२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल हुने छ ।आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ ।सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि अझै भागबन्डा टुंगिन सकेको छैन।
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ३ सय २१ मतदानस्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरेको छ ।जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थलमध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार प्रदेशमा ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए ।प्रदेशको सबैभन्दा बढी झापाका मतदानस्थल ‘अति स
पोखरा / नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन् । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रत
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकासका कामहरू पनि थप भइरहेको बताएका छन् । नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उनले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताए । उहाँले भने, ‘राजनीति पेसा हैन सेवा हो । जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ ।‘प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर
३० चैत, घोराही । राजनीतिक दलहरुले दाङको घोराही उपमहानगरपालिकामा आआफ्नै ढंगले शक्ति आँकलन गरेका छन् ।आन्तरिक छलफलमा नेकपा एमालेले आफ्नो ४० हजार, नेपाली कांग्रेसले ३८ हजार, नेकपा माओवादी केन्द्रले १५ हजार, नेकपा एकीकृत समाजवादीको चार हजार र जनता समाजवादी पार्टी (जसपा) ले २५ सय मतदाता रहेको दावी गर्ने गरेका छन् १३ हजार मतदाता कुनै पनि दलमा नखुलेको दलहरुको अनुमान छ । यही तथ्याङ्कलाई आधार मानेर राजनीतिक दलहरुले आसन्न चुनावको तयारी गरेका छन् । पार्टीको केन्द्रमा पनि यही अनुसारको रिपोर्टिङ गरेका छन् ।तीन ठूला राजनीतिक दलहरुभित्र आकांक्षीबीच तीव्र आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । नेपाली कांग्रेस, नेक
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सर्वसहमतिमा उम्मेदवार छनौट गरेको छ । नेकपा एमालेले वर्तमान वडाध्यक्ष जीवन कुमार राईलाई पुनः वडाध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । वडामा बसेको शाखा कमिटीको भेलाले सहमतिमै वडाध्यक्ष लगायतका सबै उम्मेदवारहरु चयन गरेको हो । वडाध्यक्षमा जीवनकुमार राईलाई चयन गरेको एमालेले दलित महिला सदस्यमा वर्तमान वडासदस्य टुनाकुमारी विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने भएको छ । अन्य ३ सदस्यमा भने एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । जसमध्ये महिला सदस्यमा गीता मिश्र तथा खुल सदस्यमा शिवराज चौधरी र तेजबहा
रामधुनी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । रामधुनी ३ स्थित सिंगीयामा बसेको नगर कमिटिको बैठकमा तीन हजार ५ सय जना सदस्य रहनेगरी निर्वाचन समिति घोषणा गरेको हो ।उक्त बैठकले मुल निर्वाचन परिचालन समितिको सचिवमा प्रदीप खनाल चयन भएका छन् ।पार्टीले स्वयम्सेवक परिचालन उपसमितिमा रेवतराम गुरुङ्ग, आर्थिक उपसमितिको संयोजकमा नवराज खड्का, प्रचारप्रसार उपसमितिको संयोजकमा गोपाल निरौलालाई चयन गरेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा गुणराज काफ्ले, प्राविधिक तथा कार्यालय व्य
नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ। कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ।यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। जनसंख्यामा पनि महिलाको संख्या पुरूषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्रमा उल्लेख छ।महिलाले नेतृत्व गरेको पालि
धरान / नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावलाई लक्षित गरि यूवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ ।यूवा तथा तरुण निर्वाचन मूल परिचालन समितिमा संयोजक हिमाल श्रेष्ठ, सहसंयोजकमा नरसिंह राई, एकराज शंकर र रामकुमार तामाङ, सदस्य सचिव मनोहर श्रेष्ठ, सह सचिव प्रज्वल श्रेष्ठ रहेका छन् । यूवा तथा तरुण मूल परिचालन समितिले २०५ सदस्य गठन गर्नुका साथै वडा नं. १ देखि २० वडा सम्मै यूवा तथा तरुण निर्वाचन परिचालन समितिको संयोजक समेत तोकिएको संयोजक हिमाल श्रेष्ठले बताए ।
२९ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि नि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.