विराटनगर — नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य परशुराम बस्नेतलाई कोशी प्रदेशमा भव्य स्वागत गरिएको छ। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई गृह नगर विराटनगर फर्किने क्रममा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरिएको महासङ्घ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतले चौतर्फी घेराबन्दीका बाबजुद पनि पार्टी कार्यकर्ता तथा आम नेपाली जनताको साथ र समर्थनले आफू केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको
इटहरी । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफु पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताउनुभएको छ । शनिबार श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा साम्पाङले आफु कार्यकर्ता खोज्न र पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताउनुभएको हो । देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउनका लागि साथ दिन उहाले आह्वान गर्नुभयो । साम्पाङले देशका हरेक मान्छेले केहि न केहि काम गरे देशको समृद्धिको आधार आफै निर्माण हुने जिकिर गर्नुभयो । उहाले बाटो, पूल लगाएत सवै पूर्वाधार निर्माणका लागि विदेशीसंग सहयोग माग्ने प्रवृतिका कारण अन्य देशले नेपाललाई हेपेको बताउनुभयो । उहाले ढल्दै गरेको राष्ट्
इटहरी । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं। ६ का नेता तथा कार्यकर्तासँग गत बुधबारदेखिनै उहाँ भेटघाट गरिरहनु भएको छ । पार्टीको एकल सिफारिसमा पर्नु भएका उहाँले मुलुकमा गहिरिँदो सुरक्षा सङ्कटप्रति सरकारको उदासीनताले आगामी फागुन २१ गतेको निर्वाचन नै प्रश्नको घेरामा परेको टिप्पणी गर्नु भएको छ । विराटनगर–६, सरौचियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचनको वातावरण बनाउन सरकार असफल देखिएको समेत आरोप लगाउनुभयो । जेलबाट ५ हजारभन्दा बढी कैदी फरार हुनु, स
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उद्यमशिता, आर्थिक सशक्तिकरण र युवा स्वरोजगारको पक्षमा सक्रिय नेतृ भगबती चौधरीले सर्वाधिक मत प्राप्त गर्नु भएको छ । पुष ३ गते सार्वजनिक मत परिणाम अनुसार पूर्वमन्त्री समेत रहनु भएकी चौधरीले २०४४ मत सहित खुल्ला महिला सदस्यमा सर्वाधिक मत प्राप्त गर्नुभएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार चौधरीले कूल खसेको २२२७ मतको ९१.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । महाधिवेशनमा प्रतिक्षा तिवारीले मधेशी महिलातर्फ २१२० र ज्वालाकुमारी साहले २०४४ मत प्राप्त गर्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान प्रतिनिधि सभा सदस्य चौधरी खा
काठमाडौं । नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर छ । उनी चाँडै बाबु बन्दैछन् ।शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक गरेकी हुन् । उनले पहिलोपटक आफ्नो बेबी बम्पसहितको तस्बिर पनि पोस्ट गरिन् । श्रीमानलाई एमाले सचिवमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिने क्रममा जाङ्मुले आफू गर्भवती भएको घोषणा गरेकी हुन् ।उनले लेखेकी छन्, ‘आज पार्टीको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । यो खुसीसँगै, हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्
सुनसरी | नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापतिको लागि आगामी १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चित भएको छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ।ऐयुव अन्सारीको राजनीतिक यात्रा:· नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु· २०५० सालमा सुनसरी क्षेत्र नं. ५ को नेपाल बिद्यार्थी संघ सभापति· १२औं महाधिवेशनमा सुनसरी क्षेत्र नं. ५ को सभापतिको लागि स्वर्गीय ताहीर अन्सारीसंग झिनो मतान्तरले पराजित· १३औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा ठूलो मता
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल भृकुटी मण्डपमा बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको हो। कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहनु भएको बस्नेतले पार्टी र राजनीतिमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको महसुस गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ। उहाँले पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउन आफ्नो उम्मेदारी रहेको प्रष्ट पार्नु भयो
इटहरी | नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि, जिल्ला कार्यसमिति सुनसरीको दोस्रो अधिवेशन तथा पदस्थापना कार्यक्रम मिति २०८२ साल मंसिर २७ गते शनिबार इटहरीस्थित क्लब के मा सफलतापूर्वक सम्पन्न भएको छ।अधिवेशन तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धिरज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष दिव्यराज गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।त्यसैगरी कार्यक्रममा तमुश्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रीय कार्यवाहक अध्यक्ष श
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रीत युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गर्नुभएको हो । पार्टी भित्र स्वस्थ बहसबाट दुई कार्यकालको बिषयलाई टुङ्गो लगाउनुपर्ने उहाले बताउनुभयो । उहाले अव युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिनुभयो । देश र पार्टी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरुलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृति अब अन्त्य हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडियार र युवा सम्वादमा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरुलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृति अन्त्य हुनुपर्ने बताउनुभएको हो । बिगतदेखि दलहरुमा एउटै व्यक्ति हावी हुने र युवालाई निषेध गर्ने प्रवृति अन्त्यका लागि युवाहरुले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा रा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.