इटहरी/इटहरी उपमहानगरपालिकामा गठबन्धन तर्फका नेपालि कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३६८२ मतले अग्रता लिरहनुभएको छ । पौडेलले २३६७७ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका याम कुमार सुव्वाले १९९९५ मत ल्याएर पछ्याइरहनु भएको छ । त्यस्तै उप—प्रमुख तर्फ भने नेकापा एमालेकि संगिता कुमारी चौधरीले अग्रता लिनुभएको छ । उहाले २२९७७ मत ल्याउदा उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १३४७९ मत ल्याएर पछ्याइरहनु भएको छ ।
इटहरी/इटहरी वडा नम्बर ६ मा नेपालि कांग्रेसका उम्मेदवार दिवश पोख्रेल निर्वाचित भएका छन् । उनले १३०४ मत ल्याए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उमेस प्रसाद पौडेलले १००१ मत मात्र प्रप्त गरे ।पौडेललाई ३०३ मतले पछि पार्दै पोख्रेल निर्वाचित हुनुभयो । त्यस्तै वडा सदस्य तर्फ महिला सदस्यले १२२९ मत ल्याइन भने दलित महिला सदस्यले १२३७ मत ल्याइन त्यस्तै एक चिन्ह खुल्ला सदस्य नेपालि कांग्रेसले १२७० मत ल्याए र दुई चिन्ह खुल्ला सदस्य नेकपा एमालेले १००१ म्त प्राप्त गरे ।
केराबारी । मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५१ बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको हो।गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका हुन्। अध्यक्षले ७ हजार ८ सय १० मत प्राप्त गरेर निर्वाचित हुँदा ७ हजार २सय ६७ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भईन। अध्यक्षका प्रत्यासी गठबन्धनबाट कांग्रेसको प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गर्दै उपबिजेता बन्दा तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रका तिलक मगरले
इटहरी । सुनसरीको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार बिहिबार दिउँसो सकिएको मतगणना अनुसार एमालेका अध्यक्ष पदका उम्मेदवार आशनारायण चौधरी विजयी भएक हुन् । उनले ८९०१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका महेश दत्तले ५३५० मत मात्रै प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७८१५ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटत् प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गरिन् । यता वडामा पनि एमालेले बहुसंख्यक वडामा
इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामधुनीले दिएको जानकारी अनुसार मेयरमा एमालेका शंकरलाल चौधरीले ८२३८ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुदीप अधिकारीले ७४४४ मत ल्याए । उपमेयरमा पनि एमालेकै तारा थापा ७८८९ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी आशाकुमारी चौधरीले ६४४६ मत ल्याइन् । नगरको वडा नम्बर २, ३, ४, ७ र ८ मा एमाले, वडा नम्बर १, ५ र ६ मा काँग्रेस तथा वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएका छ । २०७४ सालको निर
इटहरी/धरान वडा नम्बर १९ मा नेकपा एमालेका पुर्ण बहादुर लिम्बु पुनः वडा अध्यक्षमा दोहोरिएका छन्। २०७४ सालको स्थानिय चुनावमा निर्वाचित भएका थिए ।नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर लिम्बुले ९२८ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेपालि कांग्रसका उम्मेदवार राजकुमार लिम्बुले ८४५ मत मात्र प्राप्त गरे । त्यस्तै गरि वडा सदस्य तर्फ भने महिला सदस्य झुमादेवि गुरुङले ९५३ मत ल्याइन दलित महिला सदस्य चन्द्रमाया विश्वकर्माले ९२७ मत ल्याइन खुल्ला सदस्य लोकेन्द्र राईले ८८७ मत ल्याए र जगरत्न थलङ्घग (लिम्बुले) ८९८ मत प्राप्त गर्दै विजयि भए ।
केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५१स्थानिय तहका बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको छ ।गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । अध्यक्षले ७ ८१० मत प्राप्त गरेर निर्वाचित हुँदा ७२६७ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भईन। अध्यक्षका प्रत्यासी गठबन्धन तर्फका उम्मेदवार नेपालि कांग्रेसका उम्मेदवारले प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६३९० मत प्राप्त गर्दै उपबिजेता बन्दा त
सुनसरी । धरानको मतगणना आज बिहान साढे नौ बजेदेखि सुरु भएको छ । मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको विषयमा उत्पन्न विवादका कारण करिब १५ घण्टा मतगणना रोकिएको थियो । विवाद भएको वडा नं. २० लाई तत्कालका लागि थाति राखेर अन्य वडाको गणना कार्यलाई निरन्तरता दिने राजनीतिक दलहरूबीच सहमति भएपिछ मतगणना कार्य सुरु भएको हो ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ ।बुधबार दिउँसो मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर गरेकाे नभेिटए पिछ वडा नं. २० को मतपेटिकामा १८ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । उक्त मतपत्र बदर भएको छ । माओवादी केन्द्रले पुनः गणन
इटहरी/इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका नेपालि कांग्रेसका हमकर्ण पौडेलले अग्रता लिनु भएको छ । उहाँले १६५०८ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुव्वाले १३८७९ मत ल्याएर पछ्याइ रहनु भएको छ ।भने राप्रपाका मेयर पदका उम्मेदवार आकाश हाङ सुव्वाले १५६५ मत ल्याउनु भएको छ । सुव्वालाइ २६२९ मतले पछि पार्दै पौडेलले अग्रता कायम राख्नु भएको छ । उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार संगिता कुमारी चौधरीले अग्रता लिनुभएको छ । उहाँले १५६९३ मत प्राप्त गनुभएको छ । भने उहाका प्रतिद्धन्द्धी गठबन्धन तर्फका उम्मेदवार नेकपा एकिकृत समाजवादीका केशब कुमा
चितवन/भरतपुर महानगरपालिका चितवनमा मेयर पदकी उम्मेदवार रेणु दाहालले ३ हजार मतले अग्रता लिएकि छिन् । भरतपुर महानगरपालिकामा अहिले सम्म ३९९६१ मत गणना सम्पन्न भएको छ । जसमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १५१६२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदिले १२१३६ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगनाथ पौडेलले ६२६८ मत मात्र प्राप्त गरेका छन् । र उपमेयर तर्फ भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता लिएका छन् । उनले १७५३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपाकी उम्मेदवार हिमला गुरु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.