमार शर्माले एक मत प्राप्त गरेका थिए ।उपाध्यक्षद्वयमा इश्वर अधिकारी र सविना लिम्बू चयन भएका छन् । सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओम प्रकाश भट्टराई सर्वसम्वत भएका हुन् । सदस्यमा अनुषा चुडाल, विष्णु श्रेष्ठ, जोष्ना श्रेष्ठ, तुलसी प्रसाद निरौला, देवेन्द्र प्रसाई, विष्णुप्रसाद पौडेल, रञ्जित परियार, युवराज रेग्मी, कौशल
विराटनगर । नेपाल परिवार दल मोरङका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सरोज पौडेल र उपाध्यक्ष एवं केन्द्रिय सदस्य समेत रहेका लोक बहादुर गिरी, पार्टी जिल्ला सदस्य एवं भातृ संगठन पिस फोर्स मोरङका जिल्ला संयोजक रबिन शर्मा लगाएत सम्पुर्ण ३१ जना जिल्ला कमिटीका पदाधिकारीद्वारा साधारण सदस्यता पनि नरहने गरि पार्टी परित्याग गरेका छन। पार्टी परित्याग गरि अहिले तत्काल नै कुनै पार्टी मा आवद्ध भै नहाल्ने कुरा जिल्ला सचिव बिजय कोईराला ले जानकारी गराएका छन।
सुन्दरहरैचा । राकेश सुरानाको नेतृत्वमा उद्योग सङ्गठन मोरङमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको निर्वाचनबाट १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । अध्यक्षमा सुराना, वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) मा विपिन कावरा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा सुबोध कोइराला निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.