इटहरी । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । थारु र मगर समुदायले विशेष रुपमा यो पर्व मनाउछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।पर्वका अवसरमा विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रि
तेह्रथुम । प्रदेश १ मा सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि लविङ थालेका छन् । यसैबीच तेह्रथुम प्रदेशसभा (क) मा नेकपा एमालेबाट निर्वाचित भएका किशोरचन्द्र दुलालको नाम समेत चर्चामा आएको छ । शिक्षण पेशा छाडेर नेकपा एमालेको राजनीतिमा होमिएक
इटहरी । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघीयता विरोधीलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन् । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको समापन कार्यक्रममा सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।प्रदेशको नामाकरणसँगै ५ वर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त भएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकास र अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने सांसदहरुको भनाई छ । नेकपा एमालेका नेता बुद्धिकुमार
प्रदेस नम्बर १ को प्रदेस सभाका सांसदहरुले प्रदेसको नाम चाँडै सर्वसम्मतबाटै टुङ्गाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नव निर्वाचित सांसदहरुको आरेन्टेसन कार्यक्रममा सांसदहरुको सो प्रतिवद्धता आएको हो । प्रदेश सभाको नव निर्वाचित सांसदहरुले प्राथमिकताका साथ प्रदेशको नामाकरणमा लाग्ने बताएको हुन । पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघीयता विरोधीले प्रश्न उठाएको भन्दै सांसदहरुले अब सबै दलहरुले सहमतिमा प्रदेशको नामाकरण चाँडै गर्नुपर्ने बताएका छन । प्रदेशको नामकरण गर्न नसक्दा संघीयता खारेज गरौं भन्नेहरु हौसिएको उनीहरुको भनाई छ । प्रभावकारी कानुन बनाउन र बनेका
ठूलो दलको हैसियतले प्रदेश नम्बर १ मा नेकपा एमालेले नै नेतृत्व गर्ने सम्भावना भएसँगै मुख्यमन्त्रीमा हिक्मत लगभग पक्का जस्तै छ। उनी एमाले प्रदेश १ को संसदीय दलको नेता भएकाकारण पनि मुख्यमन्त्री कार्की हुने पक्का छ।त्यसो त माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । मुख्यमन्त्री नपाए उनी मन्त्री नहुने सम्भावना रहेको बताइएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सिट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पु¥याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ ।यी हुन् मन्त्रीका दाबेदारताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई सभामुख वा मन्त्रीको रूपमा हेरिएको छ । समानुपातिकतर्फबाट सांसद बनेकी सु
सुनसरी :लामो समय देखि धरान नगर प्रमुख हर्कराज राई र कार्यपालिका बिचको विवाद अन्त्य गर्ने सहमति भएको छ । उपप्रमुख अइन्द्र विक्रम बेघाको समन्वयमा गत असोजबाट बढेको विवाद अन्त्य गर्ने सहमति भएको हो । आज (आइतबार) नगर प्रमुख राई उपप्रमुख बेघा र कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरूबिच संवादमा विगतका कमिकमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा कार्यपालिका बैठक सुचारु गर्ने सहमति भएको उपप्रमुख बेघाले जानकारी दिए । भएका कमिकमजोरलाई स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गल्ती दोहो¥याउने सहमति भएको उपप्रमुख बेघाले बताए । विवाद अन्त्य भएसगैं गत असोज १३ गतेबाट बस्न नसकेको कार्यपालिका बैठक आगामी पुस ११
इटहरी– प्रदेश १ मा नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रदेश १ मा एमालेको सरकार बन्ने निश्चित भएको हो।यसअघि नेपाली कांग्रेससँग गठबन्धन भए पनि आज (आइतबार) अपराह्न प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सात दलका सांसद र तीन स्वतन्त्र सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी गरेका प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बा
सुनसरी । प्रदेश नम्बर १ का नवनिर्वाचित सांसदहरूको सपथ पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार सूचना जारी गरी सपथग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो । संविधानको धारा १८२ को उपधारा ५, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम सपथग्रहण गराउने सचिवालयले जनाएको छ । सपथ लिन आउने सांसदले निर्वाचन आयोगले दिएको प्रदेश सभा सदस्यको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो लिएर दुई घण्टा अघि उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । आफ
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । आजको बैठकले निर्वाचन समिति गठन गर्ने र चुनावको मिति तय गर्ने सम्भावना छ ।कांग्रेसले आउँदो बुधबारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आयोगले आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ।सामाजिक सञ्जालमा भाइरल भइरहेको आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको पत्रमा ‘धरान उपमहानगरपालिकाका प्रमुख हकराज राई(साम्पाङ )ले मङ्सिर २७ गते मङ्गलवार आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति प्रति आयोगले चासो देखाए आत्मआलोचना गर्न मेयरलाई आग्रह गरेको थियो । तर मेयर राईले बेवास्ता गर्नुका साथै उल्टै अर्ति उपदेश दिएकोमा ध्यानाकर्षण भ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.