राजनीति

    Showing २,१६१-२,१७० of २,३०२ items.
  • फागुन भित्र सबै वडामा टोल कमिटि विस्तार गर्ने, विभागलाई पूर्णता, भूगोल र संगठनको इन्चार्ज तोकिए (सूचिसहित)

    धरान । नेकपा एमाले धरान उपमहानगर कमिटिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।आज एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङको अध्यक्षता तथा केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आथित्यतामा बसेको बैठकले पार्टी उपमहानगर कमिटिको विभिन्न जिम्मेवारी बाडफाड गरेको छ ।बैठकले यही फागुन मसान्त भित्र उपमहानगरका सबै वडामा टोल कमिटि विस्तार गरिसक्ने निर्णय गरेको छ । त्यस्तै पार्टीका उम्मेदवारलाई विजयी गराउन ‘मेरो वडामा म जिताउछु, हाम्रो वडामा हामी जिताउछौं’ भन्ने अभियान प्रत्येक कमिटिमा चलाउने निर्णय गरेको छ । त्यस्तै गरी बैठकले आगामी कार्ययोजना निर्माण समेत गरेको छ । आज बसेको बैठकले बाडफाड गरेको जिम्मेवार

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १०३ पटक पढिएको
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक

    ४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ ।आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।  

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १९९ पटक पढिएको
  • सुनसरीमा बन्दको प्रभाव हल्लामा मात्र सिमित (फोटो फिचर )

    इटहरी । पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले आह्वान गरेको आजाको नेपाल बन्द सुनसरीमा भने नगन्य पाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भन्दै यी पार्टीले आज नेपाल बन्द गर्ने जानकारी गराएका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् । तर, सुनसरीमा भने नेपाल बन्दले प्रभाव परेको छैन

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • ११७ पटक पढिएको
  • इटहरी चोकमा राँके जुलुस

    बुधबार नेपाल बन्द घोषणा गरेको समाजबादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार साँझ  इटहरी ९ हटियालाइनमा राँके जुलुस निकालेको छ । इटहरी ९ हटियालाइनबाट सुरु भएको जुलुस इटहरी चोकमा आएर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई समाजबादी पार्टी जिल्ला अध्यक्ष सान्ति गजमेर  विप्लप इनरुवा  इन्चार्ज हर्क लिम्बुले  सम्बोधन गरेका थिए ।  इटहरी चोकमा आयोजित जुलुसपछिको कोणसभाको  राँके जुलुसमा ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, देश बेच्न पाइँदैन, दलाल संसदीय व्यवस्था मुर्दावाद’लगायत नारा लगाइएको थियोे । पहिलेदेखि नै मिलेनियम

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • १३३ पटक पढिएको
  • नेपाली काँग्रेस संसदीय दलको बैठकले एमसिसी पारित गर्ने निष्कर्ष

    नेपाली काँग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार संसद् भवनमा बसेको बैठकले एमसिसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा एमसिसी पारित गर्नुपर्ने विषयमा ब्रिफिङ गरेका थिए । सञ्चारकर्मीसित कुराकानी गर्दै सांसद कोइरालाले सभापति देउवाले एमसिसी पास गर्नुपर्ने ब्रिफिङ गरेको बताए । एमसिसी सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बैठकमा देउवाको भनाइ रहेको थियो । बैठकमा एमसिसी पास गर्नेबारे छलफल भयो । सबैले एमसिसी पास गरौँ भन्नुभएको छ, उनले भने, एमसिसी चलेका देशम

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२४ पटक पढिएको
  • राष्ट्रिय युवा संघ इटहरी इञ्चार्जको जिम्मेवारी राईलाई

    इटहरी/ राष्ट्रिय युवा संघ नेपालले इटहरी उपमहानगरपालिका कमिटीको इञ्चार्जको जिम्मेवारी राजेश आठपारे राईलाई प्रदान गरेको हो। राईलाई आईतबार इञ्चार्जको जिम्मेवारी तोकिएको हो।राष्ट्रिय यूवा संघको जिम्मेवारीमा रहेर बिभिन्न सामाजिक कृयाकलापमा संलग्न राईले इटहरीमा रहेर लागुऔषधको दुर्व्यसनीमा  फसेका युवालाई दुर्व्यसनबाट छुटाउन मोक्ष पुनस्पथापना केन्द्र पनि सञ्चालन गर्दै आउनुभएको छ।इञ्चार्जको जिम्मेवारी पाएपछि राईले राष्ट्रिय यूवा संघलाई अझ शशक्त बनाउदै सामाजिक कृयाकलापमा सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १४९ पटक पढिएको
  • भोलि फागुन ४ गते नेपाल बन्द घोषणा

    काठमाडौं : बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्द

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १३३ पटक पढिएको
  • राष्ट्रिय युवा सङ्घ सुनसरीको शपथग्रहण कार्यक्रम सम्पन्न

    राष्ट्रिय युवा सङ्घले २०७८ फाल्गुन २ गते सोमवार प्रणय दिवसको अवसरमा “न्याय प्रेमी, युवाहरू युवा सङ्घमा, सामाजिक परिवर्तन युवाका काँधमा” भन्ने मुख्य नाराका साथमा राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटीद्वारा सुजन लामाको अध्यक्षतामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।“देश विकास र परिवर्तन को लागि आजको युवा पुस्ताहरू घरमा बसेर देशमा यस्तो भएन, उस्तो भएन भन्दै अग्रज नेताहरूलाई दोष देखाउनको साटो आफै देश निर्माण को निम्ति राजनीतिमा उत्रिएर आफ्नो हकको लागि आफै आवाज उठाउन जरुरी छ” लामाले भनेका छन् ।गत फाल्गुन २८ गते सुजन लामाको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा ७५ सदस्य राष्ट्रिय युवा सङ्घ, सुनसर

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२६ पटक पढिएको
  • मन्त्री आलेको अश्लिल गाली अडियो/भिडियोको पार्टीले सत्यतथ्य जाँच गर्ने

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’पार्टी भित्र छलफल भइनसक

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १३५ पटक पढिएको
  • निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री गगन थापा

    नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् ।बनेपास्थित नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले, केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने दाबी गरे । ‘कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निर्क्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ’, थापाले भने ।केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए । थापाले भने, ‘निर्वाचन सरकार

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]