इटहरी । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईलाई विभिन्न युवा संगठनले ८ बुँदे प्रश्न गरेका छन् ।आज बिहिवार नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल र लिम्बूवान युवा मञ्चका युवाहरूले उपमहानगर परिसरमा गएर नगरप्रमुख साम्पाङसँग ८ प्रश्नको जवाफ मागेका हुन् ।उनीहरूले नगरप्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण धरानबारे नकारात्मक टिप्पणी हुन थालेको भन्दै अविभावकको रूपमा रहेको नगरप्रमुखका त्यस्तो हर्कत शोभनीय नहुने बताएका छन् ।उनीहरूले नगर प्रमुखले युवालाई गुन्डाको संज्ञा दिनु, दलका झोले भन्नु, गुइँठे जस्ता शब्दको प्रयाग गरिनुले धराने युवाको गम्भ
इटहरी/ राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटिले धरानमा आफुले मनपरी गरे जस्तो बिधि विधान कानुन विपरित चालेको कदम जस्तो दुई अलग अस्तित्व भएका उप–महानगरको सिमा बारेमा कुनै पनि कदम चाल्ने काम प्रति आपत्ति जनाएको छ। नगरकमिटिले सोमबार अपरान्ह बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो।अन्तरपालिका सिमाना बारे निर्णय गर्ने अधिकार पालिका प्रमुख एक्लैलाई कस्ले दियो ? भन्दै धरानका मेयरलाई प्रश्न गरेको छ। राष्ट्रिय युवा संघ इटहरी जारी गरेको बिज्ञप्तीमा इटहरी र धरान बीचको सिमा विवाद निकै समय देखि चलिआएको व्यहोरा सबैलाई जानकारी भएको भन्दै भौगोलिक सिमा रेखा बारेको निष्कर्ष, सिमाना के कसरी तय गरिएको छ भन्ने
इटहरी / धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरी तरहरा स्थित पानीपियामा धरान उपमहानगरपालिकाको ‘सीमा प्रारम्भ’ बोर्ड युवा संघ नेपाल इटहरीले उखेलेको छ । इटहरी उपमहानगरको क्षेत्रमा धरानको बोर्ड राखेको भन्दै युवा संघ नेपाल इटहरीका कार्यकर्ताहरुले आइतबार राति बोर्ड उखेलेको हुन् ।'इटहरी र धरानको सिमाना अहिले सेउती खोला हो । धरानको मेयरले कुनै समन्वय, आधिकारिक दस्तावेज बिना लगाएको बोर्ड हटाएका हौ' राष्ट्रिय युवा संघ नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग क्षेत्रिले भने 'सिमाना जस्तो बिसयमा खेलाची गर्नु हुँदैन भन्ने हो ।' साझको समयमा सामाजिक संजाल हरुमा इटहरी वास
मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान नेकपा एमाले महालक्ष्मी नगरपालिका कमिटीको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रम सम्पन्न भएको छ । नगरले गएको फागुन महिनाबाट वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेर अभियान सञ्चालन गरेका थिए ।महालक्ष्मी नगर कमिटीले शनिबार एक कार्यक्रमका बिच अभियानको समापन गरिएको हो । नगर कमिटीले सम्मान तथा वनभोज कार्यक्रम सञ्चालन गर्दै पार्टीको २ महिने अभियान मिसन ग्रासरुट सम्पन्न गरेका थिए । यो अभियान भरी नगरकमिटीले नगरका वडा स्तरीय, टोल स्तरीय भेला बैठक, पार्टी सदस्यता निवकरण, नयाँ सदस्यता वितरण, विभिन्न जनसंगठन विस्तार तथा प्रशिक्षण कार्यक्
इटहरी / मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत नेकपा एमाले इटहरी नगर कमिटीको आयोजनामा अभियान समापन गरेको छ ।नगरका प्रमुख अभियान्ता नेकपा एमाले पोइलित बिउरो सदस्य पूर्व मन्त्री मन्जु चौधरीको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो ।कार्यक्रममा प्रमुख अभियान्ता केन्द्रीय सल्लाहकार परिसद सदस्य गोपाल गुरागाईं, एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज लक्ष्मी गौतम, प्रदेश कमिटी सचिबालय सदस्यतथा कोशी प्रदेस माननिय रमेश बस्नेत, माननिय रोहित बहादुर कार्की, प्रदेश कमिटी सचिबालय सदस्य मुरारी सुबेदि, एमालेका कोशी प्रदेस संसदीय दलका प्रमुख सचेतक 
रामधुनी / नेकपा एमाले मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९ सनिबार रामधुनी- ८ को डुम्राहा मा सम्पन्न भएको छ।रामधुनी -८ का पार्टी सदस्य सहभागि रहेको कार्यक्रमलाई नेकपा एमालेका कोशी प्रदेस संसदीयदलका प्रमुख सचेतक रेवती भण्डारी ले पार्टीका सिद्धान्त, विचार, भुमिका बारेमा प्रशिक्षण गर्नु भएको थियो।मिसन ग्रासरुट अन्तर्गत वडा नं ८ को अबस्थाको प्रतिवेदन वडा नं ८ का अभियन्ता डेगराज फुयालले प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा अभियान सफलताको लागि नेकपा एमाले रामधुनी नगरकमिटी अध्यक्ष यज्ञरा
धरान : सहिद लाजेहाङको शवयात्रा विराटनगर पुग्दा प्रहरीले गरेका अश्रुग्याँस प्रहारबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन र किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष देवन राई सहित ६ जना घाइते भएका छन् ।नेपालमा सङ्घीयता आएपछि पहिचान सहितको प्रदेश नामकरणको आन्दोलनमा पहिलो सहिद लाजेहाङ पदमकुमार लिम्बुको शव एक महिना पछि सम्मानपूर्वक अन्त्येष्टि गर्न आज भएको शवयात्रामा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको हो ।धरान, इटहरी, विराटनगर हुँदै बेलबारी लालभित्ति पुर्याउने शवयात्रा विराटनगर रोडशेष चौकमा श्रद्धाञ्जली सभाका लागि पुग्दा सुरक्षाकर्मीले निषेधित क्षेत्र भन्दै दर्जनौँ अश्रुग्या
धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीको बुधबार भएको अधिबेशनले हर्कजंग एभेङको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ । स्थानीय तहको पुनः संरचना पछिको प्रथम अधिबेशनले एभेङको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशन धरान(१५ स्थित चुम्लुङ हिममा मङ्गलवार र बुधवार चलेको थियो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा पारस काङमाङ, सचिवमा राजेन्द्रकुमार राई, उपसचिव द्वय दिवस राई र योगेशबाबू काफ्ले सर्वसम्बत निर्वाचित हुनु भएको छ । निर्वाचन कमिटी संयोजक गोविन्द मिश्रका अनुसार कार्यसमिति सदस्यहरूमा २० वटा वडा भूगोलबाट शान्तिराम खतिवडा, विकास भुजेल, हरि प्रसाद शाही, दीपककुमार बनेपाली, राजेन्द
काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो’, उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
धरान : नेकपा एमाले धरान नगर समितिको अध्यक्षमा हर्कजंग एभेङ निर्विरोध चयन भएका छन् । पार्टीमा फुट आएपछि भएको प्रथम नगर अधिवेशनले उनको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।अधिवेशन धरान-१५ स्थित चुम्लुङ हिममा मङ्गलवार र बुधवार चलेको थियो । अधिवेशनले कार्यसमितिका उपाध्यक्ष पारस काङमाङ, सचिव राजेन्द्रकुमार राई, उपसचिव द्वय योगेशबाबू काफ्ले, दिवस कन्दङवा निर्वाचित भएका छन् ।निर्वाचन कमिटी संयोजक गोविन्द मिश्रका अनुसार कार्यसमिति सदस्यहरूमा २० वटा वडा भूगोलबाट शान्तिराम खतिवडा, विकास भुजेल, हरि प्रसाद शाही, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, भुव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.