लेटाङ । मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेसका क्षेत्रीय सल्लाहकार पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । लेटाङ नगरपालिका वडा नम्बर ८ घर भएका धन बहादुर लिम्बू आज पार्टीको बैठकका क्रममा नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा सांसद् घनश्याम खतिवडा, जिल्ला किमिटी सदस्य डिल्ली विश्वकर्मा, नन्दलाल धिमाल लगायतले नेकपा एमालेमा स्वागत गर्नुभयो । स्थानीय शिवशक्ति सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका लिम्बू सो क्षेत्रको सामाजिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधु
१६ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । पदमा बहाल रहेका घिमिरे नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुँदै आचारसंहिता उल्लंघन गरेका हुन् ।घिमिरे बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश अध्यक्ष लिला गिरी लगायतका नेताहरुले नगरपाकिलाका उम्मेदवारलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा मेयर बासुदेव घिमिरे पनि बोलेका थिए । मेयर घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन
नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका तेन्जिङ छेसाङ तामाङ बिहिबार एमालेमा प्रवेश गरेका हुन्।माओवादीको गाउँपालिका इन्चार्ज समेतरहेका उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका थिए। यस्तै नेकपा माओवादी केन्द्र रसुवाका जिल्ला कमिटी कान्छा तामाङ र नेकपा माओवादी केन्द्र रसुवाकै गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमालेमा प्रवेश गरेको गोसाइकुण्ड गाउँपालिकाका
भैरहवा / पूर्व गृहमन्त्री तथा नेकपा एमालेकाउपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए ।उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन, गठबन्धनमा आबद्ध दलका कार्यकर्ता अहिले टाउको समाएर रुँदैछन् । पसिना पुछ्दै आशु बगाइरहेका छन् यो गठबन्धन एमाले सामु केही होइन ।’ नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी पनि
नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी छोडे लगत्तै उनि बिहिबार एमाले प्रवेश गरेका छन् । बुधबार काठमाडाैंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि रहेको पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका थिए ।केही व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा पार्टी रुपान्तर
नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयरका उम्मेदवार पौडेलले एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक विहीन, आर्थिक अवस्था कमजोर
धरान/ पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मञ्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन। उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्य ४० बर्ष उमेर नकटेकी एक मात्र महिला उम्मेद्वार पनि भण्डारी नै हुन् । धराने जनतामाझ उनको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिको रुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न ख
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा कांग्रेस गठबन्धनले लुटपाट मच्चाएको आरोप लगाएका छन् । उनले चुनावमा महिला उम्मेदवार नउठाएर नारी माथि अपमान गरेको आरोप लगाएका छन् । उनले यसलाई खुलेआम गुण्डागर्दी, भ्रष्टचार र लुटपाटको उपमा दिएका छन् । उनले आफूमाथि महिला दुर्व्यवहारको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यो भन्दा ठुलो दुर्व्यवहार र अपमान गठबन्धन दलहरुले गरेको आरोप लगाएका छन् ।उनले भनेका छन्,‘इटहरीमा कांग्रेस र गठबनधनका सरकारले मेयरले महिलाहरुलाई अपमान गर्यो भन्दै मेयर बिरुद्ध ५ बर्ष झुटा कुरामा उचाल्ने र पछार्ने काम गर्यौ र काम गर्ने वातावरण नै खल्बलायौ र अहिले चुनाबम
इटहरी: इटहरीमा एक दशक देखि होटल गरेका जीवन पराजुलीलाई यो वर्षको चुनावी माहोल महसुस भएको छैन। सडकमा र घरघरमा चुनावी माहोल तातेपनी होटल व्यवसायमा त्यस्तै माहोल नभएको पराजुली बताउँछन् । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा इटहरीको टुरिष्ट क्लास होटल इनटुरिष्टका संचालक पराजुलीले पछिल्ला चुनाव जस्तो कारोबार नभएको सुनाउछन् । भन्छन्, 'दोश्रो संविधानसभा देखि गत स्थानीय हुँदै प्रदेश र संघ चुनावको माहोल अर्कै थियो। अहिले छैन।' आफ्नो मात्रै होईन इटहरीका टुरिष्ट क्लासमा १५ र अरु करिब २०० होटलको यस्तो अवस्था रहेको पराजुली बताउछन् ।
इटहरी, गठवन्धन उमेदवारी वाँडफाँडको किचलोमा फसिरहेकावेला नेकपा एमाले इटहरीले भने प्रचार अभियानलाई तिव्रता दिएको छ । नेकपा एमाले इटहरीले मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाका उमेदवार सहित घरदैलो अभियान गरिरहेको छ । आज वडा नम्वर ५को जनतावस्तिमा आमसभा भएको छ । सभालाई एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,प्रदेश सांसद सर्वध्वज साँवा,प्रदेश सदस्य राम प्रसाद चौलागाई, जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले सम्वोधन गर्दै इटहरीमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने वताउनुभयो । सभामा मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाध्यक्षका उमेदवार भिष्म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.