काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखा २ बाट चुनाव लड्न आग्रह गरेका छन् ।उनीहरूको आग्रह पछि प्रचण्ड चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन्। भट्टराई र श्रेष्ठबिच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ। तर प्रचण्डले अन्तिम निर्णय लिइसकेका छैनन्
तेह्रथुम । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो ।जरिवाना बुझाउनेमा निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट रु आठ करोड ६० लाख ५० हजार राजस्व सङ्कलन हुने उक्त कार्यालयले जनाएको छ ।निर्वाचन खर्च बुझाउन आयोगले पटक–पटक अनुरोध गरी सूचना प्रकाशित गर्दा पनि नबुझाएकाले जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।आयोगले छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लि
इटहरी । मंसिर ४ को निर्वाचनका लागि पाँच दलीय गठबन्धनले सीट बाँडफाँटको काम करिब टुंग्याएको छ ।वर्तमान सत्ता गठबन्धनमा आवद्ध यी दलहरुले धेरैजसो ठाउँमा कसले टिकट पाउने टुंगो लगाइसकेको स्रोतले जनाएको छ । बाँकी रहेका ठाउँमा सहमति जुटाउन दलहरुबीच छलफल जारी छ ।असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेकोले त्यसअघि नै बाँडफाँट टुंगो लगाउने तयारीमा नेताहरु छन् । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्नुपर्ने भएकोले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो द
काठमाडाै । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समूहसहित प्रवेश गर्दै छन्। गत स्थानीय चुनावमा पार्टीको लज्जास्पद हार भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले केही दिनअघि मात्र साधारण सदस्य पनि नरहने गरी विवेकशील साझा पार्टी त्यागेका हुन्। आज आफ्ना केही साथीसहित राप्रपामा बस्ने नेता मिश्रले बताएका छन्। उनले आफू एक्लै राप्रपा प्रवेश गर्न लागेको नभई समूह नै समाहित हुन लागेको जानकारी दिएका छन्। ‘यसबीच संवाद हुन नसकेका कैयौँ साथीलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको
इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । निजामती सेवा ऐनविपरित, राजनीतिक पूर्वाग्रह र आर्थिक स्वार्थका आधारमा कर्मचारीको सरुवा भएको भन्दै कर्मचारीहरु सरकारको विरुद्ध धमाधम अदालत गइरहेका छन् ।प्रदेश निजामती सेवा ऐन निर्माण नभएको अवस्थामा निजामती सेवा ऐन २०४९ अनुसार कर्मचारीको सरुवा हुने गरेको छ । तर, ऐनमा भएको प्राबधान मिचेर मुख्यमन्त्रीको सचिबालयको दबामा कर्मचारीको सरुवा भएको भन्दै कर्मचारीहरु रुष्ट बनेका छन् ।ऐन विपरित राजनीतिक प्रतिशोध र आर्थिक लाभहानी हेरेर कर्मचारी सरुवा गर्ने गरेको आरोप यसअघिको सरकारलाई पनि लाग्दै आए
दुहबि । नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् । स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् । नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स
इटहरी । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका हुन् । उनले आफ्नो कार्यकक्षमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउँदै मन्त्री यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल –जिन्दावाद, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर आजदेखि स
इटहरी । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरेको छ ।मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । सात प्रदेशको घोषणापत्र बनाउनका लागि ६ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि ७ जनालाई जिम्मेवारी दिएको हो ।कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेश
विराटनगर । प्रदेश १ प्रदेशसभाको कार्यकाल एक हप्ता अगाडि (असोज १)मा सकिएको छ । आफ्नो कार्यकाल सकिएसँगै प्रदेशसभाबाट सुविधाको रूपमा प्राप्त गरेका गाडी संसदीय दलका नेता, उपनेता तथा समितिका सभापतिहरुले धमाधम फिर्ता गर्दैछन् ।कार्यकाल सकिएको एक हप्तामा विभिन्न ५ जनाले प्रदेशसभाबाट सुविधा प्राप्त गरेको गाडी फिर्ता गरेका छन् । प्रदेश १ प्रदेशसभामा सभामुख, उपसभामुख, दलका नेता, उपनेता, प्रमुख सचेतक, संसदीय समितिका सभापतिहरुका लागि १५ वटा गाडी प्रयोग हुँदै आएको छ ।सबैभन्दा पहिले गाडी बुझाउनेमा नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइराला छन् । उनले प्रयोग गरेको को १ झ ६५४ नम्बरको गाडी संसदको कार्
काठमाडौं । अनुमति विनाका होर्डिङ बोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ ।केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.