धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयरका प्रत्याशी दीपक बुढाथोकीले राजनीतिलाई पेसा नभई समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन् । चुनावी अभियानमा महालक्ष्मी २ का मतदातासँग कुरा गर्दै उनले अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै त्यसले निष्ठाको राजनीतिमा होमिएका इमानदार व्यक्तिको भावनामा ठेस पुग्न सक्ने बताए ।ब्यापार र राजनीतिमा आकाश जमिनको फरक छ । व्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरूको सेवा गर्नु हो । उनले ‘भने सबै ठाउँको नेतृत्वमा राजनीतिक चेत बोकेको सुझबुझपूर्ण व्यक्ति पुग्नुपर्छ । त्यसले मात्रै जनहितमा काम गर्छ ।’एमालेले जितेको महालक्ष्मी नगर
सुनसरीः स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । यस बिचमा विभिन्न पार्टीका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रतिबद्धता मात्रै हैन बोलेको बचन पुरा गर्ने अठोट समेत गरिरहेका छन् । यस मध्येका एक हुन् । नेकपा एमाले हरिनगर गाउँपालिकाका उम्मेदवार लस्करी अन्सारी । सुनसरी जिल्लाको दक्षिणी भेगमा पर्ने हरिनगर गाउँपालिकामा यस अघि नेपाली काङ्ग्रेसले नेतृत्व सम्हाल्दै आएको छ । तर यो पटक भने एमालेको पक्षमा जनता रहेकाले आफ्नो जित पक्का रहेको अन्सारीको दाबी रहेको छ । पार्टीमा लामो समय देखि सक्रिय अन्सारी सामाजिक सेवामा समेत उत्तिकै सामाजिक अभियन्ता हुन् । गाउँका साना देख
प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई ६७ बुँदे अपील जारी गरेको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त अपील सार्वजनिक गरेका हुन्। एमालेले जारी गरेको अपीलमा कांग्रेसलाई मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई पनि आफूतिर तान्ने कोसिस गरिएको छ। 'कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाइँहरुको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाईँहरूका सन्ततिको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य
काठमाडाैः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थर्काएपछि प्रधानमन्त्री शेरबहादुर देउवा थुर्थुर भएको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।'प्रचण्डले चितवनमा थर्काएपछि देउवाजी थुर्थुरी भएछन्। काठमाडौं आएपछि रेनु दाहाल पनि मेरै हो भनेर भोट माग्न थाले', उनले भने, 'निर्वाचन आयोगले एक दलले अर्को दललाई मत माग्न नहुने भनेको छ। तर सत्ताका हकमा निर्वाचन आयोगले केही देख्दैन। पट्टी बाँधेर बसेको छ।'रेनुलाई भोट माग्न राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि आइपुगेको भन्दै
धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आबद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आबद्ध भएको पाइएको र दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षता माथि प्रश्न उठ्ने बताइएको छ ।यस विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यालयल
इटहरी : इटहरीमा सोमबार (भोलि) गठबन्धनले चुनावी सभा गर्ने भएको छ ।सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रमलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) बरिष्ठ नेता झलनाथ खनाल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा इटहरी आउने भएका छन ।गठबन्धनलाई जिताउन अन्य गठबन्धनका केन्द्रीय नेताहरू समेत इटहरी आउने छन् ।गठबन्धनका केन्द्रिय नेताहरु सोमबार १२ः३० बजे इटहरी आवास क्षेत्रमा आउने कार्यक्रम तय भएको बताइएको छ ।इटहरीका २० वटै वडाबाट करिब १० हजार कार्यकर्ताहरु उपस्थित हुने चुनाव प्रचार प्रसार समितिका संयोजक शिवराज दाहाल
इटहरी : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले इटहरी विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।इटहरीमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेलाई जिताएको अवस्थामा आफूले इटहरी बनाउने जिम्मा लिएको बताएका हुन् ।भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, उहाँहरू मेरो प्रतिनिधि हो, त्यसको जिम्मा म लिन्छु, इटहरीको विकासको जिम्मा म लिन्छु ।’बजेटको अभाव हुँदैन, आगामी निर्वाचनमा कस्को सरकार भन्छ भन्ने कुरा मैले भन्नैपर्दैन ।इटहरी पूर्वाञ्चलको केन्द्रविन्दु रहेको उदृत गर्दै ओलीले भने, ‘इटहरीलाई जत
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने वताउनुभएको छ ।इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए इटहरीको बिकासमा वजेट र योजनाको कुनै खाँचो नहुने वताउनुभयो । ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नुहुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’
इटहरी । नेकपा (एमाले)बाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दिएका यामकुमार सुब्बाले आफूले इटहरीको कण-कण छामिसकेको वताउनुभएको छ । एमालेले इटहरीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले आफूले इटहरीको प्रत्येक ठाउँका माटोसँग सौदावाजी गरेकाले माटो-माटोले आफूलाई चिन्ने बताउनुभयो ।‘मलाई यो इटहरीको माटो-माटोले चिन्छ । मैले त्यति पसिना बगाएको छु । त्यति दुःख गरेको छु’, उहाँले भन्नुभयो । त्यसका लागि इटहरीबासीले आफूलाई अपार सहयोग गरेको उहाँले सुनाउनुभयो । यसका साथै जनआन्दोलनको समयमा आफू कमाण्डर नै भएर व्यवस्था परिवर्तनमा भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । राजनीतिलाई आफूले पेशा नभएर
बराहक्षेत्र । नेकपा एमाले बराहक्षेत्रले बैशाख २७ गते नगरस्तरीय जनसभा गर्ने भएको छ । शेर धन राईको प्रमुख आतिथ्यमा चक्रटीमा हुने जनसभामा दशौ हजार कार्यकर्ता उपस्थिति गराउने जानकारी गराएको छ । शनिबार साँझ नगरपाटी कार्यलय महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी निर्वाचन परिचालन कमिटी संयोजक बद्रीनाथ घिमीरेले जानकारी दिए ।निर्वाचनको सन्दर्भमा सञ्चालित घरदैलो कार्यक्रमको समापन सगँसँगै पार्टीको नगरस्तरीय जनसभा गर्न शेरधन राईको प्रमुख आतिथ्यम बराहक्षेत्र नगरपालिका ६ स्थित चक्रघट्टिमा बसपार्कमा दशौँ हजार नेता कार्यकर्ताको समर्थक, शुभचिन्तक लगायतको सहभागिता गराउने जनाइएको छ ।उक्त कार्यक्रम सम्पन्न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.